समाचार

बार्सिलोनामा भएको आतंकबादी हमलामा १३ जनाको मृत्यु

बार्सिलोना, स्पेन, अगस्त १७ । पर्यटकहरुले व्यस्त शहर बार्सिलोनामा आज एक आतंककारी हमला भएको छ । उक्त हमलामा अहिले सम्म १३ जनाको ज्यान गएको छ भने ८० जना भन्दा बढी घाइते भएका छन् । मानिसहरुको भिडमा ट्रकले जोतेर उक्त हमला गरिएको छ । हमला गर्न एउटा र भाग्न एउटा गरी दुइवटा ट्रक प्रयोग गरिएको जनाइएको […]


नेपाली समाज टेक्सासले बाढीपिडित सहयोगार्थ २० अगस्तमा गाला डिनर गर्ने

डालस, अगस्त १७। नेपाली समाज टेक्सास प्रबाशमा रहेका नेपाली संघ संस्थाहरु मध्ये सबभन्दा सक्रिय संस्था हो। डालसको वरपर रहेका नेपालीहरुको भैपरी आउँदाको साथी हो यो संस्था। दैबी प्रकोप र समस्या पर्दाको पनि साथी हो नेपाली समाज टेक्सास। त्यसो त यसले आफ्नो कार्यक्षेत्र डालस मात्र मान्दैन। मर्दा पर्दा अमेरिकाभरि मात्र होइन नेपालमा पनि यसले आफ्नो सहयोगको […]


इन्द्रेणी सांस्कृतिक संघले तीज बिशेष कार्यक्रम अगस्त १९ मा गर्दै

अगस्त १६, डालस, टेक्सास । नेपाली महिलाहरुको ठुलो चाड तीज आउन करिब एक हप्ता बाँकी छ । तर तीजको रौनक स्वदेश र बिदेशमा शुरु भैसकेको छ । अमेरिकाका बिभिन्न शहरहरुमा तीजको बरीलै तिब्र रुपमा जारी छ । नाचगानका तस्विरहरु सामाजिक संजालमा छरपस्ट देखिन्छन । टेक्सासको डालसमा पनि तीज मनाउने काम जारी छ । आगामी हप्ता […]


प्रदेश र केन्द्रको निर्वाचन एकैदिन गर्न तीनदल सहमत

काठमाडौँ, ३२ साउन । प्रमुख तीन दलले केन्द्र र प्रदेशको निर्वाचन एकै दिन गर्ने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको तीन दलको बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले दुवै तहको निर्वाचन एकै दिन गर्नका लागि निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको बैठकपछि काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले जानकारी दिनुभयो […]


नर्थ क्यारोलिनामा कन्फ़िडरेटको सांकेतिक मुर्ति ढालियो

अगस्त १५, नर्थ क्यारोलिना। भर्जिनियाको चार्लोट्सभिल घटनाको बिरोधमा डुरहाम सिटिमा आयोजित प्रदर्शनमा कन्फ़िडिरेटको मुर्ति ढलाइएको छ। चार्लोट्सभिलमा गर्न लागिएको अतिबादी गोराहरुको र्यालीको बिरोधमा र्याली गर्दा एक जना अतिबादीले जुलुश माथि गाडी कुदाएको थियो जसमा एकजना हेदर हेयर नामकी महिलाको मृत्यु भएको थियो। सोहि अतिबादी र आतंकबादी घटनाको बिरोधमा आयोजित उक्त जुलुशले उक्त मुर्ति ढालेको हो। […]


प्रा डा केसीद्वारा अनशन स्थगन

काठमाडौँ, ३१ साउन । चिकित्सा शिक्षा ऐन आउनुपर्ने प्रमुख मागसहित २३ दिनदेखि अनशनमा बस्नुभएका प्रा डा गोविन्द केसीले आज अनशन स्थगित गर्नुभएको छ । त्रिवि शिक्षण अस्पतालमा साँझ ८ बजे पत्रकार सम्मेलन गर्दै उहाँले तराईमा गएको बाढी र पहिरोले जनधनको क्षति भइरहेका समयमा अनशन बस्दा ग्लानी भएको भन्दै स्थगित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “चिकित्सा […]


कोशी बाँध खोल्न विद्यार्थी संगठनको माग

काठमाडाँै, ३० साउन । संयुक्त विद्यार्थी संगठनले कूटनीतिक पहलबाट कोशी बाँधका ढोका तत्काल खोल्न सरकारसँग माग गरेको छ । आज बसेको छ विद्यार्थी संगठनको बैठकले बाढीपीडितलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउन र कोशी बाँधका ढोका खोल्ने कुटनीतिक पहल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको अनेरास्ववियु अध्यक्ष नवीना लामाले बताउनुभयो । यसैगरी बैठकले […]


‘बाढीपहिरोका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई प्रतिव्यक्ति दुई लाख राहत दिइने’

काठमाडौँ, २९ साउन । सरकारले बाढीपहिरोका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति रु दुई लाख दिने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउने निर्णय गरेको बैठकपछि सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । बैठकले मन्त्रिपरिषद्का सदस्यहरुको एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार […]


नेपाली समाज टेक्सासले बाढीपिडितको लागी सहयोग संकलन गर्दै: तीजको कार्यक्रम पनि सम्पन्न

डालस, अगस्त १३। नेपाली समाज टेक्सासको आयोजनामा हिजो दुइवटा बिशेष कार्यक्रम सम्पन्न भए। दिउसो नेपालमा गएको बिनासकारी बाढी र त्यसबाट भएको जनधनको क्षतिको बारेमा आकस्मिक बैठक भयो। समाजका अन्य अगुवाहरुको समेत उपस्थितिमा सम्पन्न उक्त बैठकले आर्थिक र अन्य खाले सहयोग जुटाउने, अर्थ संकलनको लागि गोफंड स्थापना गर्ने लगायतका निर्णयहरु गर्यो। अध्यक्ष कृष्ण लामिछानेको अध्यक्षतामा सम्पन्न […]


बाढी प्रभावित जिल्लामा स्वच्छ खानेपानीको व्यवस्था गर्न निर्देशन

काठमाडौँ, २९ साउन । खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले बाढी प्रभावित जिल्लामा स्वच्छ खानेपानीको व्यवस्था गर्न मन्त्रालयका अधिकारीलाई निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री यादवले मन्त्रालयअन्तर्गतका कार्यालयका अधिकारीलाई प्रभावित क्षेत्रमा स्थलगत रुपमै गएर खानेपानीको समस्या समाधान र राहतका लागि पहल गर्न पनि निर्देशन दिनुभयो । “बाढीको प्रकोपमा परेका पीडित खानेपानीका कारण […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907