साबधान रहनुहोला ! यो हप्ता अमेरिकामा धेरै चिसो हुनेछ !

डालस, टेक्सास। अमेरिकामा आगामी केहि दिनहरु कस्टकर हुने देखिएको छ। राष्ट्रिय जलबायु बिभाग (नेसनल वेदर सर्भिस) का अनुसार अमेरिकाको उत्तर भाग पश्चिमी राज्य वाशिंटन स्टेट देखि दक्षिणी भाग गल्फ कोस्टसम्म चिसो मौसमले जनजीवन प्रभावित गर्नेछ। आर्क्टिक आउटब्रेक भनिएको यो चिसोको लहरले धेरै इतिहासहरु बनाउने अनुमान गरिएको छ। यसक्रममा क्यानाडा देखि अमेरिकाको वाशिंटन स्टेट र अमेरिकाका दक्षिणी राज्यहरु टेक्सास, लुजियाना, मिसिसिपी, अलाबामा र फ्लोरिडालाइ सिधा प्रभावित गर्नेछ।
आर्क्टिक समुद्रको चिसो हावा क्यानाडा र अमेरिकामा बेलाबेलामा प्रवेश गर्ने गर्दछ बिशेष गरी जाडो याममा। बिस्वको जलबायु परिबर्तनले यस्ता क्रमहरु तिब्र बन्दै गएका देखिन्छन। यसपटक धेरै दिनहरु निकै चिसो हुने अनुमान गरिएको छ। गर्मी सताउने अमेरिकाका दक्षिणी राज्यहरुमा यसले माइनसमा तापक्रम पुर्याउने छ। यसको शुरुवाती चरण मै मोण्टानामा माइनस ५१ डिग्री र क्यानाडामा माइनस ७२ डिग्री तापक्रम मापन गरिएको छ। टेक्सासका केहि भागहरुमा माइनसमा तापक्रम पुग्ने अनुमान छ भने धेरै ठाउँहरुमा २० डिग्री फ़रेन्हाइट भन्दा कम हुनेछ। मोण्टाना राज्य यो आर्क्टिक आउटब्रेकबाट सबभन्दा बढी प्रभावित हुने देखिन्छ।


यसक्रममा नियमित जनजीवन प्रभावित हुने देखिन्छ। बिगत केहि दिन देखि नै बजारमा उपभोग्य बस्तुहरुको माग बढेको छ भने मानिसहरु जाडो बढेर समान किन्न जान सकिन्न कि भनेर बढी भन्दा बढी समान जोहो गरेर राख्न थालेका छन् जसले बजारमा केहि बस्तुहरुको अभाव समेत हुन थालेको छ। बजारमा सजिलै उपलब्ध भैरहेका बस्तुहरु पनि स्टक गर्ने प्रवृतिले आपूर्ति ब्यबस्थामा चुनौती थपेको देखिन्छ।
टेक्सास राज्यको हकमा बाहिर निस्किनै नसक्ने गरी हिउँ नपर्ने र खालि जाडो मात्र हुने हुनाले पसलहरु सुचारु रुपमा खुल्ने देखिन्छ जसले गर्दा धेरै स्टक गरिरहनु नपर्ने देखिन्छ। घरमा खानेपानी, एक बोरा चामल, एक किलो दाल, नुन बेसार छ र एक ट्यांकी ग्याँस छ भने स्टक गर्न हतार गरिहाल्नु पर्दैन। जथाभावी समान किनेर बजारमा नक्कली अभाव सिर्जना गर्नु भन्दा बिबेकपूर्ण खरिद गर्ने हो भने सबैले आबस्यक पर्दा समान पाउनेछन। दुइ दिन जाडो हुँदा पनि १० बोरा चामल, २० किलो दाल र अन्य समान थुपारेर राख्नुको कुनै अर्थ छैन। त्यसैले जाडोको लागि केहि खानेकुरा र न्यानो कुराको जोहो गरौँ। आत्तिएर जथाभावी समान खरिद गरेर कृत्रिम अभाव सिर्जना नगरौं।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907