एप्पलका घडीहरु भोलिदेखि बजारबाट हट्ने

स्मार्ट घडीको बजारमा एकछत्र राज गरिरहेको एप्पल घडी बजारबाट हट्ने लगभग निश्चित भएको छ। रास्ट्रपति जो बाइडेनले क्रिसमस वा डिसेम्बर २५ को राति बाह्र बजे सम्म कुनै हस्तक्षेप गरेनन भने २६ देखि एप्पल घडीको नवौं संस्करण र अल्ट्रा २ संस्करणको बिक्रि बन्द हुनेछ। यी दुइ सबभन्दा नयाँ मोडेलका घडीहरु आफ्नो अनलाइन र स्टोरहरुबाट एप्पलले बिक्रि बन्द गर्न बाध्य हुनेछ। अमेरिकाको अन्तररास्ट्रिय ट्रेड कमिसनको आदेश रास्ट्रपति जो बाइडेनले उल्टाइदिए मात्र यी घडीहरु बजारमा रहिरहनेछन।


मसिमो नामको मेडिकल सम्बन्धि उपकरण उत्पादन गर्ने कम्पनीले आफ्नो उत्पादनको एक बिशेषता चोरेर एप्पलका घडीहरुमा प्रयोग गरेको उजुरी गरे पछि ट्रेड कमिसनले एप्पललाइ दोषी ठहराउदै आफ्नो घडीबाट उक्त बिशेषता हटाउन वा घडी नबेच्न आदेश दिएको थियो। तर एप्पलले त्यसमा अटेर गरे पछि यो अवस्था सिर्जना भएको हो। गत अक्टोबरमा ट्रेड कमिसनले एप्पल घडीमा प्रयुक्त रगतमा अक्सिजनको मात्रा कति छ भनेर थाहा पाउने प्रकाशमा आधारित टेक्नोलोजी मसिमोको पल्स अक्सिमिटरसंग मिल्दो भएको भन्दै त्यो कपिराइट उल्लङ्घन मानिने जनाएको थियो।
यसका बाबजुद एप्पलले आफ्नो घडीले कुनै कपीराइट उल्लङ्घन नगरेको र बजारमा छिट्टै यो उत्पादन ल्याउने जनाएको छ। तर ट्रेड कमिसनको आदेश हेर्दा छिट्टै यसको समाधान निस्किने देखिदैन। बाइडेनबाट केहि भैहाल्छ कि भनेर लबिङ्ग गरिरहेको एप्पलले अन्तत मसिमोलाइ ठुलो रकम तिरेर भए पनि आफ्नो घडी बजारमा ल्याउने अनुमान धेरैको छ। यसको लागि कति समय लाग्छ भन्ने एकिन गर्न नसकिए पनि छैठौं र त्यो भन्दा पछिल्ला संस्करण एबम अल्ट्रा २ का सबै संस्करणहरु बजारबाट डिसेम्बर २६ देखि हट्ने निश्चित छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907