टीएनएमएको गाला डिनरको तयारी पुरा
डालस, टेक्सास। आउँदो अप्रिल ६ तारिक शनिबार आयोजना हुन लागेको टेक्सास नेपाली मेडिकल एसोसिएसन अर्थात् टीएनएमएले आयोजना गर्न लागेको गाला डिनरको तयारी पुरा भएको छ। उक्त कार्यक्रम फन एण्ड फेलोशिपको रुपमा आयोजना हुँदैछ। युलेस स्थित नेपाली मन्दिर परिसरमा संचालन भैरहेको हिमालयन हेल्थ क्लिनिक संचालनार्थ केहि समय देखि चन्दा अभियान चलिरहेको थियो। सोहि अभियानलाई बिट मार्न यो गाला डिनर आयोजना हुन लागेको आयोजकहरुले जानकारी गराएका छन्।
टीएनएमए २०१८ मा स्थापना भएको मेडिकलसंग सम्बन्धित ब्यबसायी र मेडिकल कर्मीहरुको संगठन हो।यसको मूल उद्देश्य मेडिकल कर्मीहरु एकजुट हुनु र त्यो उर्जा र शक्तिलाई नेपाली समाजमा सदुपयोग गर्नु हो। सोहि उद्देश्य प्राप्तिको लागि हिमालयन हेल्थ क्लिनिक महिनाको दुइपटक संचालन भैरहेको छ जसबाट स्वास्थ्य बिमा नभएका नेपालीहरुले सेवा पाइरहनु भएको छ। क्लिनिक विस्तारको लागि समेत कामहरु हुँदैछ।
गाला डिनर ग्रेपभाइन सिटिमा रहेको एम्बेसी सुइट्समा आयोजना हुँदैछ। साढे पांच देखि साढे छ बजेसम्म सोसल आओर भनिएको छ जसमा भेटघाट गर्ने, चिनजान गर्ने, कुराकानी गर्ने एबम सामान्य खानपिनको पनि काम हुनेछ। साढे पांच बजे कार्यक्रम शुरु हुनेछ जसमा करिव एक घण्टा संस्थाको गतिबिधि, उद्देस्य, योजनाहरु लगायत यसको बिगतका कामहरु बारे चर्चा गरिनेछ। त्यसपछि भने डिजे शुशांतको साथमा रमाइलो साँझ शुरु हुनेछ।
यो बिशुद्ध मनोरंजनको लागि आयोजित कार्यक्रम भएकोले खासै औपचारिक कार्यक्रमहरु समाबेश गरिएको छैन। स्वयंसेवकहरुलाई सम्मान तथा प्रमाणपत्रको कार्यक्रम समेत अर्कै दिनमा राखिएको छ। निर्धारित समयलाई पालन गर्ने अधिकतम प्रयास एबम कार्यक्रमलाई मनोरन्जक बनाउने आयोजकहरुको उद्देस्य रहेको छ।
डिजे र मनोरन्जनात्मक कार्यक्रम शुरु हुनु अघि हुने कार्यक्रमलाई संयोजन एबम संचालन रोधन पोख्रेल र सिपोरा गुरुङले गर्नेछन। रोधन पोख्रेल डालस क्षेत्रमा कुशल प्रस्तोता युवाको रुपमा चर्चित छन् भने सिपोरा नेपालको महिला भलिबल राष्ट्रिय टोलीकि खेलाडी हुन्।
कार्यक्रममा आफ्नो प्रस्तुति दिन गायक दिपेश के भट्टराई, नलिन चित्रकार र विजय अधिकारी आउंदै हुनुन्छ।त्यस्तै कार्यक्रमको बिचमा एउटा ताण्डव नृत्य समाबेश गरिएको छ। गाला डिनर कार्यक्रमका संयोजक लिला श्रेष्ठका अनुसार यो कार्यक्रम फन एंड फेलोशिपको रुपमा आयोजना गरिएकोले चन्दा उठाउने अभियान संचालन हुनेछैन। “आउने, भेटघाट गर्ने र रमाइलो गर्ने कार्यक्रम हो यो” श्रेष्ठ भन्नुहुन्छ।
कार्यक्रम यस अघिनै लाइफ मेम्बर वा प्रायोजक भएर योगदान गरिसक्नु भएका व्यक्तिहरुको मनोरंजनको लागि आयोजना गरिएको हो। यसको लागि उहाँहरुले अनलाइनमा आफ्नो नाम र खानाको प्रकार सहित रजिस्टर गर्नुपर्नेछ। रजिस्टर नगर्ने व्यक्तिहरुको लागि खानाको प्रकारमा कम्प्रोमाइज गर्नु पर्ने हुनसक्छ। त्यसैले रजिस्टर गर्नु महत्वपूर्ण छ।
गाला डिनरको लागि छुट्टाइएको टिकेट बिक्रि भैसकेको छ तर यस बीचमा पनि लाइफ मेम्बर हुन चाहनेहरुको लागि भने ब्यबस्थापन गर्न सकिनेछ। यदि तपाईं लाइफ मेम्बर बन्न चाहनुहुन्छ भने मेम्बरशिप ड्राइभ कमिटीका सदस्यहरु डाक्टर शर्मिला श्रेष्ठ (210-382-9535) र नर्स कमला अधिकारी (914-707-3674)लाइ सम्पर्क गर्न सक्नुहुन्छ। गाला डिनर अघि बनेका नयाँ मेम्बरले पनि दुइवटा टिकेट भने सित्तैमा पाउनेछन। अनलाइनमा लाइफ मेम्बर बन्नको लागि पनि तलको लिंकमा क्लिक गर्न सक्नुहुन्छ।
https://himalayaclinic.org/sponsor-tier/lifetime-supporter-lts/