नेपाली समाज टेक्सासको नयाँ कार्यसमितिले पदभार ग्रहण गर्यो

डालस, टेक्सास। नेपाली समाज टेक्सासको २०२४-२०२५ को लागि नव निर्बाचित कार्यसमितिले कार्यभार ग्रहण गरेको छ। युलेसस्थित नेपाली मन्दिरको हलमा आयोजना गरिएको एक कार्यक्रमबीच अध्यक्ष राजेन्द्र वाग्लेको अध्यक्षतामा निर्बाचित भएको नयाँ कार्यसमितिले पद तथा गोपनियताको सपथ लिंदै कामको थालनी गरेको हो।
नेपाली समाज टेक्सास १९९८ देखि डालसको नेपाली समाजमा सक्रिय एक सामाजिक संस्था हो। यसमा निर्बाचित हुने कार्यसमितिको कार्यकाल दुइ बर्षको हुने गर्दछ भने २०२२ को जनवरीमा कार्यभार लिएका राजेन्द्र वाग्लेले फेरी अर्को कार्यकालको लागि भएको निर्बाचनमा पनि उम्मेदवार बनेका थिए। उनको पुराना कार्यसमितिका धेरै सदस्य अर्को समुहबाट निर्बाचनमा उम्मेदवार बनेका थिए। तर अधिकांश व्यक्तिहरु वाग्लेको प्यानलबाट नै निर्बाचित भएका थिए। निर्बाचनमा स्पस्ट रुपमै दुइवटा धार बनेर चुनाव भएको थियो।
पदभार ग्रहण तथा सपथ कार्यक्रमको अध्यक्षता निर्बाचन समितिका अध्यक्ष बैकुण्ठ बिक्रम थापाले गर्नु भएको थियो भने कार्यक्रम अब्यबस्थित भएकोमा अन्त्यमा उहाँले सबै समक्ष माफी पनि माग्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा बेड्फ़ोर्ड सिटिका मेयर ड्यान कोगनलाइ आमन्त्रण गरिएको थियो भने उक्त कार्यक्रममा बोल्दै कोगनले “समुदाय निर्माण” ले देश सुन्दर बन्ने उल्लेख गर्दै नेपाली समाज टेक्सासले सक्रिय समुदाय निर्माण गरेकोमा आफु आभारी रहेको र भविस्यमा नेपाली समुदायलाई परेको बेला आबस्यक सहयोग गर्न आफु तयार रहेको जानकारी गराउनु भएको थियो।
नेपाल सरकारका अवैतनिक बाणिज्यदुत तथा लोक गायक प्रेमराजा महतले नेपाली समाज टेक्सासले गरेका कार्यहरुको प्रशंशा गर्दै आगामी कार्यकालको लागि नबनिर्बाचित कार्यसमितिलाई शुभकामना दिनु भएको थियो। त्यस्तै युलेस सिटि काउन्सिल टिका पौडेलले नाममा भन्दा काममा ध्यान दिन आग्रह गर्दै अमेरिकी राजनीतिमा आउन अनुरोध गर्दै इच्छुक सबैलाई सहयोग गर्न आफु तयार रहेको जानकारी गराउनु भएको थियो। भ्रस्टाचार बिरोधि अभियन्ता भारत जंघमले पनि नयाँ कार्यसमितिलाई बधाई तथा सुभकामना प्रदान गर्नु भएको थियो।


