नुवाकोट, २१ चैत नुवाकोटमा यस वर्ष रु एक अर्ब ११ करोड मूल्य बराबरको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे दुई याममा उत्पादित ७४ हजार २०४ मेट्रिक टन आलु बिक्री गरेर जिल्लाका किसानले उक्त रकम आर्जन गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो । “अघिल्लो वर्षको भन्दा आलु लगाउने क्षेत्रफल […]
काठमाडौँ, १९ चैत : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता कार्यान्वयनमा चुनौति देखिएकाले त्यसलाई खारेज गनुपर्र्ने माग गर्नुभएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधानअनुसार प्रादेशिक संरचनामा बढेको खर्च धान्न मुस्किल रहेको उल्लेख गर्दै देशको आर्थिक अवस्था कमजोेर रहेको अवस्थामा अहिले मुलुकमा संघीयता कार्यान्वयन हुन नसक्ने बताउनुभयो । अध्यक्ष केसीले प्रादेशिक व्ययभारको कारणले […]
करिव ढेड दशक अगाडिबाट हाँस्यब्यङ्ग्य क्षेत्रमा क्रियाशील रहेका कलाकार हुन् राजेन्द्र पोखरेल अर्थात राजा राजेन्द्र । उनै राजा राजेन्द्रले चैत २६ मा राष्ट्रिय लोक सांस्कृतिक संघको आयोजना र रेडियो अडियोको प्रस्तुतिमा ‘राजा राजेन्द्र पोख्रेलले हाँस्यब्यङ्ग्य साँझ २०७४’ गर्दैछन । किन उत्रदैछन त राजा राजेन्द्र हाँस्यब्यङ्ग्य साँझमा ? हाँस्यब्यङ्ग्य क्षेत्र प्राय सम्पूर्णको रुचि र जिज्ञाशाको क्षेत्र […]
इस्लामावाद, १८ चैत : नोबेल शान्ति पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युशुफजाइका लागि पाकिस्तानमा कडा सुरक्षाको प्रबन्ध गरिएको समाचार छ । उहाँलाई तालिबानहरुको धम्कीका कारण यस्तो सुरक्षा दिइएको पाकिस्तान सरकारले स्पष्ट गरेको छ । उहाँ हाल पाकिस्तान हुनुहुन्छ । उहाँ आफ्नो गृहनगर पुग्ने पनि कार्यक्रम रहेको छ । पाकिस्तानी तालिबानहरुले ६ वर्षअघि उहाँलाई गोली हानी […]
लेखनाथ गौतम, डालस टेक्सास । अमेरिकाको टेक्सास जति नेपालीहरुको जमघटको केन्द्र बन्दै छ, यहाँ संघ संस्थाहरुको संख्या पनि बढ्दै गएको छ । संघ संस्थाहरुको संख्या बढे संगै तिनका गतिबिधिहरु पनि बढ्दै गएका छन् । केहि संस्थाहरुको उद्देश्य अमेरिकामै रहेका नेपालीहरुको सहयोग गर्ने रहेको छ भने अधिकांश संस्थाहरु आफ्नो मातृभूमिको लागि केहि गर्ने उद्देश्य अनुरुप स्थापना […]
भक्तपुर, १७ चैत : कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षा आज सम्पन्न भएको छ । यही चैत ८ गतेदेखि शुरु भएको एसईई परीक्षाको प्राविधिक धारतर्फ बाहेकको सम्पूर्ण परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो । देशभरका एक हजार ९५६ परीक्षा केन्द्रबाट चार लाख […]
काठमाडौँ, १६ चैत: सरकारले लामो समयदेखि थिग्रिएर रहेका अर्थतन्त्रका संरचनात्मक समस्याको समाधान कुनै एक पक्षको पहलबाट सम्भव नभएको भन्दै सहयोगको अपिल गरेको छ । देशको वर्तमान आर्थिक स्थिति सम्बन्धमा अर्थमन्त्री डा युवराज खतिवडाले जारी गर्नुभएको श्वेतपत्रबारे जानकारी दिन आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहयोगको अपेक्षा गरिएको हो । अर्थमन्त्री डा खतिवडाले भन्नुभयो, “मुलुकको अर्थतन्त्रमा […]
चितवन, १५ चैत: भरतपुर महानगरपालिकाले दुई हजार प्रतिशतसम्म कर बढाएपछि त्यसको सर्वत्र विरोध भएको छ । कर बृद्धि अस्वभाविक रूपले नगर्न व्यवसायीले आग्रह गर्दै आएपनि महानगरपालिकाले यसअघिको कर न्यून भएको भन्दै दुई हजार प्रतिशतसम्म कर बढाएको हो । महानगरपालिकाले ज्यासल वा आरन राखी काँस, पित्तल तामाको भाडा बनाउनेलार्ई रू ५०० बाट बढाएर रू १० हजार […]
युरोपियन युनियनले नेपालका खस आर्यलाई अलग पहिचान नदिन सरकारलाई सुझावात्मक आदेश दिएको छ । यो आदेशले नेपाली समाज र पूरै राजनीतिलाई तरंगित तुल्याएको छ । निर्वाचन पर्यवेक्षणको आवरणमा गत मंसिरमा सम्पन्न निर्वाचनका विषयमा केही टिप्पणी गर्दै इयुका तर्फबाट यस्तो आदेश आएको हो । यसप्रसंगमा निर्वाचनका विषयमा समेत प्रश्न उठाइएको छ । निर्वाचनका सन्दर्भमा ०७० मा […]
बेइजिङ, १४ चैत ९: मङ्गलबार अपरान्ह्सम्म उत्तर कोरियाली नेता किम जोङ उनको बारेमा बेखबर जस्तो रहेको बताउने चीनले उहाँको भ्रमणको पुष्टि गरेको छ । भ्रमणमात्र नभएर उहाँ र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच राजधानी बेइजिङमा भेटवार्ता नै भएको चिनियाँ समाचार समिति, सिन्ह्वाले बुधबार जनाएको छ । बुधबार चिनियाँ सरकारी समाचार समिति, सिन्ह्वाले किम बेइजिङमा रहनुभएको र […]