— पुग्छ
सुनीता प्रसाईं
म कविता लेख्छु,
पढ्ने रहर त धेरै ले गर्छन्,
तर मलाई तिमी ले पढिदिए पुग्छ।
म भावमा पोखिएको बेला,
तिमी ले समालिदिए पुग्छ।
म गीत लेख्छु,
सुन्न खोज्नेहरु त हजारौं हुन्छन्,
तर मलाई तिमी ले गुनगुनाए पुग्छ।
यी आँखामा संसार देख्छु भन्नेहरू त धेरै थिए,
तर ति आँखामा मेरै नसा भए पुग्छ।
तिमी साथ हुँदा,
कहिले झगडा कहिले प्यार हुन्छ।
जब टाढा हुन्छौ,हर सपनीमा तिम्रै काख मेरो सिरानी हुन्छ।
राजा सुखमा त सबै खास हुन्छन्।
जति नै दौडधूप गरे पनि,
को आफ्नो को पराई दुःखमा थाहा हुन्छ।
ब्रमान्ड ले पनि तिनीहरूलाई कहिल्यै सहयोग गर्दैन,
जस्ले दुःखमा साथ दिने हात बिर्सन्छ।