नेपाल जर्नीको विद्युतीय पुस्तकालय निर्माणको काम शुरु: सहयोगको लागि अपिल
डालस, टेक्सास।अमेरिकाको टेक्सासबाट संचालन हुने गैर नाफामुलक संस्था नेपाल जर्नीले भरतपुरमा निर्माण गर्न लागेको विद्युतीय पुस्तकालयको निर्माण शुरु भएको छ। संस्थाका अनुसार पुस्तकालय निर्माणको लागि आबस्यक सम्पूर्ण प्रक्रिया समाप्त भै निर्माणको चरणमा प्रवेश गरेको छ। भरतपुर नगरपालिकाको ४ नम्बर वडाको कार्यालय नजिक रहेको खाली जमिनमा यो पुस्तकालय निर्माण गर्न लागिएको छ।
नेपाल जर्नीका अध्यक्ष मौसमी श्रेष्ठ यो परियोजना निर्माण सम्पन्न गर्न संस्था लागिपरेको र यसको सम्पूर्ण नेपाली दाजुभाइहरुको सहयोगको अपेक्षा गरिएको बताउनु हुन्छ। २०१५ को भुकम्पले ल्याएको तहसनहसको प्रत्यक्षदर्शी श्रेष्ठ जन्मे पछि आफ्नो समाज र समुदायलाइ केहि गर्नु पर्छ भन्ने भावना पलाएर नेपाल जर्नीको स्थापना गर्नु भएको हो। यो परियोजना शुरुवात गर्न पनि अहिलेको कार्यसमितिको धैर्यता, लगनशीलता प्रशंशायोग्य छ। थुप्रै चुनौती र अप्ठेरा परिस्थितिका बाबजुद पुस्तकालय निर्माणको अहिलेको चरणमा प्रवेश गरेको छ।
यो पुस्तकालय निर्माणको प्रक्रिया निकै अघि शुरुवात भैसक्नु पर्ने थियो। तर कोरोना भाइरसको कारण केहि बर्ष त्यसै पनि धकेलियो। त्यसपछि स्थानीय व्यक्तिहरुमा यसको निर्माण र दानको श्रोतको बारेमा केहि संशय रहंदा निर्बिघ्न रुपले अघि बढ्न सकेन। नेपालीहरुले नै आफ्नो दुख गरेर कमाएको पैसा दान गरेर पैसा पठाएको भन्ने कुरा बुझाउन पनि निकै समय लाग्यो। सिधै नगरपालिका संलग्न हुँदा पनि स्थानीय केहि व्यक्तिहरुका कारण पुस्तकालय निर्माण जस्तो बिशुद्ध सामाजिक काममा ब्यबधान उत्पन्न भयो।
अपाङ्ग मैत्री विद्युतीय पुस्तकालय निर्माण नेपालकै एक नमुना हुनसक्ने बिस्वब्यापी आर्थिक संकलन अभियानका संयोजक भानु खरेल विश्वास गर्नुहुन्छ। यसमा निर्माण हुने योगा हल तथा अन्य क्रियाकलाप गरिने हलहरुले स्थानीय जनतालाई निकै सहयोग पुग्ने उहाँको भनाई छ। नेपाल जर्नीका नेपाल अध्यक्ष केपी आचार्य यसलाई सफल बनाएरै छोड्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ। यो परियोजनालाई महानगरले अपनत्व ग्रहण गरिसकेओ अबस्थामा यो सफलतापुर्बक सम्पन्न हुने कुरामा कुनै आशंका नरहेको जानकारी गराउनु भयो। परियोजनाका संयोजक बिकास श्रेष्ठले पनि अब पुस्तकालय बन्नेमा कुनै आशंका नरहेको जानकारी गराउनु भयो ।
जे होस् पुस्तकालय निर्माणको काम शुरु भएको छ र यसको लागि आबस्यक थप आर्थिक श्रोत जुटाउन काम शुरु भैसकेको छ। शुरुमा देखिएका केहि आशंका समाप्त भै स्थानीय व्यक्तिहरु पनि यसमा निकै सकारात्मक रहेको सन्दर्भमा यसले छिट्टै पूर्णता पाउने र एउटा सुबिधासम्पन्न पुस्तकालय भरतपुर नगरबासीले प्राप्त गर्ने दिशा तर्फ अघि बढेको देखिन्छ। स्थानीय जनताहरु पनि आफ्नो गाउँ ठाउँमा यति राम्रो पुस्तकालय निर्माण हुन लागेकोमा उत्साहित हुदै आफ्नो तर्फबाट सकारात्मक सहयोग गर्न तत्पर हुने हो भने यसले छिट्टै पूर्णता प्राप्त गर्नेछ।