English

‘मिस्टर ३६०’ एबी डिभिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए

एजेन्सी। ‘मिस्टर ३६० डिग्री’को नामले चिनिे दक्षिण अफ्रिकाका विष्फोटर ब्याट्सम्यान एबी डिभिलियर्स अब अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने छैनन् । इण्डियन प्रिमियर लिगमा उनको टिम रोयल च्यालेन्जर्स बैंगलोर बाहिरिएलगत्तै उनले पनि सन्यासको घोषणा गरेका हुन् । यद्यपि डिभिलियर्सले सन्यास भने अन्तर्राष्ट्रिय क्रिकेटबाट मात्र लिएका हुन् । उनी आइपिएलजस्ता घरेलु लिग भने खेल्नेछन् । दक्षिण अफ्रिकाका पूर्वकप्तानसमेत रहेका […]


भारतको केरलामा फैलिरहेको निपा भाइरस के हो?

भारतका स्वास्थ्य अधिकारीहरूले भनेका छन् त्यहाँको दक्षिणी राज्य केरलामा फैलिएको घातक निपा भाइरस संक्रमणका कारण मारिनेको संख्या १० पुगेको छ। उक्त संक्रमण भएको आशंकामा अन्य नौ जनाको रगत परीक्षण गरिँदैछ। अलग्याएर उपचार गर्न विशेष वार्डहरू स्थापना गरिएका छन्। भारतमा घातक निपा भाइरसका कारण मृत्यु इबोला: कंगोको शहरमा देखिएपछि चिन्ता केरला राज्यका स्वास्थ्य सचिव राजीव सदानन्दनका […]


सुन तस्करी: मुख्य अभियुक्त गोरेले ‘खोले थप रहस्य’

विदेशबाट लामो समयदेखि नेपालमा सुन तस्करी गर्दै आएको अभियोग लागेका गोरे भनिने चूडामणि उप्रेतीले सुन तस्करीमा थप व्यक्ति पनि संलग्न रहेको बयान दिएको अधिकारीहरूले बताएका छन्। सुन तस्करीको छानबिनका लागि सरकारले गठन गरेको अनुसन्धान टोलीलाई उनले बयानका क्रममा थप नाम दिएको र त्यसबारेमा तथ्यगत विश्लेषण गरिने समितिका संयोजक ईश्वरराज पौडेलले बीबीसीलाई बताएका छन्। गोरेको बयानले […]


नेपालका सन्दीप लामिछानेले प्रभाबशाली बलिङ गर्दै “स्टाइलिस प्लेयर” बने

काठमाडौं – नेपालका सन्दीप लामिछानेले चेन्नई सुपरकिङ्ग्स सङ्गको खेलमा स्टाइलिस प्लेयर बनेका छन । दिल्लीलाई जिताउने क्रममा प्रभाबशाली बलिङ गरेका सन्दिप स्टाइलिस प्लयेर बनेका हुन । अघिल्लो खेल भन्दा अाज भएको चेन्नर्इ सुपरकिंग्सविरुद्धको खेलमा विश्वकै सुपरस्टार खेलाडी विरुद्ध सन्दीपले उत्कृष्ट प्रदर्शन गरे। ४ अोभरको स्पेलमा सन्दीपले २१ रनमात्रै खर्चेर १ विकेट लिए। यसअघि बैंग्लोरविरुद्ध डेब्यू […]


अमेरिकी विद्यालयमा गोली प्रहार

संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यस्थित एक विद्यालयमा एक विद्यार्थीले गोली चलाउँदा कैयौंको ज्यान गएको बताइएको छ। प्रहरीले मारिनेहरुमध्ये धेरैजसो विद्यार्थीहरु भएको बताए। प्रहरीले सन्दिग्ध हमलाकारी एकजना विद्यार्थीलाई पक्राउ गरेकाछन्। अमेरिका: विद्यालयमा गोली चल्दा १७ मारिए बन्दुक राख्न पाउने कानूनमा कडाइ गर्न माग प्रहरीले विद्यालय परिसर र बाहिर पनि विष्फोटक पदार्थहरु बरामद गरेको जनाएका छन्। गत […]


