‘मिस्टर ३६०’ एबी डिभिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए
एजेन्सी। ‘मिस्टर ३६० डिग्री’को नामले चिनिे दक्षिण अफ्रिकाका विष्फोटर ब्याट्सम्यान एबी डिभिलियर्स अब अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने छैनन् । इण्डियन प्रिमियर लिगमा उनको टिम रोयल च्यालेन्जर्स बैंगलोर बाहिरिएलगत्तै उनले पनि सन्यासको घोषणा गरेका हुन् ।
यद्यपि डिभिलियर्सले सन्यास भने अन्तर्राष्ट्रिय क्रिकेटबाट मात्र लिएका हुन् । उनी आइपिएलजस्ता घरेलु लिग भने खेल्नेछन् । दक्षिण अफ्रिकाका पूर्वकप्तानसमेत रहेका ३४ वर्षे डिभिलियर्सले अहिलेसम्म ११४ टेष्ट खेलेका छन् । डिभिलियर्सले २२८ वन डे र ७८ टि–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनी २०१७ मा दक्षिण अफ्रिकाको टेस्ट टिमबाट बाहिरिएकोमा यही वर्षको अन्तिममा भने टिममा फर्किएका थिए । आफ्नो सन्यासका विषयमा टिप्पणी गर्दै डिभिलियर्सले ‘आफ्नो ग्यास (ऊर्जा) सकिएको’ टिप्पणी गरे ।
वन डे र टेष्ट दुवैमा ५० भन्दा माथिको ब्याटिङ औसत भएका डिभिलियर्सले टेष्टमा ८ हजार ७६५ रन र २२ शतक प्रहार गरेका छन् । डिभिलियर्सले २२८ वन डे मा २५ शतकसहित ९ हजार ५ सय ७७ रन र टि–२० इन्टरनेशनलमा ७८ खेलमा १६७२ रन बनाएका छन् । डिभिलियर्स विकेटकिपरसमेत हुन् । उनले टेष्ट र वन डे मा ५–५ तथा टि–२० इन्टरनेशनलमा ७ स्टम्पिङसमेत गरेका छन् ।cp(डिसी नेपालबाट)