कार्यक्रमलाई मनोरन्जक बनाउने प्रयास स्वरुप दुइ नृत्य समेत प्रस्तुत गरिएको थियो। गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल बन्दना नेपाल र अलिशा श्रेष्ठले कार्यक्रममा सुन्दर नृत्य प्रस्तुत गरेका थिए। स्मरण रहोस बन्दना नेपालले १२६ घन्टासम्म लगातार नाचेर रेकर्ड राखेकी थिइन भने अलिशा श्रेष्ठले आफ्नो जोडी रुबिशा श्रेष्ठसंग मिलेर ४१ घण्टा ५ मिनेट लगातार नाचेर बिस्व रेकर्ड कायम गरेकी थिइन। दुबैजनाले यतिबेला अमेरिकामा नृत्य सिकाउने काम समेत गर्दछन।
कार्यक्रमको संचालन स्थानीय समाजसेवी एबम नेपाली समाज टेक्सासका पूर्व महाचाचिव विजयराज भट्टराइले गर्नु भएको थियो। उक्त अबसरमा निर्बाचन स्वच्छ रुपमा संचालन गर्न सहयोग गर्ने स्वयंसेवकहरुलाई सम्मान पनि गरिएको थियो। सपथ लिए लगत्तै भएको नयाँ कार्यसमितिको बैठकले केहि महत्वपूर्ण पदहरुमा नियुक्ति पनि गरेको थियो। नेपाली समाज टेक्सासको प्रवक्तामा पूर्व कार्यसमितिमा उपाध्यक्ष रहेका किरण पौडेललाइ नियुक्त गरिएको छ भने आइटी विभागमा पदम भण्डारी, सृस्टी शर्मा उप्रेतीलाई करियर डेभलपमेन्ट संयोजकमा नियुक्त गरिएको छ।

त्यस्तै नेपाली समाज टेक्सासले सन्चालन गर्ने नेपाली स्कुलमा समाजसेवी एवं पत्रकार भोज बहादुर बलायर नियुक्त हुनुभएको छ ।त्यस्तै कुमार तामांग, देव शर्मा र नगेन्द्र लिम्बु कार्यकारी सदस्यमा नियुक्त हुनुभएको छ ।
नव निर्बाचित कार्यसमितिमा अध्यक्ष राजेन्द्र वाग्ले, बरिस्ठ उपाध्यक्ष जनक भण्डारी, उपाध्यक्ष बलराम पौडेल, महिला उपाध्यक्ष सावित्री भण्डारी, महासचिव बिजय भुषाल, सचिव पुण्य पाण्डे, कोशाध्यक्ष रामकृष्ण यादव, खेलकुद संयोजक निलेश श्रेष्ठ, महिला संयोजक शान्ता कुमारी गिरी, युवा तथा बिद्यार्थी संयोजक प्रबिश श्रेष्ठ एबम कार्यकारी सदस्यहरु जीवलाल भुषाल, राधिका खराल र रमेश अधिकारी हुनुहुन्छ। पुरानो कार्यसमितिको तर्फबाट महासचिव संदेश उप्रेती र सचिव हरी खनालले कागजातहरु नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्नु भएको थियो।
कहिल्यै नसिक्ने नेपाली
कार्यक्रम चुस्त हुन सकेन। प्रमाणपत्र र सम्मानपत्रको भोकले जहिले पनि कार्यक्रम लम्बिने गर्छ। कार्यक्रम भैरहंदा एकार्कामा ताइ न तुइका गफ हाँकेर बस्ने दर्शक र चुस्त कार्यक्रम बनाएर संचालन गर्न नसक्ने आयोजकका कारण कार्यक्रम दिक्क लाग्दा हुने गरेका छन्। कार्यक्रम अबधिभर भित्र र बाहिर गरेर छिर्किरहनेहरुले ध्यान अन्यत्रै मोड्ने गर्छन। निर्धारित समयमा शुरु नगर्ने र स्केजुल अनुसार कार्यक्रम नचलाउने र बिचबिचमा तातो न छारोका बिषय ल्याएर दर्शकहरुको हुर्मत लिने र कार्यक्रम लम्ब्याएर दिन खाइदिने प्रवृतिले नेपाली संघ संस्थालाई कहिल्यै नछोड्ने भयो। आशा गरौँ आगामी दिनहरुमा यी गल्तिहरुबाट पाठ सिकेर केहि नयाँ कुरा लागु होला कि !

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907