तमाखुको कुलत छाड्दै कर्णालीका महिला

        नेपालको कर्णाली क्षेत्रका दुर्गम जिल्लामा पाका महिलामा धूमपानको लत रहेको देखिए पनि नयाँ पुस्ताका महिला त्यसप्रति कम आकर्षित रहेको जानकारहरूले बताएका छन्। विश्व स्वास्थ्य सङ्गठनको एउटा तथ्याङ्कले नेपालमा १५ वर्ष र त्यसभन्दा माथि उमेर भएका ३७.१ प्रतिशत पुरुष र ११.१ प्रतिशत महिलाले धूमपान गर्ने देखाएको छ। कर्णालीमा धूमपान गर्नेहरूबारे यकिन आँकडा […]


गाजा: सोमवार मारिएका ५८ जनाको अन्तिम संस्कार

गाजामा सोमवार प्यालेस्टनी विरोध प्रदर्शनका क्रममा इजरेली सेनाले गोली चलाउँदा मारिएका ५८ जना मानिसहरूको अन्तिम संस्कार भइरहेको छ। सोमवार भएको हिंसालाई सन् २०१४ को लडाइँ यताको सबैभन्दा खराब भनिएको छ। मृतकहरूलाई समाधिस्थ गरिँदै गरेको दिन इजरेलको स्थापनापछि सामूहिक रूपमा प्यालेस्टिनीहरू विस्थापित भएको नक्बा भनिने दिन को सत्तरीऔँ वार्षिकी परेको छ। इजरेली सेनाले मङ्गलवार पनि थप […]


चीन: भूतपूर्व उच्च अधिकारीलाई आजीवन कारावास

चीनमा कुनै बेला उच्च नेतृत्वको दाबेदारका रूपमा हेरिएका सुन जङसाईलाई भ्रष्टाचारको आरोपमा आजीवन जेलसजाय सुनाइएको छ। भूतपूर्व पोलिटब्युरो सदस्य सुनलाई कुनै बेला नेतृत्वमा पुग्ने अधिकारीका रूपमा हेरिन्थ्यो। राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरोधी अभियानअन्तर्गत पक्राउ पर्ने उनी पछिल्लो वरिष्ठ अधिकारी हुन्। दुई करोड ६७ लाख डलरभन्दा पनि धेरै रकम घुस लिएकोमा उनी दोषी ठहर भएका हुन्। चीन: […]


विद्यालयबाट घर फर्कंदै गरेका बालबालिमाथि चक्कू प्रहार: सातको मृत्यु, १२ जना घाइते

बेइजिङ : चीनको उत्तरी क्षेत्रमा विद्यालयबाट घर फर्कंदै गरेका बालबालिमाथि चक्कु प्रहार गरी गरिएको आक्रमणमा शुक्रबार कम्तिमा सात जनाको ज्यान गएको चिनियाँ अधिकारीले जनाएका छन् ।   स्थानीय समय अनुसार शुक्रबार साँझ ६ बजे भएको उक्त घटनामा अन्य १२ जना घाइते भएका बताइएको छ । एक व्यक्तिले बदला लिन गरेको उक्त आक्रमणमा सहभागी रहेको आरोपमा […]


‘अवतार’का थप चार भाग

लसएन्जलस  – हलिउड निर्देशक जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार’को प्रदर्शनले विश्वभरमै ठूलो सफलता पायो । फिल्मलाई दर्शकले निकै रुचाए। यो फिल्मको हाल दोस्रो भागको सुटिङ भइरहँदा निर्देशक क्यामरुनले फिल्मको चारवटा नयाँ भाग पनि बनाउने योजना खुलाएका छन्।समाचार अनुसार छायांकनरत फिल्मको दोस्रो भाग २०२० सम्ममा रिलिज गर्ने निर्माण पक्षको योजना छ । दोस्रो भागको छायांकन भइरहँदा […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907