सेप्टेम्बर १५ मा टेक्सासका चितवनवासीहरुको पिकनिक

डालस, टेक्सास। नेपालीहरुले मनाउने बिभिन्न चाडबाडहरुको लहर आउंदै छ। दशैंतिहारको माहोल अमेरिकामा पनि तात्त्दै गएको छ। व्यस्त जीवनको बाबजुद समय निकालेर वा बिदा लिएर प्रबासमा पनि बिभिन्न गतिबिधि गरेर दशैं तिहार मनाइंदैछ।  
यहि मेसोमा टेक्सासको डालस फोर्ट वर्थ वरिपरी बसोबास गर्ने चितवनबासीहरुले एक पिकनिक कार्यक्रम आयोजना गर्दैछन। सेप्टेम्बर १५ आइतबार डालस नजिकै रहेको ग्रेपभाइन सिटीमा अबस्थित लेकको पेभिलियनमा आयोजना हुदैछ। पिकनिक आयोजना गर्न बिभिन्न समितिहरु निर्माण गरी कामहरु भैरहेका छन्।  
टेक्सासमा चितवनबासीहरुको संख्या निकै ठुलो छ। यस्तोमा एक आपसमा परिचय गर्न, समाजमा एकता प्रदर्शन गर्न र परेको बेला सहयोग समेत गर्न सक्ने आधार तयार हुनसक्ने आशा सहित यो पिकनिक आयोजना गर्न लागिएको जनाइएको छ। 
यसको लागि सम्पूर्ण चितवनबासी दाजुभाइ दिदि बहिनीहरुलाई चुले निम्तो गरिएको छ भने यसमा सहभागी भएर रमाइलो गण कुनै शुल्क निर्धारण गरिएको छैन, अर्थात् निशुल्क प्रवेशको व्यवस्था गरिएको छ। पिकनिक सो दिन दिउसो १२ शुरु भै ५ बजे समापन हुनेछ।  


पिकनिक कार्यक्रममा कुनै भाषण नहुने तर मनोरन्जनात्मक कार्यक्रमहरु भने प्रशस्त राखिएका छन्। उक्त अबसरमा उपस्थित भै रमाइलो गर्न चितवन पिकनिक ब्यबस्थापन समुहले आब्व्हान गरेको छ। उपस्थित हुन चाहनेले निर्माण फेसबुकमा निर्माण गरिएको इभेन्टमा गएर “Going ” मार्क गर्न समेत अनुरोध गरिएको छ।

पिकनिक आयोजना र यय सम्बन्धि कुनै जानकारी चाहिएमा संयोजक सुशिल क्षत्री, टिका पौडेल, बलराम पौडेल, बासु श्रेस्ठ, छवि चापागाईं, बद्री श्रेस्ठ, प्रेम पाठक, गोविन्द गौतम, ईस्वरी सेढाईं, रामकृश्न सेढाई, बिजय भुषाल, राजेश अधिकारी र लेखनाथ गौतमलाई सम्पर्क गर्न सकिनेछ ।
आदरणीय चितवनबासी आमा,बुवा, दिदी, बहिनी तथा दाज्यु भाइहरू नमस्ते 🙏।
आउने September 15 मा हुन गइरहेको चितवन घर भएर हाल Texas मा बस्ने सम्पु्र्ण चितवनबासीहरूको बनभोज कार्यक्रम हुन गइरहेको व्योहोरा अनुरोध गर्दै चितवनमा जन्म भई अन्यत्र कार्यक्षेत्र बनाएका , अन्यत्र जन्म भई चितवन स्थाइरूपमा बसाइ सरेका र चितवनसॅग बैवाहीक सम्बन्ध जोडेका सम्पुर्ण महानुभावहरूलाइ आफ्नो तालिका मिलाउनु हुन अनुरोध गर्दै खाना , पार्किग, चम्चा,प्लेट र बनभोजसम्बन्धी अन्य कुराहरूको व्यवस्थापन गर्नको लागी अनुमानित उपस्थित हुने महानुभावहरूको संख्या थाहा पाउनको लागी यो Event Create गरेका छौं । त्यसैले यो लिंकमा “Going “ गरेर यो लिंकलाइ Share गरिदिनुहुन अनुरोध छ ।
धन्यबाद 🙏
चितवन बनभोज व्यबस्थापन समिती ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

समाजसेवा कि आफ्नो कुण्ठाको ब्यबस्थापन ?

सेप्टेम्बर १५ मा टेक्सासका चितवनवासीहरुको पिकनिक

छाडा र विकृत बन्दै तीजका गीतहरु : समाधान के ?

डालसमा “कफी विथ नेपाल जर्नी” कार्यक्रम सम्पन्न

नेपाली सांस्कृतिक तथा आध्यात्मिक समर क्याम्पको आबस्यकता किन ?




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907