मगर संघ टेक्सास च्याप्टरले ल्यायो हजुर नि मगर म नि मगर बोलको गीत

डालस, अमेरिका। डालस फोर्ट वर्थलाइ कर्म थलो बनाएका मगरहरुको संस्था टेक्सास मगर एसोसियसनले एउटा सुन्दर गीत बजारमा ल्याएको छ। माघे संक्रान्तिको अवसर पारेर गायक तथा सर्जक भिम थापाको स्वरमा “हजुर नि मगर म नि मगर” नामको गीत ल्याइएको हो। यसमा डोलराज बार्हघरे मगरले शब्द, संगीत र संयोजन गरेका छन् भने भिम थापासंगै रचना मगरले स्वर दिएकि छिन। म्युजिक भिडियोको निर्देशन राजकुमार मगरले गरेका छन्।
परापुर्ब कालदेखि नै मगर जातिलाई सोझो, इमान्दार र बहादुर जातिको रुपमा नेपाली समाजमा चिनिन्छ। प्रस्तुत गीतमा पनि मगरहरुको यो विशेषतालाई झल्काइएको छ। गीतमा मगरहरुको भेषभुषा, भाषा, बोलि बचन, कला आदिको मुक्तकण्ठले प्रशंशा गर्दै मगर हुनुमा गर्व रहेको भाव प्रस्तुत गरिएको छ। म्युजिक भिडियोमा निकै लोकप्रिय रहेका बिजय पुन, शेखर घर्ती मगर, चाहना राना मगर, विजय बुढा मगर, सिर्जना मगर र आरुषी मगरले समेत यसमा अभिनय गरेका छन्। नेपालका पहाडी जिल्लाहरुमा बसोबास गर्ने मगरहरु अहिले देशभरी र बिस्वभरि फैलिएर पहिचान स्थापित गरेको यो गीतले झल्काएको छ।


मगर जातिमा माघे संक्रान्ति प्रमुख चाडको रुपमा मानिने हुनाले यहि अबसरमा यो गीत बजारमा ल्याइएको हो। मगर जातिलाई प्रकृति पुजक मानिन्छ र उनीहरुले जाडो यामको अन्त्य हुन लागेको अवसर पारेर माघे संक्रान्ति मनाउने गर्दछन भने यो अबसरमा पवित्र नदीहरुमा स्नान गरेर तरुल खाने चलन रहेको पाइन्छ। सो अबसरमा तरुल खाँदै आफ्ना परम्परागत बाजागाजा बजाउंदै नाचगान गर्ने परम्परा मगर जातिमा पाइन्छ।
मगर जातिको आफ्नै मातृभाषा छ जुन तिब्बत-बर्मेली भाषासंग मिल्दोजुल्दो हुन्छ। मगरहरुको खास बसोबासको कुरा गर्दा उनीहरु गण्डकी नदीको पश्चिम भागमा पाइन्छ। नेपालका कास्की, स्यांग्जा, बाग्लुङ्ग, तनहुँ, गुल्मी, म्याग्दी र अर्घाखाँचीमा मगरहरुको बाक्लो बसोबास पाइन्छ। उनीहरु धार्मिक रुपमा हिन्दु र केहि बुद्ध धर्मावलम्बी भएको पाइन्छ भने नेपालका ठुला ठुला मन्दिरहरुमा पुजारीको रुपमा समेत मगरहरु रहने गरेका छन्। मगरहरु इतिहासदेखि नै बहादुर जातिको रुपमा रहेकोले उनीहरु नेपाली, ब्रिटिश र भारतीय सेनामा उल्लेख्य मात्रामा उपस्थित रहेका छन्।
प्रस्तुत गीतमा पनि प्रस्तोताहरुले मगरहरुको यिनै बिशेषताहरुलाई उजागर गर्न खोजेका छन्। प्रबासमा रहेर पनि आफ्नो धर्म, संस्कृति, परम्परा र पहिचान जगेर्ना गर्न संस्थागत र व्यक्तिगत रुपमा मगरहरुले गरेको योगदाग निकै कदर योग्य रहेको छ। मगर एसोसिएसन टेक्सास च्याप्टर स्थापनाकाल देखि नै देउसी भैलो, माघे संक्रान्ति लगायत खेलकुदका बिभिन्न कार्यक्रमहरु गरेर समाजमा निकै सक्रिय रहेको छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907