३४ वटै मुद्धामा ट्रंप दोषी ठहर: सजाय जुलाई ११ मा तोकिने

न्यु योर्कको एक अदालतले अमेरिकी पूर्व रास्ट्रपति डोनाल्ड ट्रंपलाइ दोषी ठहर गरेको छ। म्याण्ह्याटन डिस्ट्रिक्ट एटोर्नी एल्भिन ब्रागले दायर गरेको मुद्धाको फैसला गर्दै सबै ३४ वटा मुद्धाहरुमा ट्रंपलाइ दोषी ठहर्याइएको हो। उनको मुद्धामा १२ जना न्यु योर्क निवासी सामान्य नागरिकहरुबाट बनाइएको जुरीले ट्रंपलाइ दोषी ठहर गरेको हो। उनलाई सजाय भने जुलाई ११ मा सुनाइनेछ।


यो मुद्धाको सुनुवाई ७ हप्ता चलेको थियो भने २० जना साक्षीहरुको बयान लिइएको थियो। मुख्य साक्षीको रुपमा ट्रंपका आफ्नै पुर्ब वकिल माइकल कोहेन थिए भने यसमा पैसा लिएर चुप बसेकी प्रौढ फिल्मकी नायिका स्टोर्मी ड्यानियलले पनि बयान दिएकी थिइन। यिनै नायिकासंग उनले गरेको यौन सम्पर्कलाई लुकाउन एकलाख तीस हजार डलर तिरेको र त्यो पैसा रास्ट्रपति क्याम्पेनको आर्थिक नियम उल्लङ्घन गरेको आरोप लगाइएको थियो।
यो संगै कुनै पनि अपराधमा दोषी ठहरिने ट्रंप पहिलो पुर्ब रास्ट्रपति बनेका छन्। यस अघि रिचार्ड निक्सन दोषी ठहरिनु अघि नै तत्कालिन रास्ट्रपतिले उनलाई माफी गरिदिएका थिए। यस बाहेक ट्रंप वाशिंगटन डिसी र फ्लोरिडामा गरी ५७ वटा अन्य मुद्धामा पनि प्रतिवादी रहेका छन्। उनलाई रिपब्लिकनहरुको राष्ट्रिय सम्मेलनले जुलाई १५ मा पार्टीको उम्मेदवारको रुपमा औपचारिकता दिने तयारीमा छ।
दोषी ठहरीए पछि पत्रकारहरुसंग संक्षिप्त कुरा गर्दै ट्रंपले यो निर्णय “बाइडेनले गरेको” आरोप लगाउदै नोभेम्बरमा जनताले छिनोफानो गर्ने बताएका छन् भने मुद्धा दर्ता गर्ने एल्भिन ब्रागले आफुले आफ्नो कर्तब्य पुरा गरेको बताउदै बाँकी जनताको हातमा रहेको बताएका छन्।
यो संगै ट्रंपका अनुयायीहरुले बिरोध गरेका छन् भने विरोधीहरुले कानुन भन्दा माथि कोहि नभएको भन्दा निर्णयको प्रशंशा गरेका छन्। लामो समय देखि ट्रंप कानुनका छिद्र प्रयोग गरी उम्किदै आएकोमा अन्तत उनले आफ्नो कर्मको सजाय भोगेको प्रतिक्रिया दिएका छन्।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907