अमेरिकामा टिकटक प्रतिबन्धित हुने सम्भावना
डालस, अमेरिका। अमेरिकाको प्रतिनिधिसभाले टिकटकलाइ प्रतिबन्ध लगाउने सम्बन्धि कानुन पास गरेको छ। ३५२ जना प्रतिनिधिसभाका सदस्यहरुले टिकटक माथि प्रतिबन्ध लगाउने पक्षमा र ६५ जनाले बिपक्षमा मतदान गरेका छन्। यसले दस करोड भन्दा बढी टिकटक प्रयोगकर्ता र यहि प्लेटफर्म मार्फत ब्यबसाय एबम जीवनयापन गरिरहेकाहरुलाई के होला भन्न प्रश्न खडा भएको छ।
त्यसो त यो कानुन लागु हुन्छ नै भन्ने छैन। यसलाई बेच्न ५ महिनाको समय दिइएको छ र यो समय सिमा भित्र कसैले किन्यो भने यो एप सुचारु हुनसक्छ। अमेरिकाको चासो भनेको यो कम्पनीको कनेक्सन चाइनिज कम्निस्ट पार्टीसंग भएकोले हो। अमेरिकी जनताका डाटाहरु चीनको कम्निस्ट पार्टीले प्राप्त गर्ने र त्यस मार्फत अमेरिकाको चुनाव लगायत अन्य कुराहरुमा चीनले हस्तक्षेप गर्ने भन्ने आधारमा यो एपलाइ बेच्न बाध्य पार्ने कदमस्वरुप यसो गरिएको हो। साथै चीनसंगको अन्य कटुता बढ्दै गएको अबस्थामा टिकटक मारमा परेको अनुमान गर्न सकिन्छ।
त्यसो त प्रतिनिधिसभाबाट पास भए पनि सिनेटमा गएर यो कानुन अड्किने सम्भावना पनि छ। युवाहरुबीच अत्यन्त लोकप्रिय रहेको यो एप प्रतिबन्ध लगाउन नहुने पक्षमा पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपले विचार व्यक्त गरे पछि पास भए हस्ताक्षर गर्दिन्छु भन्ने बाइडेनलाइ पनि दवाव उत्पन्न भएको छ। यस्तोमा पास वा फेल भन्दा पनि सिनेटले यो कानुनलाई कमसेकम निर्बाचन सम्म छलफलमा नै नल्याउने सम्भावना पनि उत्तिकै छ।
त्यसैले टिकटक प्रयोगकर्ताहरुले भर्खरै आत्तिनु पर्ने अवस्था देखिदैन। प्रतिबन्धित हुने नै अबस्थामा टिकटक बेचेर भए पनि यसलाई उद्धार गर्ने सम्भावना उत्त्तिकै छ। अहिले टिकटकको मूल्य १०० बिलियन डलर मानिएको छ भने प्रतिबन्धित हुने अबस्थामा भने यसको मुल्य घट्न सक्छ र अमेरिकाको कुनै ठुलो कम्पनीले किनेर चलाउन सक्छ। सबै बाटाहरु बन्द भएको अबस्थामा २०२४ मा हुने निर्बाचन पछि आउने सिनेटले यसको भाग्य निर्धारण गर्ने समभावना देखिन्छ। प्रतिनिधिसभाबाट कानुन पास भए पनि छिट्टै टिकटक अमेरिकाबाट बिदा हुने सम्भावना भने निकै कम छ।