अमेरिकामा नेपालीहरुले आज धुमधामसंग तिहार मनाए

डालस, टेक्सास। अमेरिकामा बस्ने नेपालीहरुले आज धुमधामसंग तिहार मनाएका छन्। तिहारलाइ यमपन्चक पनि भनिन्छ। बिजया दशमी पछि यो नेपालीहरुको दोश्रो ठुलो चाड हो। पांच दिनसम्म गाइ, कुकुर, लक्ष्मी, गोबर्दन पर्वत र गोरुको समेत यसबेला पुजा गर्ने गरिन्छ। जनावरहरुले मानब जातिलाई सेवा गरेको गुण तिर्न यसो गरिएको शास्त्रहरुमा उल्लेख गरिएको पाइन्छ।
अमेरिकाका सबै राज्यहरुमा नेपालीहरुले हर्षोल्लासपुर्बक भाइटिका लगाएका दृश्यहरु सामाजिक संजालमा राखेका छन्। सप्तरंगी माला र टिकाले सजिएका नेपालीहरुले दाजुभाइ र दिदीबहिनी बिचको भावनात्मक सम्बन्धलाइ झन् नयाँ उचाइमा पुराएको देख्न सकिन्छ। नेपालीहरु बिभिन्न कारणले प्रबासमा बसे पनि आफ्नो माटो, संस्कार र परम्परा भुलेका छैनन् भन्ने यो ज्वलन्त उदाहरण हो। उनीहरुलाई आफ्नो रितिरिवाज र परम्परा प्राण भन्दा प्यारो छ भन्ने यसले प्रस्ट पारेको छ।


न्यु योर्क निवासी पत्रकार ज्योति श्रेष्ठले टिका लगाउन नपाए पनि बहिनीसँग भेटघाट गरेर र खाना खाएर आफ्नो तिहार मनाए। मेरिल्याण्ड बस्ने अर्का पत्रकार सतिश चापागाईंले टिका लगाउँदाका क्षणहरुलाई क्यामेरामा कैद गरेर सामाजिक संजालमा राखेका छन्। एनआरएन अभियन्ता भर्जिनिया निवासी परशुराम भण्डारीले अमेरिकामा आफ्नी बहिनि लक्ष्मी भण्डारीसंग तिहार मनाएका छन्।डालस टेक्सास निवासी शुशिल क्षेत्रिले पनि तिहार धुमधामले मनाएको उल्लेख गरेका छन्।
त्यस्तै मेरिल्याण्ड बस्ने लोक गायक भगवान भण्डारीले आफ्नो छोराछोरीले तिहार मनाएका तस्विर फेसबुकमा हालेका छन्। टेक्सास निवासी शरण श्यांगबोले पनि आफ्नी बहिनिसंग टिका लगाएको साथै आफ्ना छोरा र छोरीको तिहारको फोटो राखेर सबैलाई शुभकामना व्यक्त गरेका छन्। एनआरएनका अभियन्ता टेक्सास निवासी बेदराज बस्नेत पनि तिहार मनाउदै गरेका तस्विरहरु सार्बजनिक गरेका छन्।
तिहार संगै नेपालीहरुका दुइ महान चाड समापन भएका छन् भने छठ, माघे संक्रान्ति, शिवरात्री, होलि, चैते दशैं र नयाँ बर्षको पर्खाइ शुरु भएको छ। नेपालबाट यति टाढा आएर पनि नेपालीहरुले आफ्नो परम्परा सकेसम्म मौलिक रुपमा मनाउन प्रयत्न गरिरहेका छन्।


केहि समय देखि समाजमा चाडबाडहरुलाई डिसफ़्रेञ्चाइज वा कस्टमाइज गरेर शहर अनुसार, स्टेट अनुसार, देश अनुसार र कतिपय अबस्थामा त टोल अनुसार फरक मिति र समयमा मनाउन पर्छ भन्ने तर्क पनि अगाडी आएको सन्दर्भमा नेपालीहरुको अभूतपूर्व एकताले त्यसो नगर्ने स्पस्ट संकेत दिएको छ। जुनसुकै नाममा पनि आफ्नो जरो उखेलिने काम नगर्ने स्वभाव नेपालीहरुको सदा रहँदै आएको छ। चाहे हिजो भुटान गएका नेपालीहरुले होस् वा बर्मा गएका नेपालीहरुले होस्, आफ्नो माटोको सुगन्ध आउने पर्बहरुमा उनीहरुले कहिल्यै सम्झौता गरेका थिएनन। अमेरिकामा नेपालीहरुले देखाएको यो आफ्नो माटोप्रतिको अभूतपूर्व माया र सम्मानलाई कोटी कोटी सलाम गर्न कन्जुस्यांइ गर्नु हुदैन।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907