सांस्कृतिक संस्थानले संझियो संझनाका तरेलीमा स्वर किन्नरी र स्वर साम्रागीलाई

 स्वर किन्नरी तारादेवी र स्वर साम्रागी अरुणालामाका कालजयी गीत पुराना तथा नयाँ कलाकारहरुलाई प्रस्तुत गर्न लगाएर सांस्कृतिक संस्थानले दर्शक श्रोताको मन जित्न मात्र सफल भएको छैन आफनो कर्तब्य समेत पुरा गरेको छ ।16730805_10212349686407284_1684301911_n आफैमा राम्रा संस्कृतिकर्मी समेत रहेका राजेश थापा संस्थानमा महाप्रबन्धकका रुपमा आए पछि स्रष्टा सर्जकका सम्मानमा हुने कार्यक्रमले सांस्कृतिक संस्थान बढोत्तरी पाएको छ । हरेक महिना जसो कुनै न कुनै स्रष्टा सर्जकको संझना र सम्मानमा सांस्कृतिक संस्थानमा कार्यक्रम हुने गरेको छ । संस्थानले आफना कर्मचारी कलाकारकै र बाहिरका कलाकारको समेत प्रस्तुती रहने गरी यस प्रकारका कार्यक्रम गर्दै आएको छ । महाप्रबन्धक थापाले अमर श्रष्टाका मात्र हैन हामी माझ जिवित र लोकप्रीय कलाकारलाई समेत सांस्कृतिक संस्थानले मञ्चमा उतार्ने तयारी गरेको बताएका छन । 16731026_10212349399920122_1976664635_nशुक्रबार संझनाका तरेलीमा तारादेबी र अरुणा लामा नाम दिइएको कार्यक्रममा तारादेबी र अरुणा लामाका गीतहरु प्रस्तुत गरिएका थिए । गायीका द्धयका कालजयी सृजनालाई प्रसिद्ध गायीका लोचन भटटराई,बिपीन घिमिरे, राधिका भण्डारी लगायतका कलाकारहरुले साजबाजका साथ गाएका थिए । युएसएण्ड नेपाल , म्यूजिक संसार नेपाल र जनता मिडिया नेटवर्क मिडिया पार्टनर रहेको सो कार्यक्रमको रेडियो जनता १०२ सात बाट प्रत्यक्ष प्रसारण गरिएको थियो । कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा संस्कृति मन्त्रालयका सहसचिव एबं संस्कृति महाशाखाका प्रमुख भरतमणी सुबेदीको उपस्थिति थियो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907