रणवीरसंगकाे ब्रेकअपबारे दीपिकाले मुख खाेलिन्- ‘दाेस्राे माैका दिँदा पनि उसलार्इ रंगेहात समाएँ’
कुनै पनि कलाकारहरूकाे लागि संबन्ध जाेडिनु र ताेडिनु कुनै नाैलाे कुरा हुँदैन् । त्यसमाथि बलिउड कलाकारहरूकाे लागि त अाज छ भाेली नै छैन हुन्छ ।
यस्तै कुरा गराैँ पूर्व बलिउड जाेडी रणवीर कपुर र दीपिका पादुकाेणकाे । उनीहरूकाे सम्बन्धले पनि बलिउड संचार माध्यममा खुबै स्थान पाउने गरेकाे थियाे । बलिउडकाे सुन्दर जाेडी मध्ये एक मानिने याे जाेडीकाे ब्रेकअपपछि भिन्न बाटाे राेजेका छन् । तर ब्रेकअपकाे कारण के थियाे कसैलार्इ थाहा हुन् सकेन ।
ब्रेकअप पश्चात दिपिकापछि रणवीरले कट्रिना कैफसँग अफेयर चलाए भने अहिले उनी आलिया भट्टसँग प्रेममा लिप्त छन् । दीपिका पनि रणवीर सिंहसंग प्रेम संम्बन्धमा छन् । उनीहरूकाे बिहे यसै वर्ष हुने समाचारहरू पनि अाइरहेकाे छ ।
हालै दीपिकाले एक अन्तरवार्तामा अाफ्नाे पूर्व प्रेम बारे मुख खाेलेकी छिन् साथै उनले ब्रेकअप हुनुकाे कारण समेत खुलाएकी छिन् ।
भर्भ म्यागजिनसँगको अन्तर्वार्तामा दीपिकाले भनेकी छिन्- ‘त्याे प्रेममा मैले धाेका पाएँ,मैले उनलाई रंगेहात समातेको थिएँ । त्यति नै बेला सबै भावनालाई बिर्सिएर उनीसँग अलग्गिने निर्णय गरें ।’
उनले अगाडि भनिन्- ‘जब म सम्बन्धमा थिएँ तब धेरै मानिसहरुले मलाई उसले धोका दिइरहेको छ भनेर सम्झाएका पनि थिए । उसले मसंग दाेस्राे चान्सका लागि भिख नै माग्याे र मैले उसलार्इ दाेस्राे माैका दिएँ । तर उ सुध्रिएन । उसलार्इ मैले अर्की युवतीसंग रंगेहात समाए । अनन्त, सम्बन्ध ताेड्नुकाे केही विकल्प रहेन् ।’
दिपिकाले थपिन्- ‘जब धोका दिनु कसैको बानी छ भने तपाईंले सम्बन्धमा सबैकुरा दिएपछि पनि हार्नुहुन्छ । तन,मन दिँदा दिँदै पनि मैले हारेँ । ब्रेकअप पछि अाफूलार्इ सम्हाल्न नसकेर म थुप्रै दिनसम्म रोइरहें । समयसँगै म ठिक हुँदै गएँ र जीवनमा अगाडि बढीरहेकी छु ।(निऊज२४ बाट )