मधुवावु थापाको अन्तिम श्रद्धाञ्जलीमा भैगो हजुर मायाजाल नवुन भन्दै प्रज्ञा प्रतिष्ठानमा रोए संगीतकर्मीहरु

वरिष्ठ लोक गायक तथा संगीतकार मधुवावु थापाको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । दाहसंस्कार उहाँको शव लाई अन्तिम श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो । अन्तिम श्रद्धाञ्जलीका लागि पुगेका संगीतकर्मीहरु थापाको चर्चित गीत भैगो हजुर मायाजाल नवुनलाई सामूहिक गाउदै रोएका थिए । संगीतकार संघ नेपालले गीति श्रद्धाञ्जलीको ब्यबस्था मिलाएको थियो । स्रष्टा सधै सृजनामा अमर रहने भन्दै संघले स्रष्टाको निधनमा सम्मान स्वरुप उहाँकै सृजना सामूहिक रुपमा प्रस्तुत गर्दै आएको छ । 15713394_1004432519662002_831903200_n
थापाको अन्तिम संस्कार गर्नु अघि रयाली सहितको शबयात्रा गरिएको थियो । गायक, गायिका, संगीतकार, कलाकार, रचनाकार र रापती समाज काठमाण्डौका पदाधिकारी सहित उल्लेख्य दङ्गालीहरूको सहभागिता रहेको श्रद्धाञ्जलि कार्यक्रममा संबैधानिक कानुनका ज्ञाता डा भीमार्जुन आचार्य, वरिष्ठ पत्रकार भगिरथ योगी, बरिष्ठ गायक एबं सञ्चारकर्मी रविन शर्मा, संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष, महासचिव महेश खडका, बरिष्ठ लोक गायक कुमार बस्नेत राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनी लगायतले श्रद्धाञ्जलि मन्तब्य ब्यक्त गर्नु भएको थियो । 15683088_1004432469662007_1217384031_n
यसैवीच अमर श्रष्टा मधुवाबु थापाको शब यात्राका लागि चाहिने प्लेकार्ड, फ्लेक्स निर्माण देखी , शबलाई शबदाह गृह सम्म लाने र बिद्युतिय शबदाह गृहले लिने सबै शुल्क संगीतकर्मीलाइ मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले संगीतकार संघ नेपालमा स्थापना गरिएको कल्याणकारी कोष बाट ब्यबस्था गरिएको संघले जनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907