पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल

९१ वटा आपराधिक मुद्धा संगै पुर्ब रास्ट्रपतिको पहिलो ऐतिहासिक ट्रायल शुरु भएको छ। यसमा आबस्यक १२ जना जुरी र ६ जना अतिरिक्त जुरी सदस्यहरु सुक्रबारसम्म नियुक्त भएका छन्। ट्रंपको ढिलाइ, ढिलाई, ढिलाईको ट्याक्टिस असफल भए पछि यो मुद्धा अन्ततः अगाढी बढेको छ। स्पेसल काउन्सिलले ल्याएका मुद्धाहरुमा भने ट्रंपको ढिलाई ट्याक्टिस सफल भएको छ र सम्भवतः चुनाव अघि यी मुद्धाहरु ट्रायलमा जाने सम्भावना कम छ। तुलनात्मक रुपमा कमजोर मानिएको यो मुद्धाले मात्र ट्रंपलाइ कठघरामा उभ्याएको छ।

यो ट्रायललाइ ढिलो गर्न ट्रंपका वकिलहरुले दर्जनौं मोसनहरु ल्याएका थिए। कहिले न्यु योर्कमा उनले स्वच्छ न्याय पाउन सक्दैनन्, त्यसैले यो मुद्धा अन्तै सार्न अपिल गर्दै त कहिले न्यायाधिशलाइ मुद्धाबाट अलग हुन बाध्य पार्ने काम गर्दै ढिलाईको अनौठो तरिका अपनाउदै आएका थिए। ट्रंपले न्याय र कानुनभित्रका सानासाना छिद्रहरू प्रयोग गर्दै मुद्धाहरुलाई बर्षौं लम्ब्याउने र तुहाउने काम गर्दै आएका थिए। तर यसपाली भने जर्ज डब्लु बुशले नियुक्त गरेका न्यायाधिश जुवान मर्चानले ट्रंपका सबै ट्याक्टिसहरुलाई अस्विकार गरिदिए।

अमेरिकाको न्याय क्षेत्रमा “जुरी” को निकै ठुलो महत्व छ। मुद्धा चलाइएको क्षेत्रमा बसोबास गर्ने सामान्य व्यक्तिहरुबाट जुरीको चयन गर्ने गरिन्छ र उनीहरुको निर्णय अन्तिम मानिन्छ। जुरी ड्युटीको लागि बोलाइएको खण्डमा हरेक नागरिक त्यसको लागि तयार हुने पर्ने कानुनी प्राबधान रहेको छ। जुरीले गरेको निर्णय कतिपय अबस्थामा अदालतले समेत उल्टाउन सक्दैन भने जुरीका सदस्यहरुको सुरक्षा राज्यको दायित्व मानिन्छ।

२०१६ को रास्ट्रपति निर्बाचनको पुर्बसंध्यामा बयस्क फिल्मकी नायिकालाइ कथा बाहिर नल्याउन एकलाख तिस हजार डलर ट्रंपका तत्कालिन व्यक्तिगत वकिल माइकल कोहेन मार्फत ती नायिकालाई दिइएको थियो जसको भर्पाइ ट्रंपले २०१७ मा चेक मार्फत व्हाइट हाउसमा बोलाएर गरेका थिए। यसलाई चुनावी अभियानको “आर्थिक अनुशासन” उल्लङ्घन गरेको आरोपमा ट्रंप बिरुद्ध मुद्धा चलाइएको थियो। यसबीचमा धेरै आरोह अबरोह हुँदै मुद्धा यो अबस्थामा आइपुगेको हो।

यसको प्रकृति हेर्दा ट्रंप यसमा दोषी देखिने अवस्था त छ नै, त्यो भन्दा ठुलो कुरा यो मुद्धा कुनै रास्ट्रपति बिरुद्ध यो हदसम्म पुगेको पहिलो मुद्धा हो। यसले ट्रंपको व्हाइट हाउसको यात्रामा कस्तो असर पर्ला भन्न नसकिए पनि मतदाताहरुलाई भने “नैतिक दवाव” भने पक्कै सिर्जना गर्ने देखिन्छ। ट्रंपको अन्धभक्तको रुपमा रुपान्तरित एउटा बर्ग त यसबाट झनै आक्रामक रुपमा समर्थनमा उत्रिने देखिन्छ तर अलिकति “निष्ठा, प्रतिष्ठा, नैतिकता र संस्कार” जस्ता कुराहरुमा ध्यान दिने बर्गको लागि भने ट्रंपलाइ भोट हाल्न सकस हुने देखिन्छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907