कोलोराडो सुप्रिम कोर्टद्वारा डोनाल्ड ट्रंपलाइ मतपत्रमा रहन अयोग्य घोषित

०२४ को अमेरिकी रास्ट्रपतिको लागि हुने आवधिक निर्बाचन हुन करिव एक बर्ष बाँकी रहंदा रिपब्लिकन पार्टीबाट उठ्ने उम्मेदवारहरुको प्राइमरी चुनाव हुने दिनहरु आउनै लाग्दा कोलोराडो राज्यको सर्बोच्च अदालतले ट्रंपलाइ मतपत्रमा रहन अयोग्य रहेको घोषणा गरेको छ। आजै अदालतद्वारा गरिएको २१३ पेज लामो निर्णयमा ट्रंपले अमेरिका बिरुद्ध बिद्रोह गरेको वा बिद्रोहमा सघाएको आरोप पुस्टि भएको जनाउदै कोलोराडो राज्यमा हुने प्राइमरी निर्बाचनमा ट्रंपको नाम हुन नहुने विचार राख्दै मुद्धाको किनारा लगाएको छ।


अमेरिकाको संविधानको चौधौं संसोधनको तेश्रो सेक्सनमा अमेरिकी सरकार बिरुद्ध बिद्रोहमा उत्रिने वा बिद्रोह गर्न उक्साउने कसैले पनि सार्बजनिक पद धारण गर्न नपाउने प्राबधान उल्लेख छ। यसै तथ्यको आधारमा कोलोराडोमा केहि महिना अघि त्यहाँका रिपब्लिकन मतदाताले ट्रंप बिरुद्ध स्थानीय जिल्ला अदालतमा मुद्धा दायर गरेका थिए। जिल्ला अदालतले बिद्रोहमा सहभागी भएको वा त्यसमा सहयोग गरेको एथेस्ठ प्रमाण भए पनि रास्ट्रपतिको हकमा त्यो लागु हुन नसक्ने तर्क गर्दै ट्रंप मतपत्रमा रहन पाउने फैसला गरेको थियो। सोहि मुद्धालाई त्यहाँको सर्बोच्च अदालतमा पुनराबेदन गरिएको थियो।
यो फैसला संगै अमेरिका तरंगित बनेको छ। ट्रंपको मुठ्ठीमा रहेको रिपब्लिकन पार्टीका अधिकांश नेताहरुले यसलाई निर्बाचनमा धाँधली गर्न खोजिएको तर्क गरेका छन् भने अतिबादी दक्षिणपन्थी “मागा” रिपब्लिकनहरुले गृहयुद्धको चेतावनी पनि जारी गरेका छन्। ट्रंपको तर्फबाट यसलाई संघिय सर्बोच्च अदालतमा लैजाने जनाइएको छ। अन्य बिषयमा झैं यो बिषयमा पनि अमेरिकी समाज दुइ भागमा विभक्त भएको छ। कानुनी बिज्ञहरु चौधौं संसोधनको तेस्रो सेक्सनको ब्याख्या हेर्दा फैसला सहि देखिने तर्क गरेका छन् भने राजनीतिक रुपमा र अतिबादी दक्षिणपन्थीहरुको धम्कीका कारण यसको राजनैतिक भुकम्प राज्यले बहन गर्न नसक्ने पो हो कि भनेर चिन्ता व्यक्त गरेका छन्।
जनवरी ६, २०२१ रास्ट्रपतिको निर्बाचनको नियमित तर अन्तिम संबैधानिक प्रक्रिया वाशिंटन डिसीको संसद भवनमा जारी रहेको बेला त्यसलाई हस्तक्षेप गर्न ट्रंपले हज्जारौं आफ्ना समर्थकहरुलाई डिसी बोलाएका थिए र त्यसै दिन बिहान उनीहरुलाई सम्बोधन गर्दै संसद भवन गएर प्रक्रिया अबरुद्ध गर्न आव्हान गर्दै आफु समेत त्यहाँ उपस्थित हुने जनाएका थिए। उनको भाषण र निर्देशनबाट उत्तेजित ठुलो समुहले संसद भवनको सुरक्षा घेरा तोडेर भित्र प्रवेश गर्दै प्रक्रिया अबरुद्ध गरेको थियो भने सो घटनाको कारण ५ जनाको ज्यान समेत गएको थियो। संसद भवन भित्र हिंसा जारी रहंदा ट्रंपले त्यसलाई रोक्न लामो समय सम्म अस्विकार गरेका थिए।
सो घटनामा संलग्न भएको आरोपमा सयौं पक्राउ परेका थिए भने दर्जनौलाई अमेरिका बिरुद्ध बिद्रोह गरेको आरोपमा बर्षौंको काराबास सजाय बिभिन्न अदालतले दिइसकेका छन्। यहि तथ्यको आधारमा पनि ट्रंपले सो दिन गरेको काम संविधानको १४औं संसोधनको तेश्रो सेक्सन अनुसार उनी कुनै सार्बजनिक पद धारण गर्न अयोग्य हुने फैसला कोलोराडोको अदालतले गरेको छ। यसले राजनीतिक ध्रुविकरण झन् बढाए पनि कानुनी शासनको स्थापनामा निकै महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ। तर अन्तत यो मुद्धा सर्बोच्च पुग्ने र कन्जरभेटिभहरुको बाहुल्यता रहेको सर्बोच्च अदालतले यसली उल्टाउने सम्भावना पनि त्यतिकै छ। आफ्नो राजनैतिक प्रभावको दुरुपयो गर्दै थुप्रै अपराधहरुबाट छुटकारा पाउँदै आएका ट्रंप यसमा पनि उम्किने सम्भावना प्रति भने सबै जानकार रहेको देखिन्छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907