मानसिक स्वास्थ्यको पाँचौ अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न

मनोचिकित्सा र मानसिक स्वास्थ्य विभाग, आइ.ओ.एम. त्रि.वि.को आयोजनामा मनोचिकित्सा एवं मानसिक स्वास्थ्यको २ दिने पाँचौ अन्तर्राष्ट्रिय सेमिनार काठमाडौंमा सम्पन्न भएको छ । उत्तर र दक्षिणका राष्ट्रहरुको मानसिक स्वास्थ्यको आवश्यकता, चुनौति र यसको समाधान संयुक्तरुपमा खोजी गर्दैै एवं मनोशारीरिक र अन्तरसांस्कृतिक विषयमा विभिन्न अनुसन्धान र बाल दुव्र्यवहारका विषयमा छलफल र अनुभवहरु आदान प्रदान गर्दै सेमिनार सम्पन्न भएको हो ।14980698_1415195055159139_507578327874894929_n
कार्यक्रममा नर्वे, हल्याण्ड र नेपालका अनुसन्धानकर्ताहरुले विभिन्न विषयमा आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । नेपालको मानसिक स्वास्थ्यको वर्तमान आवश्यकता र चुनौतिका विषयमा प्रा.डा. सरोज प्रसाद ओझाले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै मानसिक स्वास्थ्य क्षेत्रको विकासका लागि राज्य, मानसिक स्वास्थ्य कर्मी, संघ संस्था र जनस्तरबाट समेत पहल गर्नुपर्ने बताउनु भयो ।
यसैगरी ओस्लो विश्वविद्यालयका सह–प्राध्यापक डा. सुरज थापाले नेपाल र नर्वे विच मानसिक स्वास्थ्यको अनुसन्धान, शिक्षण र सेवामा सहकार्यको सम्भावना र आवश्यकता बारे प्रकाश पार्नु भएको थियो । प्रत्येक वर्ष गरिदै आएको यस्तो कार्यक्रमले मानसिक स्वास्थ्य कर्मीको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने र सर्वसाधारणहरुलाई गुणात्मक सेवा प्रदान गर्न मद्धत मिल्ने आइ.ओ.एम. का कार्यकारी डीन विमल सिन्हाले बताउनुभयो । कार्यक्रममा विभिन्न देशका मानसिक स्वास्थ्यका क्षेत्रमा कार्यरत मनोचिकित्सक, मनोविद्, मनोपरामर्शदाता, अनुसन्धानकर्ता एवं स्वास्थ्यकर्मी र पत्रकार लगायत १०० भन्दा बढीको उपस्थिति रहेको थियो । कार्यक्रम ओस्लो विश्वविद्यालय र साइक्याट्रिक्स् एसोसिएशन नर्वेको सहकार्यमा भएको थियो । – गोपाल ढकाल (मनोविद्)

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907