सभामुख देखि मन्त्रि र सांसदको देखियो अपनत्व : रापती समाज काठमाण्डौमा सर्बसम्मत नयाँ नेतृत्व
रापती समाज काठमाण्डौको नयाँ कार्य समिति सर्बसम्मत चयन भएको छ । सनिबार काठमाण्डौमा सम्पन्न दशांै वार्षिकोत्सव तथा साधारण सभाले शशि शर्मा मजगैंयाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसहमतिबाट चयन गरेको हो । जसको बरिष्ठ उपाध्यक्षमा टिका भण्डारी,प्रथम उपाध्यक्षमा सुवास के.सी,द्धितिय उपाध्यक्षमा देवबहादुर सुनार,महिला उपाध्यक्षमा गीता रेउले,महासचिवमा प्रविणकुमार रेग्मी,सचिवमा रामु खड्का, कोषाध्यक्षमा सीमा पुरी र सहकोषाध्यक्षमा गोवीन्द मधुर आचार्य चयन भएका छन् ।
त्यसैगरी समाजको सदस्यहरुमा राधा पाण्डे, पि.एन सापकोटा, तिलक परियार,मधु रेग्मी,कल्पना श्रेष्ठ र निरज न्यौपाने चयन भएका छन् ।
समाजले राजधानीको बालाजु स्थित बाईसधारामा दशांै वार्षिकोत्सव तथा साधारण सभा संगै वनभोज कार्यक्रम अयोजना गरेको थियो । कार्यक्रममा सभामुख ओनसरी घर्ती, सिंचाई मन्त्रि दिपक गीरी, सांसद द्धय राजु खनाल र रुकमिणि चौधरी समाजका संरक्षक एबं सुप्रसिद्ध गायीका कोमल ओली लगायत राप्तकिा बिशिष्ट ब्यक्तिको उपस्थिति थियो ।
कार्यक्रममा महत्वका साथ थोरै समय दिएकी सभामुख ओनसरी घर्तिले रापती समाज काठमाण्डौले राप्तीबासीहरुको बिचमा आत्मियता बढाउन खेलेको भुमीका प्रसंशनिय भएको बताईन् ।
त्यसैगरी मन्त्रि दिपक गिरीले समाजले आयोजना गर्ने हरेक गतिबिधिहरुमा आफ्नो पुर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।
सांसद रुकमिणि चौधरीले आफु जहिले पनि समाजको गतिबिधिमा हातेमालो गर्दै सहयोग गर्ने बताइन ।यसैबीच नव निर्वाचीत अध्यक्ष मजगैंयाले समाज पुर्ण जिम्मेवारीका साथ सबैको साथ लिएर सामूहिक र सामाजीक कार्यमा अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।