४१८ मिलियन डलर सेटलमेन्ट पछि घर किनबेच प्रक्रिया परिवर्तन हुँदै

डालस, अमेरिका। अमेरिकाको घरजग्गा बिक्रीमा मध्यस्थता गर्ने रियल्टर ( दुइ पार्टीको बिचमा बसेर किनबेच गर्न सहयोग गरे बापत कमिसन लिने व्यक्ति) हरुको संस्था नेसनल एसोसिएसन अफ रियल्टर्सले ४१८ मिलियन डलर तिरेर आफु बिरुद्धको एन्टीट्रस्ट मुद्धाको किनारा लगाएको छ। गत हप्ता मात्र संघीय जुरीले रियल्टरहरुले घरजग्गाको मूल्य कसरी कृत्रिम रुपमा बढाएका थिए भन्ने कुरामा उक्त संस्थालाई दोषी ठहर्याएको थियो।


यो नयाँ सम्झौता कोर्टले स्वीकृति दियो भने जुलाई महिनाको मध्यतिरबाट लागु हुनेछ। यो नयाँ सम्झौता लागु भयो भने अमेरिकामा घर किनबेचको प्रक्रिया पुरै परिवर्तन हुनेछ। बुँदागत रुपमा निम्न परिवर्तनहरु हुनेछ।
१) ६% कमिसन गायब : बिक्रेताले अहिले सम्म तिर्दै आएको ६% कमिसन हटेको छ। जसले एकातिर बिक्रेताले घर बेच्दा हज्जारौं डलर कमिसन तिर्नु पर्ने छैन। बरु त्यो कमिसनको साटो घरको मूल्य कम गरेर क्रेतालाई सहज तुल्याउन सक्नेछन। नत्र त्यो पैसा आफै राख्न सक्छन। औसत ४ लाख डलर पर्ने घर बेच्दा उनीहरुले २४ हजार डलर कमिसन तिर्नु पर्नेछैन।
२) क्रेताहरुले पनि एजेन्ट बापत तिर्ने ३% मा बार्गेनिङ्ग गर्न सक्नेछन भने यदि आफै सबै कुरा सम्हाल्न सक्ने भएमा बिना रियल्टर पनि घर किन्न सक्नेछन। यसले उनीहरुले तिर्नु पर्ने ३% कमिसन बचत गर्नुको साथै बिक्रेतासंग सिधै बार्गेनिङ्ग गर्न सक्ने भएकोले बिक्रेताले तिर्नु पर्ने मध्यको ६% बाट पनि केहि रकम घटाएर लिन सक्नेछन। रियल्टर नियुक्त गर्नु पर्यो भने पनि एउटा निश्चित रकममा बार्गेनिङ्ग गरेर पैसा बचाउन सक्नेछन।
३) यो सम्झौताले एक किसिमले मध्यस्थता गर्ने व्यक्तिको भूमिका कम्जोर पारिदिएको छ तर क्रेता र बिक्रेतालाई बढी जिम्मेवारी आउने अवस्था सिर्जना गरेको छ। राम्रो जानकारी हुनेहरुले यसबाट फाइदा लिनेछन भने नयाँ क्रेताहरुका लागि चुनौती समेत थपिनेछ।
४) रियल्टरको आबस्यकता नहुने भए पछि करिव २० लाख रियल्टरहरुको जागिर धरापमा परेको छ। धेरै घर किनबेच गर्ने बाहेक अरु धेरै रियल्टरहरु नयाँ जागिर खोज्नु पर्ने अवस्था सिर्जना हुनेछ। २०२२ को तथ्यांक अनुसार औसत रियल्टरको बार्षिक आम्दानी ९० हजार डलर थियो।
तर यो सम्झौता लागु भएर बजारमा लागु नभए सम्म यसको बास्तविक असर भने थाहा हुनेछैन। दशकौं देखिको प्रक्रिया परिवर्तन हुँदा बजारले कसरी प्रतिक्रिया दिन्छ, त्यो पनि हेर्न बाँकी छ। अबदेखि घर किन्न चाहनेले भने अब झन् भरपर्दो र राम्रो जानकार व्यक्तिको खोजी गर्नु आबस्यक हुनेछ।घर किनबेचको लम्बेतान प्रक्रिया र यसभित्र रहेका पूर्ण विवरण ( डेभिल इन द डिटेल) थाहा पाउने व्यक्तिको रुपमा एउटा हिस्सा रियल्टरको आबस्यकता भने रहिरहनेछ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907