काठमाडौँ, २७ माघ । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक फिडरबाहेक अन्य क्षेत्रमा आजदेखि लागू हुनेगरी विद्युत्भार कटौती अन्त्य गरेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले अनौपचारिक रुपमा विगत एक सातादेखि चितवनलाई विद्युत्भार कटौती अन्त्य गरिएको जानकारी दिनुभयो । उहाँले भारतबाट थप विद्युत् आयात भएपछि चितवनलाई पनि सहजरुपमा विद्युत् उपलब्ध गराउन सकिएको बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल […]
(सिबी अधिकारी) काठमाडौँ, २२ माघ । “जीवन सङ्घर्ष हो । सफलता र खुसी भन्नु नै मानिसको सोचाइ ‘स्टेट अफ माइन्ड’ हो । ” यो इन्डोनेसियाली विमान लायनका क्याप्टेन वेद उप्रेतीको जीवन बुझाइ हो । सफलताको सपना चुम्ने मानिसका लागि उप्रेतीको यो भनाइ प्रेरणादायी हुन सक्छ । तर कुन बेला सुखी र दुःखी हुने भन्ने व्यक्तिको […]
काठमाडौँ, १४ माघ । आर्थिक अवस्था कमजोर भएका महिलालाई राम्रो काममा युनाइटेड अरब इमिरेट्स(युएई) लगायत खाडीका विभिन्न देश पठाइदिन्छु भनी प्रलोभनमा पारी नक्कली कागजात बनाई विदेश पठाउने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका कपन बस्ने एक्सिस ओभरसिज गौशालाका सञ्चालक सुदर्शन खड्काले नक्कली कागजात बनाई युएई पठाउन लागेको भेटिएपछि थप दुईलाई प्रहरीले […]
(धु्रवसागर शर्मा) बेनी (म्याग्दी), १२ माघ । विगत १८ वर्षदेखि युवा वैज्ञानिक भवीन्द्र कुँवरले थालेको खोज, अध्ययन अनुसन्धान, परीक्षण र विश्लेषणबाट ‘दुर्यान्तर’ नामक भौतिक शास्त्रीय परिमाण प्रमाणित गर्नुभएको छ । विगत पाँच वर्षदेखि भौतिकशास्त्र पुनर्निर्माण अभियान र काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्सको सहयोगमा हुँदै आएका फरकफरक स्थलमा गरिएका विभिन्न चरणका परीक्षण र काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्सको […]
(कविता उपाध्याय) लिबाङ (रोल्पा), ७ माघ । रोल्पामा उत्पादन तथा प्रसोधन गरी तयार गरिएको सुगन्धित तेल भारत, युरोप हुँदै अमेरिकासम्म पुग्ने गरेको छ । यसबारेको जानकारी आईडीई नेपाल, जडिबुटी तथा सुगन्धित तेल कार्यक्रमका कार्यक्रम अधिकृत विजय श्रेष्ठले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाले रोल्पा जिल्लाको मिझिङ गाविसमा करिब अढाइ […]
पूर्ण शर्मा, गैडाकोट जाडोको समयमा न्यानो स्वीटर र जुत्ता मोजा पाएर जब स्कुले बिद्यार्थीहरु मुस्कुराए अनि लायन्सकर्मीहरु खुसीले गदगद हुदै सहयोग ठिक ठाँउमा गरिएछ भन्दै गफिए । पौष ११ गते सोमबार लायन्स क्लब अफ चितवन चौतारी भरतपुर १५, मंगलपुर चितवनमा रहेको श्री निम्न माध्यामिक बिद्यालय मंगलपुरमा अध्ययनरत बिद्यार्थीहरुलाई ५० थान स्वेटर र ३० थान जुत्ता […]
युवराज कंडेल / तिलोत्तमा रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाको पूर्वी र देवदह नगरपालिकाको दक्षिणी भूभागलाई जोड्ने रोहिणी खोला पुलको रुपन्देही क्षेत्र नम्बर १ का माननीय सांसद तथा नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले आइतवार एक कार्यक्रम विच शिलान्यास गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत असार ३० गते खोलामा पुल बनाउनको लागि नागार्जुन कन्स्ट्रक्सन […]
वरिष्ठ लोक गायक तथा संगीतकार मधुवावु थापाको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । दाहसंस्कार उहाँको शव लाई अन्तिम श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो । अन्तिम श्रद्धाञ्जलीका लागि पुगेका संगीतकर्मीहरु थापाको चर्चित गीत भैगो हजुर मायाजाल नवुनलाई सामूहिक गाउदै रोएका थिए । संगीतकार संघ नेपालले गीति श्रद्धाञ्जलीको ब्यबस्था मिलाएको थियो । स्रष्टा सधै सृजनामा […]
काठमाडौँ, १८ मङ्सिर । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले संविधान संशोधन प्रस्ताव विरुद्धको आन्दोलनमा आफ्नो पार्टीले विजय प्राप्त गर्ने बताउनुभएको छ । सुखानी सहिद स्मृति प्रतिष्ठान नेपालको १२ औं साधारणसभाको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेनिकट युवा संघ र अनेरास्ववियुले देशव्यापी थालेको आन्दोलनमा अन्य जनसंगठनको पनि ऐक्यवद्धता सुरु भएको र बुटवललगायतका स्थानमा आन्दोलनको […]
अर्घाखाँची, १५ मङ्सिर । सरकारले सीमाङ्कन हेरफेरसहित संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको बिरोधमा अनिश्चितकालीन अर्घाखाँची बन्दको आह्वान गरिएको छ । पाँच नम्बर प्रदेशअन्तर्गतको पहाडी जिल्ला अर्घाखाँची टुक्र्याएर ४ नम्बर प्रदेशमा गाभेकोे भन्दै उद्योग वाणिज्य सङ्घको नेतृत्वमा आज जिल्लामा रहेका विभिन्न क्रियाशील सङ्घसंस्थाको आयोजनामा अर्घाखाँची बन्द गरिएकोे उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो […]