फेब्रुअरी २५ मा मगर संघले रक्तदान कार्यक्रम आयोजना गर्दै
युएसएंडनेपाल सम्बाददाता।डालस, टेक्सास। मगर दिवसको अवसर पारेर डालस नजिकै रहेको नेपाली मन्दिरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। ब्लड डोनर्स एसोसिएसनसंगको सहकार्यमा यो कार्यक्रम हुन लागेको मगर संघ टेक्सास च्याप्टर अध्यक्ष भिम थापाले जनाकारी गराएका छन्। रक्तदान कार्यक्रम युलेस स्थित हिन्दु तथा बौद्ध मन्दिर प्राङ्गणमा फेब्रुअरी २५ गते आइतबार बिहान ११ बजे देखि ४ बजे अपरान्ह सम्म संचालन हुनेछ।
रक्तदान जीवनदान भन्ने धारणाबाट प्रभावित भएर नै नेपालीहरु मिलेर रक्तदाताहरुको संगठन खोलेर अमेरिकामा लामो समय देखि रक्त संकलन कार्य गर्दै आएका छन्। यहि मेसोमा डालस क्षेत्रमा निकै सक्रिय संगठनको रुपमा परिचित मगर संघ टेक्सास च्याप्टरले यो कार्यक्रम आयोजना गरेर मगर दिवस मनाउदै छ। एक जनाको रगतले तीन जनाको ज्यान जोगाउन सकिने भएकोले पनि रक्तदानलाइ पुन्य कर्मको रुपमा लिने गरिन्छ।
रक्तदानमा भाग लिन १७ बर्ष पुगेको हुनुपर्ने, परिचय पत्र हुनुपर्ने र एकसय दश पाउण्ड भन्दा बढी तौल हुनुपर्ने जनाइएको छ। त्यस्तै रक्तदान गर्न आउनु अघिल्लो दिन राम्रोसंग सुत्न र धेरै पानि, जुस जस्ता पेय पदार्थ प्रशस्त पिउन समेत सुझाइएको छ। मगर एसोसियसन अमेरिका स्थापनाको अवसर पारेर गरिएको यो रक्तदान कार्यक्रममा रक्तदान गर्न मगर संघ टेक्सास च्याप्टरले सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरेको छ।
स्मरण रहोस, मगर एसोसियसन अमेरिका स्थापना दिवसको अवसर पारेर मगर संघ टेक्सास च्याप्टरले अर्को महिना मार्च १७ गते भलिबल टुर्नामेन्ट समेत आयोजना गर्दैछ।