टेक्सास नेपाली मेडिकल एसोसिएसनको गाला डिनर सम्पन्न

डालस, टेक्सास। टेक्सास नेपाली मेडिकल एसोसिएसन (टीएनएमए) को गाला डिनर शनिवार साँझ सम्पन्न भएको छ। ग्रेपभाइन स्थित एम्बेसी सुइट्समा उक्त कार्यक्रम सम्पन्न भएको हो। अपरान्ह साढे पांच बजे देखि १२ बजे सम्म बिभिन्न कार्यक्रम सहित गाला डिनर सम्पन्न भयो। “हेप्पी आओर” अपरान्ह साढे पांच शुरु भएको थियो भने समापन १२ बजे भएको थियो।

यो दिनलाई “फन एंड फेलोशिप”को नाम दिइएको थियो। नेपाली समुदायको सेवाको लागि स्थापित हिमालय हेल्थ क्लिनिकको संचालन गर्न आवस्यक रकम संकलन गर्न केहि समय देखि चन्दा अभियान चलाइएको थियो। सोहि अबधिमा चन्दा दिएका व्यक्तिहरुलाई सम्मान स्वरुप रमाइलो कार्यक्रम आयोजना गरिएको आयोजकहरुले जानकारी गराएका छन्। साथै अन्य सहयोगी हातहरुको खोजी पनि यसको उद्धेश्य थियो।

कार्यक्रमलाई ४ भागमा विभाजित गरिएको थियो। पहिलो “हेप्पी आओर” थियो जसमा सामान्य खानपिन सहित भलाकुसारी र अनौपचारिक चिनजानको वातावरण मिलाइएको थियो। दोश्रो भागमा हिमालय हेल्थ क्लिनिकको उद्देश्य, गतिबिधि, योजनाहरु प्रस्तुत गरिएको थियो। प्रायोजक, स्वयंसेवक एबम बिशेष व्यक्तित्वहरुलाई सम्मानको कार्यक्रम सम्पन्न गरिएको थियो।नर्सहरुले पुराएको योगदानको कदर गर्दै नर्स कमला अधिकारीलाइ सम्मान गरिएको थियो। यसको बिचमा भगवान शिवको “ताण्डव नृत्य” रायन श्रेष्ठले प्रस्तुत गरेका थिए। तेश्रो भागमा डिनरको व्यवस्था गरिएको थियो।
चौथो भागमा मनोरंजनको कार्यक्रम थियो। नलिना चित्रकार, विजय अधिकारी र दिपेश किशोर भट्टराईले आफ्नो प्रस्तुतिले मुग्ध बनाएका थिए। डिनरको व्यवस्था पछि पातलिंदै गएको दर्शकहरुको उपस्थितिका बाबजुद कलाकारहरुले निकै उत्साहपुर्बक सबैलाई नचाउन सफल भएका थिए। त्यसपछि डिजे शुशांतले दर्शकहरुलाई नचाएका थिए।समग्रमा कार्यक्रम निकै सभ्य रुपमा सम्पन्न भएको थियो। समयको निकै ख्याल गरिएको थियो।


कार्यक्रमको भाषा अंग्रेजी बनाइएको थियो भने शुरुमा अमेरिकाको र त्यसपछि नेपालको राष्ट्रिय गान बजाइएको थियो। कार्यक्रममा प्रमुख बक्ताका रुपमा नर्थ क्यारोलिनाबाट आएका डाक्टर रसु श्रेष्ठ हुनुहुन्थ्यो। उहाँले एआइले मेडिकल दुनियामा ल्याउन सक्ने हलचल र त्यसलाई कसरी मेडिकल क्षेत्र र आम जनताले ग्रहण गरेर सकारात्मक फाइदा लिन सक्छन भन्ने बारेमा प्रकाश पार्नु भएको थियो।
टीएनएमए अध्यक्ष संजिव श्रेष्ठले संस्था स्थापना, हेल्थ क्लिनिक स्थापना देखि वर्तमानसम्म योगदान पुर्याउने व्यक्तिहरुलाई धन्यवाद दिंदै सम्मानपत्र समेत प्रदान गर्नु भएको थियो। कार्यक्रममा संस्थाकी उपाध्यक्ष शर्मिला श्रेष्ठ, डाक्टर झरना श्रेष्ठ ,प्रमुख कार्यालय व्यवस्थापक लिला श्रेष्ठ, क्लिनिक डाइरेक्टर राज श्रेष्ठ, मन्दिर बोर्ड अफ ट्रस्टीका उपाध्यक्ष प्रेम अधिकारी, नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले एबम संस्थाकी महासचिव डाक्टर पुजा सैंजुले आफ्ना आफ्ना बिषयगत मन्तव्य दिनु भएको थियो।

त्यस्तै डाक्टर रोजी राजभण्डारीले आफ्नो समाजसेवाको आदर्श व्यक्तिको रुपमा आफ्नी दिवंगत ममतामयी आमा शारदा जोशीको लिगेसीको बारेमा आफ्नो मन्तब्य व्यक्त गर्नु भएको थियो । डाक्टर रोजी टीएनएमएको संस्थापक सदस्य, टीएनएमएको पहिलो कोशाध्यक्ष, फन्डरेजिंग कमिटिको पुर्ब प्रमुख र हालको कार्यसमितिमा कार्यकारी निर्देशकको रुपमा सेवा गरिरहनु भएको छ।
डाक्टर रोजी राजभण्डारीले हिमालय हेल्थ क्लिनिक स्थापनामा पांच हजार डलर सहयोग गर्नु भएको थियो। हाल उहाँ क्लिनिकको ८ वटा शिखर चढ्ने सुचिमा २९०३२ डलर दान सहित सगरमाथाको आरोहण गर्नु भएको छ। आफ्नी आमा, नर्स, समाजसेवी श्री शारदा जोशीको सम्झनामा यी सम्पूर्ण योगदानहरु डाक्टर रोजी राजभण्डारीले गर्नु भएको जानकारी गराउनु भएको छ।


कोशाध्यक्ष डाक्टर दिपेश बिस्टले संस्थाको आर्थिक ब्यबस्थापन र चन्दादाताहरुको सजिलोका लागि “सगरमाथा” चढ्ने खुड्किलाहरु बारे प्रकाश पार्नु भएको थियो। त्यस्तै प्रमेश श्रेष्ठले तयार गरेको कम्प्यासन पत्रिकाको अनावरण गरिएको थियो।

स्मरण रहोस बिगत १० महिना देखि संचालित हिमालय हेल्थ क्लिनिकबाट अहिले सम्म प्रत्यक्ष रुपमा करिव एक हजार जनाले सेवा सुबिधा लिइसकेका छन् भने यसको बिस्तारको लागि सामुदायिक भूमिका र सक्रियता संस्थाले खोजिरहेको छ। क्लिंकबाट सामान्य स्वास्थ्य सेवा, डेन्टल सेवा र प्रेसक्रिप्सन सेवा प्रदान हुदै आएको छ। स्वयंसेवीको योगदान बाहेक महिनामा दुइपटक क्लिनिक संचालन गर्दा पनि करिव ५ हजार डलर खर्च हुने गरेको छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल

नेपस्टार डिएफ़डब्लुले जित्यो भलिबल च्याम्पियनको उपाधि




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907