नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र
२०१५ मा स्थापना भएको नेपाल जर्नी एक गैर सरकारी, गैर नाफामुलक संस्था हो। यसले बिगतमा हेटौडामा पुस्तकालय निर्माण गरेर हस्तान्तरण गरिसकेको छ भने यसले विभिन्न स्थानहरूमा यो पुस्तकालय र शिक्षा स्वास्थ्य क्षेत्रमा सहयोग प्रदान गर्दै आएको छ। त्यस्तै अन्य सामाजिक कार्यहरुमा समेत नेपाल जर्नी सक्रिय रहँदै आएको छ।
यहि अभियानकै क्रममा नेपाल जर्नीले एक महत्वाकांक्षी परियोजना ल्याएको थियो जुन नेपाल कै लागि नमुना हो। त्यो हो अपाङ्गमैत्री विद्युतीय पुस्तकालय। पुस्तक सहित कम्पुटरको माध्यमबाट पढ्न पाउने उक्त पुस्तकालय चितवन जिल्लाको भरतपुर महानगरपालिका ४ नम्बर वडामा स्थापना गर्ने निर्णय गरेर लामो समय देखि काम भैरहेको छ। निकै पहिल्यै शुरु हुनु पर्ने काम पनि कोरोना महामारी र अन्य प्रक्रियागत झन्झटहरुका कारण अलि ढिला समेत हुन पुग्यो।
तर यतिबेला भने यसले गति लिएको छ। भरतपुर महानगरपालिकाले यसमा स्वामित्व ग्रहण गर्दै सहयोग गर्दै आएको छ। यसको लागि ठेक्कापट्टा लगायतका काम समन् भै केहि महिना यता देखि भवन निर्माणको काम शुरु भैसकेको छ। भवनको जग निर्माणको काम सकिएर अहिले जमिन माथिका कामहरु संचालन भैरहेका छन्। भवनको लागि आबस्यक स्टिल पिलरहरु अहिले निर्माण हुदैछन। स्थानीय व्यक्तिहरुमा देखिएका केहि दुबिधा र संशयको निबाकरणले पुस्तकालय निर्माण हुने निश्चित भए पछि यसको लागि आबस्यक आर्थिक संकलन अभियानले पनि तिब्रता प्राप्त गरेको छ।
नेपाल जर्नीको यो महत्वाकांक्षी परियोजनालाई सफल बनाउनको लागि अध्यक्ष मौसमी श्रेष्ठको अगुवाइमा विभिन्न चरणका कामहरु भैरहेका छन्। नेपालमा समिति गठन भै काम भैरहेको छ भने नेपाल जर्नीको यो परियोजनाको सफलता सुनिश्चित गर्नका लागि उपाध्यक्ष बद्री श्रेष्ठ यस चितवन पुस्तकालय परियोजनाको मुख्य संयोजक हुनुहुन्छ । राजीव श्रेष्ठ आफनो विशेषज्ञ अनुसर स्थानीय स्तरमा भवन इन्जिनियरको समन्वय भूमिकामा हुनुहुन्छ, त्यस्तै अन्तररास्ट्रिय बित्तिय संयोजक भानु खरेल, धनन्जय ढकाल र दिनानाथ न्यौपाने पब्लिसिटी कोअर्डिनेटरको भूमिकामा हुनुहुन्छ। समुदायमा रहेका सामाजिक व्यक्तिहरुले यसमा सक्दो सहयोग गरिरहेका छन्।
यसको शुरुवाती चरणमा लागत तीन करोड अनुमानित भए पनि अहिले करिब ३ करोड २७ लाख लाग्ने अनुमान छ। मुल्यबृद्धि वा अन्य कुनै परिवर्तनले यसको लागत केहि बढ्न सक्छ। जम्माजम्मी ७२९५ बर्ग फिट क्षेत्रफ़ल रहेको यो पुस्तकालयमा एकलाख बढी पुस्तक, कम्पुटरका अलावा योगा केन्द्र र बैठक कक्ष समेत निर्माण हुनेछ। यसले पढ्ने बिद्यार्थी देखि सर्बसाधारण जनानता समेत लाभान्वित हुनेछन।
दुइ तले यो भवनको पहिलो तल्लामा एक सय जनाको क्षमता भएको मेडिटेसन/सभा हल, १७ जनासम्मको मिटिंग हल, २४ जनाको लागि कफी लाउन्ज र शौचालय रहनेछ भने माथिल्लो तल्लामा रिसेप्सन, प्रतिक्षा कक्ष, ७५ जनाको लागि पढ्ने ठाउँ, १२ जनाको लागि कम्पुटर स्टेसन, बच्चाहरुको सेक्सन, अडियो भिडिओ सेक्सन, १० जनाको लागि ट्रेनिंग हल, एउटा अफिस, गिफ्ट कोठा र सर्भर कोठा र शौचालय लगायतका स्थलहरुको निर्माण हुनेछ।
यतिबेला निर्माणले तिब्रता लिएको छ। श्रोतहरु जुटाउने क्रममा शिक्षा मन्त्री सुमना श्रेस्ठ, उठ्योग बाणिज्य संघ चितवनका आध्यक्ष सुमन कुमार श्रेस्ठ, बागमती प्रदेशका अर्थमन्त्री जगन्नाथ थपलिया लगायतका उच्च पदस्थ व्यक्तिहरुलाई भेट्ने र परियोजना बारे जानकारी गराउने काम पनि भैरहेको छ। फलस्वरूप आर्थिक संकलन अभियान सोचे अनुरुप चलिरहेको र यो अभियानमा जोडिन सबै नेपाली समुदायलाई नेपाली जर्नीले हार्दिक अनुरोध समेत गरेको छ।
संस्थाकी अध्यक्ष मौसमी श्रेष्ठले नेपाल जर्नीको अन्य बिभिन्न भूमिकामा रहेर वा नरहेर पनि अमेरिका र विस्वका अन्य ठाउंहरुबाट समय, आथिक सहयोग वा अन्य तरिकाले स्वयंसेवा गर्ने सबैलाई हृदय देखि धन्यवाद समेत व्यक्त गर्नु भएको छ। यस्ता स्वयंसेवकहरुको कारण नै नेपाल जर्नीले यति ठुलो परियोजना सम्पन्न गर्न लागिरहेको उल्लेख गर्दै नेपाल जर्नीका सम्पूर्ण सदस्यहरु प्रति कृतज्ञता पनि व्यक्त गर्नु भएको छ। सम्पूर्ण नेपाली दाजुभाइहरुलाई यो महान अभियानमा जोडिन समेत संस्थाकी अध्यक्ष मौसमी श्रेष्ठले सबैमा अनुरोध गर्नु भएको छ।