अमेरिकामा आज गोरु तिहार मनाइयो, भोलि १५ मा भाइटिका मनाइदै

डालस, टेक्सास। नेपालीहरुको महान चाड तिहारको चौथो दिन गोबर्दन तथा गोरु पुजा आज सम्पन भएको छ। त्यस्तै यमपन्चक समेत भनिने तिहारको अन्तिम दिन भोलि नोभेम्बर १५ मा दिदीबहिनीहरुले दाजुभाइलाइ भाइटिका लगाइदिएर समापन हुँदैछ। तिहारमा दाजुभाइहरुलाई दिदीबहिनीहरुले टिका र सयपत्री एबम मखमली माला लगाइदिदै सेलरोटी र अन्य मिठाइ खुवाउने चलन छ। दाजुभाइहरुले पनि दिदीबहिनीहरुलाई टिका लगाइदिने र गच्छे अनुसार दक्षिणा दिने चलन छ।
प्रबासमा पनि नेपालीहरुले परम्परागत रुपमै आफ्ना चाडबाडहरु मनाउदै आएका छन्। सकेसम्म आफ्नो कामको छुट्टी मिलाएर हरेक चाडपर्वहरु मनाउने गरेका छन्।तिहार बिशेष गरेर देउसी भैलो खेल्ने, सेलरोटी पकाउने, लक्ष्मीपूजा गर्ने र अन्तिम दिन टिका ग्रहण गरिन्छ। उज्यालोको पर्ब भनेर समेत चिनिने तिहारमा माटोको दियोमा बत्ती बालेर घरका ढोका, पिंढी, आँगन देखि कुनाकाप्चा समेत उज्यालो पारिन्छ। धनकी देवी लक्ष्मीको पुजा पनि धुमधामले यहि यमपन्चकमा गरिन्छ। नेवारी समुदायमा पनि तिहारको चौथो दिनमा म्ह पुजा अर्थात आफ्नै पुजा गरेर धुमधामसित मनाउने गरिन्छ ।


एक किम्बदन्ती अनुसार किराँती राजा बलि हाङ्ग धेरै बिरामी परे। जीवनको अन्तिम अबस्थामा पुगेका बलि हाङ्गको बहिनी जमुनाले उनको निकै स्याहार सुसार गरिन। जव यमराज राजालाई लिन आए, उनले आफुले दाइको पुजा गरिरहेको र पुजा नसकुन्जेल नलैजान अनुनय बिनय गरिन। यमराजले उक्त प्रस्ताव स्वीकार गरे। त्यसपछि यमुनाले आफ्ना दाजु बलि र यमराजलाई समेत पुजा गरिन। पुजा गर्दा उनले आफ्नो दाजुलाई मखमली माला र टिका समेत लगाइदिइन। आफ्नो दाजुलाई त्यो माला र टिका नसुकुञ्जेल नलैजान अनुरोध गरे पछि यमराजले बहिनीको दाजु प्रतिको प्रेम देखेर खुसि भएर बलिलाई दिर्घायु प्रदान गरेर र फिर्ता गए।
दिदिभाइको यहि प्रेम सदा रहिरहोस भन्ने अभिप्रायले त्यस बेला देखि टिका लगाउने प्रचलन चलेको मानिन्छ। बिहे गरेर गएका दिदीबहिनीहरुसंग भेटघाट हुने र उनीहरुसंगको नाता पुनर्जीवित गर्ने पर्वको रुपमा यसलाई लिने गरिन्छ। अन्य समय घरायसी अवस्थाले टाढा टाढा हुन बाध्य दिदीबहिनी र दाजुभाइबिचको मिलनको अवसर पनि यो रहेको छ।
प्रबासमा त यसको झन् ठुलो महत्व छ। एकातिर आफ्नो जन्मभूमिको भावना जोडिएका यस्ता अबसरको ठुलो अर्थ हुन्छ भने एकआपसमा भेटघाट गर्ने र दाजुभाइ दिदीबहिनीबिचमा भावनात्मक सम्बन्धको निरन्तरताको काम तिहारले गर्ने गर्छ।
हामी पनि सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई आफ्ना संस्कृतिहरु परम्परागत रुपमा र सकेसम्म बिकृति रहित रुपमा मौलिक रुपमा मनाउन शुभकामना दिन चाहन्छौं। यसले हामीभित्रको अँध्यारो समेत हटाओस, यहि नै तिहारको शुभकामना !

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907