समाचार

अतिबादी गोराहरुको समूह कु क्लक्स क्लानको आतंक: भर्जिनियामा एकको मृत्यु

भर्जिनियाको चार्लोटस्भिलमा दंगा भड्किएको छ। “युनाइट द राइट” अर्थात् दक्षिणपन्थी एक हौं भन्ने नारा सहित निकाल्न लागिएको र्यालीको बिरुद्ध अर्को र्याली निकालिए पछि त्यस्तो दंगा भड्किन पुगेको हो। उक्त दंगामा एक जनाको मृत्यु हुनुको साथै दर्जनौ घाइते भएका छन्। पुलिसले प्रदर्शनकारी हटाउन लाठी, अश्रुग्याँस प्रयोग गरेको छ। यहि कारण भर्जिनियाका गभर्नरले राज्यमा आपतकाल घोषणा गरेका […]


राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन निर्देशन

काठमाडौँ, २८ साउन । सरकारले बाढी पहिरोको घटनामा परेकाको राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । शुक्रबारदेखिको निरन्तर वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढी पहिरोलाई मध्यनजर गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री, रक्षामन्त्री, चारवटै सुरक्षा निकायका प्रमुखसहितको आपत्कालीन बैठकले राहत तथा उद्धारका लागि सम्पूर्ण संयन्त्रको प्रभावकारी परिचालन गर्ने निर्णय गरेको हो । […]


आयोगद्वारा डा केसीको जीवनरक्षाको माग

काठमाडौँ, २७ साउन । राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य क्षेत्रमा सुधारको माग राखी १९ दिनदेखि अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग अपिल गरेको छ । आज आयोगका अध्यक्ष अनुपराज शर्मा नेतृत्वको टोलीले गरेको अनुगमनका क्रममा अनशनका कारण डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको पाएपछि सरकारसमक्ष जीवनरक्षाको माग गरेको आयोगका सदस्य मोहना अन्सारीद्वारा […]


अपाङ्गता भएकाव्यक्तिहरूको सशक्तिकरण र समावेशीकरण परियोजनाको अभिमुखीकरण शुरू

पुष्पा खनाल भूकम्प प्रभावित समुदायका अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरण र समावेशीकरण परियोजनाको दुई दिने अभिमुखीकरण कार्यक्रम काठमाडौँमा शुरूभएको छ । परियोजनाको विषयमाजानकारी दिने र दुई वर्षको परियोजनाखाका, सञ्चालनविधि र प्रक्रियाकाविषयमाजानकारी दिने उद्धेश्यले अभिमुखीकरण कार्यक्रमको आयोजनागरिएको हो । कार्यक्रमको शुभारम्भ सत्रमाआफ्नो मन्तव्य राख्दै भूकम्पप्रतिकार्य कार्यक्रमका प्रमुख उमेशप्रसाद ढकालले नेपाल रेडक्रसले अति सङ्कटापन्न समुदायको आवश्यकतालाई ध्यानमा राखेर […]


एनआरएनको भविस्यको लागि जुनसुकै बलिदान गर्न तयार छु: गौरी राज जोशी

एनआरएन अमेरिकाको निर्बाचन स्थगित भएको छ तर यसको स्थगनमा देखिएका दृश्यहरु र त्यसका अवशेषहरु स्थगित भएका छैनन्। बिशेष गरी निर्बाचनमा अध्यक्ष पदमा उठ्न नपाउने निर्णय निर्बाचन समितिले गरेपछि गौरी जोशीको समूह अदालत पुगेको थियो। फलस्वरूप अदालतले निर्बाचन स्थगित गरी कानुनसम्मत रुपमा निर्बाचन गर्न निर्बाचन समिति र कार्यसमितिलाई निर्देशन दिएको थियो। अदालत धाउने गौरी जोशीको निर्णय […]


एनआरएन अमेरिकाको चुनाव स्थगन: कुकुर ब्याए पनि तुहिए पनि उस्तै

अन्तत: एनआरएन अमेरिकाको चुनाव स्थगित भएको छ । चुनाव आउन तीन दिन बाँकी रहंदा गरिएको चुनाव स्थगनको निर्णयले सच्चा एनआरएनका मित्रहरुलाई चोट पुगेको छ भने क्षणिक आत्मरतिमा रमाउने जमातले यो अबस्थामा पनि त्यो मनाउदै गर्ला । तर यो समग्र प्रक्रियामा दुवै तर्फबाट भए गरेका गतिबिधिहरु बिशेष गरी यो प्रक्रियाको बिरुद्धमा अदालत गइएको भन्ने हल्लाले धेरैलाई […]


आइसिसिको सोनाम लामालाई पत्र: गौरी जोशी उम्मेदवार हुन योग्य छन्

अमेरिका, अगस्त ८। एनआरएन आइसीसीको अगस्त ७ मा बसेको बैठकले गौरी राज जोशीको सम्बन्धमा निर्णय गर्दै उनी एनआरएन अमेरिकाको अध्यक्ष पदमा उम्मेदवार हुन पाउने निर्णय गरेको छ। महासचिव बद्रि केसीद्वारा क्षेत्रिय संयोजक सोनाम लामा र सह संयोजक एसी शेर्पाको नाममा पत्र पठाउँदै सो कुरा स्पस्ट पारेको हो। करिब दुइ हप्ता अघि मात्र आइसीसीले सो सम्बन्धमा […]


थानेश्वर गौतमले ल्याए गजल शैलीमा तीज गीत

गायक थानेश्वर गौतम शास्त्रीय शैलीका गजलमा सुमधुर सुनिन्छन् । यसका साथै उनी सालैजो, रोइला, पञ्जेबाजा शैलीका गीतमा पनि जमेका छन् । चलचित्रका गीतमा समेत पाश्र्व गायन गरिसकेका यी गायकले पहिलो पटक तीज गीत गाएका छन्, त्यो पनि गजल शैलीमा । ‘आफु त तीजमा पनि गजल गाइन्छ’ शीर्षकको उक्त गजलको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ […]


डालसमा एनआरएनका अध्यक्ष पदका प्रत्याशी बीच बहस सम्पन्न

डालस, अगस्त ५ । एनआरएन अमेरिकाको आगामी कार्यकालको लागि निर्बाचन आउन एक हप्ता भन्दा कम छ । उम्मेदवारहरु मतदाताहरुसंग अन्तरक्रियामा व्यस्त छन् । कोहि न्यु योर्क त कोहि क्यालिफोर्नियामा समुदाय संग भेटघाट गरिरहेका छन् । यसै बीच अध्यक्ष पदका तीन जना उम्मेदवारहरु डालसमा जम्मा भएर आफ्ना कुराहरु व्यक्त गरे । वर्तमान अध्यक्ष डाक्टर केशब पौडेल, […]


भरतपुर महानगरपालिकामा रेणु दाहाल बिजयी

भरतपुर नगरपालिकामा रेणु दाहाल निर्बाचित भएकी छिन। नेकपा एमालेका देवी ज्ञवाली भन्दा जम्मा २३५ बढी भोट ल्याएर रेणु बिजयी भएकी हुन्। त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाह बिजयी भएकी छिन। लामो समयको अनिश्चितता पश्चात सर्बोच्च अदालतले पुन मतदानको पक्षमा फैसला गरेपछि हिजो मात्र बिबादित वडा नम्बर १९ मा पुन निर्बाचन गरिएको थियो। वडा नम्बर १९ […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907