हिमालयन हेल्थ क्लिनिक संचालनार्थ अप्रिलमा गेला डिनर हुँदै

डालस, टेक्सास। डालस वरपर रहेका मेडिकल क्षेत्रसंग सम्बद्ध ब्यबसायिक व्यक्तिहरुको संस्था टेक्सास नेपलिज मेडिकल एसोसिएसनले शनिबार एक पत्रकार भेटघाट कार्यक्रम गरेको छ। ६ अप्रिल २०२४ हुन लागेको हिमालयन क्लिनिक संचालनार्थ आयोजना गर्न लागिएको फन्डरेजिंग गेला डिनरको बारेमा केहि प्रस्ट पार्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रम डालस वरपर सक्रिय पत्रकारहरुको उपस्थिति थियो। उक्त अबसरमा संस्थाका पदाधिकारीहरुले टीएनएमए, हिमालयन हेल्थ क्लिनिक र गेला लगायतका बिषयमा प्रस्ट पार्नु भएको थियो।
कार्यक्रमको संयोजन गर्दै टीएनएमए कार्यालय निर्देशक लिला श्रेष्ठले हिमालयन क्लिनिकको उद्देश्य, भैरहेका कामहरु, गर्न चाहेका र बिभिन्न कारणले गर्न नसकेका कामहरु एबम फन्डरेजिंग गेला डिनरको बारेमा छोटकरीमा आफ्नो धारणा राख्नु भएको थियो। संस्थाका अध्यक्ष संजिव श्रेष्ठ र उपाध्यक्ष शर्मिला श्रेष्ठले बिगत देखि आफुहरुले गरिरहेको काम, हिमालयन क्लिनिकका सेवाहरु र यसका चुनौतीबारे आफ्नो धारणा व्यक्त गर्नु भएको थियो। यो समाजको सम्पत्ति भएकोले समाजले नै यसलाई मलजल गर्नु पर्नेमा जोड दिंदै बिशेष गरी व्यापारिक समुदायलाई यो कार्यमा उदार भएर सक्रिय हुन अनुरोध गर्नु भएको थियो।


हिमालयन हेल्थ क्लिनिकका निर्देशक राज कुमार श्रेष्ठले क्लिनिक कसरी चलिरहेको छ र यसमा देखिएका समस्याहरु के के छन् र त्यसको लागि केकस्ता कामहरु भैरहेको छ भन्ने जानकारी गराउनु भएको थियो। क्लिनिकले उपलब्ध गराउंदै आएको दांत सम्बन्धि सेवाको बारेमा संस्थाका महासचिव पुजा सैंजुले जानकारी गराउनु भएको थियो। मेडिकल सेवाको बारेमा संस्थाका निर्देशक विश्वास उपाध्यायले जानकारी दिनु भएको थियो।
नर्सहरुले संस्था वा क्लिनिकमा गरिएरहेको सेवा र कामको बारेमा नर्स मिनु केसीले जानकारी गराउनु भएको थियो भने कोशाध्यक्ष डाक्टर दिपेश बिस्टले संस्थाको खर्च विवरण, गेला डिनरका आर्थिक पक्षबारे जानकारी दिनु भएको थियो।
टीएनएमए र यसले संचालन गरेको हिमालयन हेल्थ क्लिनिक र गेला डिनरबारे केहि तथ्यहरु

डालस वरपरका हेल्थ इन्सुरेन्स नभएका नेपाली समुदायलाइ निशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देस्यका साथ टीएनएमएको स्थापना २०१८ माभएको हो।

टीएनएमएमा मेडिकल डाक्टर, डेण्टिस्ट र नर्सहरु आबद्ध हुनुहुन्छ जसले समाजमा स्वयंसेवा गर्न चाहना राख्नुहुन्छ।

टीएनएमएले आफ्ना सेवाहरु हिमालयन हेल्थ क्लिनिक मार्फत दिन नेपाली मन्दिरमा क्लिनिक संचालन गरिरहेको छ।

क्लिनिकको स्थापना २०२० मै भए पनि कोभिडका कारण यसले मे २०२३ देखि मात्र सेवा दिन शुरु गरेको हो।

