सांस्कृतिक संस्थानले संझियो संझनाका तरेलीमा स्वर किन्नरी र स्वर साम्रागीलाई
स्वर किन्नरी तारादेवी र स्वर साम्रागी अरुणालामाका कालजयी गीत पुराना तथा नयाँ कलाकारहरुलाई प्रस्तुत गर्न लगाएर सांस्कृतिक संस्थानले दर्शक श्रोताको मन जित्न मात्र सफल भएको छैन आफनो कर्तब्य समेत पुरा गरेको छ । आफैमा राम्रा संस्कृतिकर्मी समेत रहेका राजेश थापा संस्थानमा महाप्रबन्धकका रुपमा आए पछि स्रष्टा सर्जकका सम्मानमा हुने कार्यक्रमले सांस्कृतिक संस्थान बढोत्तरी पाएको छ । हरेक महिना जसो कुनै न कुनै स्रष्टा सर्जकको संझना र सम्मानमा सांस्कृतिक संस्थानमा कार्यक्रम हुने गरेको छ । संस्थानले आफना कर्मचारी कलाकारकै र बाहिरका कलाकारको समेत प्रस्तुती रहने गरी यस प्रकारका कार्यक्रम गर्दै आएको छ । महाप्रबन्धक थापाले अमर श्रष्टाका मात्र हैन हामी माझ जिवित र लोकप्रीय कलाकारलाई समेत सांस्कृतिक संस्थानले मञ्चमा उतार्ने तयारी गरेको बताएका छन । शुक्रबार संझनाका तरेलीमा तारादेबी र अरुणा लामा नाम दिइएको कार्यक्रममा तारादेबी र अरुणा लामाका गीतहरु प्रस्तुत गरिएका थिए । गायीका द्धयका कालजयी सृजनालाई प्रसिद्ध गायीका लोचन भटटराई,बिपीन घिमिरे, राधिका भण्डारी लगायतका कलाकारहरुले साजबाजका साथ गाएका थिए । युएसएण्ड नेपाल , म्यूजिक संसार नेपाल र जनता मिडिया नेटवर्क मिडिया पार्टनर रहेको सो कार्यक्रमको रेडियो जनता १०२ सात बाट प्रत्यक्ष प्रसारण गरिएको थियो । कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा संस्कृति मन्त्रालयका सहसचिव एबं संस्कृति महाशाखाका प्रमुख भरतमणी सुबेदीको उपस्थिति थियो ।