डालस टेक्सासको मन्दिरमा हुने नवाह महायज्ञको तयारी पुरा

डालस, टेक्सास। युलेस स्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक संघले आयोजना गर्न लागेको नवाह ज्ञान महायज्ञको तयारी लगभग पुरा भएको छ। आज मन्दिरमा आयोजित एक कार्यक्रमका बीच यसको जानकारी गराइएको हो। तयारी बारे जानकारी दिन एक पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको थियो।
बिगत लामो समय देखि डालस नजिकै रहेको सिटी युलेसमा नवाहको प्रचार प्रसार एबम तयारी भैरहेको छ। नेपालीहरुको आस्थाको धरोहरको रुपमा रहेको नेपाली मन्दिर निर्माण गर्ने उद्धेस्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो। करिव एक करोड डलर खर्च हुने अनुमान गरिएको यो मन्दिरको लागि पचास लाख डलर यहि महायज्ञबाट संकलन गर्ने उद्देस्य समेत रहेको छ।
महायज्ञको पुर्बाङ्ग अप्रिल ८ गते हुनेछ भने अप्रिल ९ मा कलश यात्रा सहित उद्घाटन समारोह आयोजना हुनेछ। त्यस्तै दैनिक रुपमा बिहान साढे आठ बजेदेखि साँझ ८ बजेसम्म मन्दिरमा बिभिन्न कार्यक्रमहरु हुनेछन। बिहान ९ बजे देखि भागवत पारायण, १२ बजे आरती, त्यसपछि बिश्राम, दुइ बजेदेखि ७ बजेसम्म प्रबचन र किर्तनहरु सम्पन्न गरिनेछ। बेलुका साढे सात देखि पुन आरती र ८ बजे बिधिबत समापन हुनेछ।


नवाह महायज्ञमा प्रमुख बाचक पण्डित दिनबन्धु पोख्रेल हुनुहुन्छ। पोख्रेलले हरेक दिन भागवत प्रबचनद्वारा सम्पूर्ण भक्तजनलाई धर्म, ज्ञान र सेवाको अमृत पिलाउनु हुनेछ। भक्तजनहरुलाई हरेक दिन वा आफ्नो अनुकुल दिनमा आएर मन्दिरमा भगवानको दर्शन गर्न र ज्ञान अमृत पान गरी धन्य हुन समेत अनुरोध गरिएको छ।
धेरै भक्तजनहरुको आगमन हुने अनुमान अनुसार सबैको रजिस्ट्रेसन र “चेक इन” युलेस सिटीको गर्ने पर्ने अनुरोध अनुरुप व्यवस्था गरिएको छ। मन्दिरमा जहाँबाट प्रवेश गरे पनि रजिस्ट्रेसन र चेक इन गर्न अनिबार्य गरिएको छ। रजिस्ट्रेसन गर्न नाम, फोन नम्बर, इमेल एड्रेस र परिवार संख्या मात्र राखे पुग्नेछ भने चेक इन गर्दा जति जना मन्दिर प्रवेश गरिन्छ त्यति मात्र संख्या राख्नु पर्दछ।
यो ९ दिनको अबधिबर भक्तजनहरुलाई एक पटक प्रशाद वितरण गरिनेछ। त्यसको लागि सबै तयारी पुरा भएको छ। स्वयंसेवकहरु सम्पूर्ण रुपमा सक्रिय हुने र उनीहरुलाई दिइएको काममा सहयोग गर्न सबैलाई अनुरोध समेत गरिएको छ।
सकेसम्म सबैलाई कारपुल अर्थात् मिलेर कम भन्दा कम गाडीमा आउन अनुरोध गरिएको छ। आएर पनि पार्किङ्ग गर्न छुट्टाइएको ठाउंहरुमा मात्र पार्क गर्न अनुरोध गरिएको छ। जथाभावी पार्क गरेर गाडी टो भएमा वा अन्य कुनै क्षति भएमा स्वयम् गाडी धनि जिम्मेवार हुने समेत जानकारी गराइएको छ। मन्दिर नजिकै रहेको पार्क ओभरफ्लो भएमा नजिकै ११ सय गाडी पार्क व्यवस्था गरिएको छ भने गाडी पार्क गरेको ठाउंबाट हरेक १५ मिनेटमा मन्दिरमा र मन्दिरबाट पार्क गर्ने ठाउंमा जान सटल (बस) को समेत व्यवस्था गरिएको छ।
यो अबधिमा लागु गर्न बनाइएका नीति भित्र रहेर आउन, कथा सुन्न वा त्यहाँ बसेर आनन्द लिन कुनै सिमा छैन। आफ्नो पोशाकमा भने मन्दिर वा नवाहको माहोल अनुसारको लगाउन अनुरोध गरिन्छ। सकेसम्म सभ्य र नेपालीहरुका आफ्ना पोशाकहरुमा उपस्थित हुन प्रोत्साहन गरिएको छ।
त्यस्तै अप्रिल १२ मा सामुहिक ब्रतबन्ध हुनेछ। इच्छुक अभिभावकहरुले आफ्ना बटुकहरुको ब्रतबन्ध गर्न मन्दिरमा सम्पर्क गर्नु पर्नेछ। त्यस्तै अप्रिल १६ सामुहिक लक्षबत्ति प्रज्ज्वलन गरिनेछ। इच्छुकले सम्पर्क गर्नुहोला।
एनसीएससीका अध्यक्ष सिता सापकोटा, उपाध्यक्ष छवि चापागाईं, महासचिव भेष राज सिवाकोटी, पूर्व अध्यक्ष सुरेश पोख्रेल,एनएसटी महासचिव बिजय भुषाल र समाजसेवी जीवन घिमिरेले सो अबसरमा सम्पूर्ण कुराहरु जानकारी गराउंदै यो महायज्ञ सम्पूर्ण डालस फोर्ट वर्थ बासी नेपालीहरुको गौरवको कार्यक्रम भएकोले तन, मन र धनले सहयोग गरी सफल पार्न आव्हान गर्नु भएको थियो।
यसबाहेक अन्य जानकारी चाहिएमा एनसीएससीको वेबसाइटमा वा फेसबुक पेजमा गएर हेर्न सकिनेछ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल

नेपस्टार डिएफ़डब्लुले जित्यो भलिबल च्याम्पियनको उपाधि




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907