मगर संघ अमेरिका टेक्सास च्याप्टरले माघे संक्रान्ति मनाउने
डालस, टेक्सास। मगर संघ अमेरिकाको टेक्सास च्याप्टरले आउँदो जनवरी १४ आइतबारका दिन माघे संक्रान्ति भव्यतासाथ मनाउने भएको छ। संस्थाका अध्यक्ष भिम थापाका अनुसार डालस वरपर रहेका सम्पूर्ण नेपालीहरुको सहभागितामा माघे संक्रान्ति मनाउन लागिएको छ। “जहाँ रहे पनि जहाँ बसे पनि नभुलौ हाम्रो मातृभुमीलाइ,जोगाइ राखौ युगौ युग हाम्रो मौलिक कला र संस्कृतिलाई” भन्ने मूल नाराका साथ यस बर्ष पनि माघे संक्रान्ति मनाउने संस्थाले एक बिज्ञप्ति जारी गर्दै सबैमा निमन्त्रणा समेत गरेको छ।
“जहाँ रहे पनि जहाँ बसे पनि नभुलौ हाम्रो मातृभुमीलाइ
जोगाइ राखौ युगौ युग हाम्रो मौलिक कला र सँस्कृतीलाइ”
झोर्ले, जदौ, नमस्कार सम्पूर्णमा हरेक बर्ष झै यो बर्षपनि मगर जातिको राट्रिय पर्व माघे संक्रान्तिको अवसरमा आफ्नो मौलिक पहिचान, भेषभूषा-भाषा, संस्कार-सँस्कृति तथा परम्परालाई बचाई राख्न वा जगेर्ना गर्ने पवित्र र महत्वपूर्ण उद्वेश्यले मगर संघ अमेरिका टेक्सास च्याप्टरको आयोजनामा शुभकामना आदनप्रदान तथा सांस्कृतिक कार्यक्रम यहि १४ जनवरी २०२४ आइतवारको दिनमा आयोजना गर्ने भएको छ ।जसमा थुप्रै ख्याति प्राप्त कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने छ त्यसका साथै स्वादिष्ट खानाका परिकारहरु पनि रहने छन । समय मिलाएर आउनु होला ।
निकैनै चर्चित मिठो स्वरकी धनी लोक दोहोरी गायिका मुना थापा मगर तथा मोडल/ लोकदोहोरि गायिका शान्ति भण्डारीको विशेष गीतहरु प्रस्तुति रहने साथमा संगीतकार तथा गायक भिम चापागाईं, लोकदोहोरी गायक डिपी खनाल, नव लोकदोहोरी गायक छवि राज सुनर, गायक सविन दंगाल साथै वाद्यावादनमा रोशन पराजुली, आयुष डंगोल, चर्चित गीतकार लिलु गुरुङ अन्य कलाकार हरुको प्रस्तुति सगै नौमती बाजामा लोकदोहोरी प्रस्तुति हुने छन यहाँहरु भरपुर रमाइलो दिने हाम्रो कोशिस रहने छ ।कार्यक्रमको दिन अवस्य भेट हुनेनै छौ भन्दै हाम्रा ईष्ट-मित्र तथा सम्पुर्ण साथीहरुमा उक्त कार्यक्रम सफल पार्नको लागि सम्पूर्णमा उपस्तिथिको लागि हार्दिक निमन्त्रणा गर्दछौ ।🙏🙏
मगर संघ अमेरिका टेक्सास परिवार्🙏
डालसमा रहेको मगर संघ अमेरिका टेक्सास च्याप्टरले बिगत देखि नै आफ्नो कला, संस्कृति, रितिरिवाज एबम पर्वहरुमा सक्रियतापुर्बक बिभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ। माघे संक्रान्ति मगर समुदायमा मनाइने महत्वपूर्ण चाड हो। यस अबसरमा उनीहरुले आफ्ना बिबाहित छोरीहरुलाई बोलाएर धुमधामसंग मनाउनुको साथै छोरीहरुको पुजा समेत गर्ने गर्छन। सो अबसरमा तरुल र अन्य मिठा खानेकुराहरु खाएर परम्परागत भेषभुषा पहिरेर नाचगान गर्दै मनाउने गरिन्छ।
कार्यक्रम अर्भिंग स्थित कन्भ्नेसन प्लाजामा हुनेछ भने प्रवेश शुल्क भने तीस डलर राखिएको छ।