काठमाडौँ, २६ असोज- स्थानीय तहमा प्राप्त मतको आधारमा विश्लेषण गर्दा प्रतिनिधिसभाको निर्वाचनपछि ६ देखि ७ दल मात्रै राष्ट्रिय दल बन्ने देखिएको छ । राजनीतिक दलसम्बन्धी ऐनमा गरिएको व्यवस्थाअनुसार ३ प्रतिशत मत ल्याउने दल मात्र राष्ट्रिय दल बन्छ र त्यस्तो दलले मात्र समानुपातिकमा सिट पाउँछ । यही अनुपातमा मत खसेमा बढीमा ७ दल मात्रै राष्ट्रिय दल […]
‘डा. केसीको माग अनुसार विधेयकमा परिमार्जन डा. केसी करिब एकसातायता आमरण अनसन बसिरहेका छन्। अनसनरत डा. गोविन्द केसीको माग बमोजिम चिकित्सा शिक्षा विधेयकमा परिमार्जन गर्ने प्रस्ताव शिक्षामन्त्रीले संसद सचिवालयमा दर्ता गरेका छन्। केही दिनदेखि डा. केसीका प्रतिनिधि र मन्त्रालयबीच भएको छलफलमा भएको सहमति अनुसार उक्त प्रस्ताव दर्ता गरिएको शिक्षामन्त्रीले बीबीसीलाई बताए। त्यसमा नेपाली कांग्रेस सहमत […]
कैलाली, असोज १८– माग अनुसारको आपुर्ती हुन नसकेपछि सुदुरपश्चिममा पेट्रोलको चरम अभाव भएको छ। दसैँको तीन दिनअघिदेिख नै पेट्रोल पाउन छोडेपछि उपभोक्ताहरु मर्कामा परेका छन । बजारमा डिजलको अभाव नभए पनि पेट्रोलको चरम अभाव हुँदा चाडपर्वका बेला सर्वसाधरणहरुले निकै सास्ती खेप्नुपरेको छ । नियमित रुपमा भारतले उपलब्ध गराउँदै आएको पेट्रोल दसैँसँगै रोकिएपछि कैलालीसहित सुदूरपश्चिम क्षेत्रमा […]
काठमाडौं, असोज १४ – टीकाको दिन शनिबार नेपाली सेनाले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा चलाउने भएको छ । शनिबार बिहान ६ बजेर र ११ बजे तथा दिउँसो ४ बजे भद्रकालीबाट ८ वटा रुटमा निःशुल्क बस सेवा दिइने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । यस्तो छ रुट सेनाले पहिलो रुट अन्तरगत भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, […]
भन्सार छली अवैध रुपमा चिनियाँ नाका केरुङ् हुँदै ल्याइएको भनिएको ठूलो परिमाणको सुन आइतबार राती राजधानीको क्षेत्रपाटीबाट बरामद गरिएको प्रहरीले जनाएको छ। सडकमा पार्किंग गरि राखिएको गाडी शंका लागि चालकलाई समेत नियन्त्रणमा लिएर चेकजाँच गर्दा कालो टेपले बेरी १ किलो लेखिएका ८८ थान सुन बरामद गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। महाशाखाबाट खटिएको […]
आफ्नो पाँच दिने औपचारिक राजकीय भारत भ्रमणमा बुधबार दिल्ली उत्रिएका प्रधानमन्त्री शेरबहादुर देउवाले साँझ आकस्मिक रुपमा आफ्ना भारतीय समकक्षीसँग एक्लाएक्लै भेटवार्ता गरेका छन्। भारतीय प्रधानमन्त्रीको सरकारी निवास दिल्लीस्थित सेभेन रेसकोर्स रोडमा भएको भेटवार्ताको विस्तृत विवरण आएको छैन तर बिहीबारको दुई पक्षीय औपचारिक भेटघाटअघि नै भएको एक्लाएक्लै कुराकानीलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ। इच्छा औपचारिक कार्यतालिका […]
रोल्पा, ६ जेठ । श्रीमान्ले अर्की टिपेर हिँडेपछि जङ्कोट– ४ रोल्पाकी तिलकुमारी घर्ती बेसाहारा बनिन् । दुई वर्षे काखे बालक च्यापेर दिनरात घरको काम गरे पनि उनलाई घरका सदस्यले समेत वास्ता गर्न छाडे । मन बुझाउने कुनै उपाय नभएपछि बाध्य भएर उनी छोरा च्यापेर कोर्चवाङमा रहेको माइत गइन् । आफँै आत्मनिर्भर कसरी हुनेभन्ने चिन्ता थियो […]
काठमाडौँ, १६ वैशाख । वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी सातु सर्वत खाएर अक्षय तृतीया पर्व मनाइँदैछ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षयअर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ […]
सारङ्गी सम्राट जंगबहादुर गन्धर्व संगीत प्रतिष्ठानले सारङ्गी दिवस मनाउँदै सारङ्गीवादक कृष्ण गन्धर्वलाई ‘जंगबहादुर गन्धर्व संगीत सम्मान–२०७३’ प्रदान गरिएको छ । दश हजार राशिसहित गन्धर्वलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो । राजधानीको अनामनगरस्थिति विनायो क्याफेमा संगीतका हस्तीहरुका बीचमा भएको सारङ्गी दिवसमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख […]
रापती समाज काठमाण्डौको नयाँ कार्य समिति सर्बसम्मत चयन भएको छ । सनिबार काठमाण्डौमा सम्पन्न दशांै वार्षिकोत्सव तथा साधारण सभाले शशि शर्मा मजगैंयाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसहमतिबाट चयन गरेको हो । जसको बरिष्ठ उपाध्यक्षमा टिका भण्डारी,प्रथम उपाध्यक्षमा सुवास के.सी,द्धितिय उपाध्यक्षमा देवबहादुर सुनार,महिला उपाध्यक्षमा गीता रेउले,महासचिवमा प्रविणकुमार रेग्मी,सचिवमा रामु खड्का, कोषाध्यक्षमा सीमा पुरी र सहकोषाध्यक्षमा गोवीन्द मधुर […]