क्लिनिक महिनाको पहिलो र तेश्रो आइतबार गरी दुइपटक बिहान १० देखि १ बजे सम्म ३ घण्टा संचालन भैरहेको छ।

क्लिनिकमा सामान्य स्वास्थ्य जांच, औषधिको रिफिल गरिनुको साथै दांत सम्बन्धि सेवाहरु पनि उपलब्ध छन्।

सुबिधा लिन अनलाइन मार्फत अपोइण्टमेन्ट लिनु पर्छ र यो बिभिन्न सीमाका कारण यतिबेला सिमित संख्यामा मात्र उपलब्ध छ।

अहिलेसम्म करिव ८०० नेपालीहरुले यो क्लिनिकबाट प्रत्यक्ष स्वास्थ्य सुबिधा लिइसक्नु भएको छ।

क्लिनिकको शुरुवात गर्नमात्र ७१ हजार डलर खर्च लागेको छ र डाक्टर र नर्सहरुले निशुल्क सेवा उपलब्ध गराउंदा पनि हरेक पटकको लागि करिव पांच हजार डलर खर्च हुन्छ। जसको लागि फन्डरेजिंग भैरेको छ र त्यसैको लागि आगामी अप्रिल ६ मा गेला डिनर पनि आयोजना गरिएको छ।

बढ्दो नेपाली समाजको आबस्यकतालाइ ध्यानमा राखेर साप्ताहिक र अझै लामो समय क्लिनिक संचालन गर्ने उद्देस्य संस्थाको रहेको छ। यसको लागिसमाजको ठुलो तप्काको सक्रियता र सहयोगको अपेक्षा संस्थाले गरेको छ।

फन्डरेजकै लागि सदस्यता अभियान चलिरेको छ र यसको म्याद थपेर मार्च १० सम्म पुर्याइएको छ। सदस्य बन्नेले गेला डिनरमा दुइवटा दिकेट पनिपाउनुहुनेछ।

प्रायोजन गर्ने वा चन्दादाताहरुलाई हाम्रो नेपालका ८ वटा हिमालहरु बिस्तारै चढ्दै अन्तिममा सगरमाथा चढ्ने सुबिधा रहेको छ। थोरै दिएर सानो हिमालचढ्दै हरेक बर्ष थप चन्दा दिएर अन्त्यमा सगरमाथासम्म पुग्ने खुट्किला निर्माण गरिएको छ।

पांच सय डलर दिएर अन्नपूर्ण, हजारले मनास्लु हिमाल, तीन हजारले धौलागिरी, पांच हजार डलरले चो ओयु, दश हजारले मकालु, १५ हजारले ल्होत्से, २० हजारले कंचनजंघा र अन्त्यमा २९०३२ फीटको सगरमाथामा पुग्न २९०३२ डलर चन्दा दिन सकिनेछ।
अन्त्यमा,
स्वस्थ समाज निर्माण सबैको दायित्व हो।दुइचार जना स्वस्थ र धनी भए पनि समाज स्वस्थ र सबल छैन भने त्यहाँको बसाइ सहज हुनसक्दैन। व्यक्ति, परिवार र समाजको स्वास्थ्य राम्रो बन्दै जाँदा मात्र सबैको भलो हुने पक्का छ। यस्तोमा व्यापार वा जागिर गरेर पनि राम्रो आम्दानी गर्नेहरुले समाजको स्वास्थ्यको लागि यहि समाजबाट लिएको केहि रकम यहि समाजलाई फिर्ता गर्न अप्ठेरो मान्नु हुदैन। बढ्दै गएको नेपाली समाजमा पनि स्वास्थ्य सेवा बिस्तार गरेर स्वास्थ्यमा पहुँच नभएकाहरुलाई स्वास्थ्य सेवा दिने हिमालयन हेल्थ क्लिनिक चलाउने जिम्मा हामी सबैको हो। आउनुहोस डाक्टर नर्सहरुले त आफ्नो जिम्मेवारी पुरा गरिरहनु भएको छ, तपाईं हामि पनि यो अभियानमा सहभागी बनौं।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907