जनसम्पर्क समितिलाई भोट हाल्न दिन हुन्न : मिनेन्द्र रिजाल
डालस, टेक्सास। नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब मन्त्रि डाक्टर मिनेन्द्र रिजालले जनसम्पर्क समितिका प्रतिनिधिहरुले कांग्रेसका महाधिबेशनमा प्रतिनिधि पठाएर भोट हाल्न नपाउने बनाउनु पर्ने धारणा राख्नु भएको छ। नेपाली जनसम्पर्क समिति डालस च्याप्टरको दशैं तथा तिहार सुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो। जनसम्पर्क समिति अमेरिकामा देखिएको विवाद र दश बर्षसम्म पनि अधिबेशन नहुँदाको अवस्था पार्टीले समाधान गर्न माग उठिरहेको सन्दर्भमा उहाँले रिजालको यो अभिव्यक्ति आएको हो।
अधिबेशन नगरी आउने प्रतिनिधिले भोट हाल्न नपाउने बिधान भए पनि पार्टीमा अधिबेशनमा उक्त धारा निलम्बित गरेर सहभागिता जनाउने गरिएको र जनसम्पर्क समितिको यो हालत बन्नुमा पार्टीकै दोष भएको तर भोट आफ्नो पक्षमा मत हाल्ने भए पछि बिधान उल्लङ्घन गर्दै प्रतिनिधि सहभागी गराउने गरिएको धारणा रिजालले राख्नु भएको थियो।
नेपालमा केहि नभएको भन्ने कुरा पनि सहि नभएको र सबै ठिक छ भन्ने कुरा पनि सहि नभएको भन्दै डाक्टर रिजालले सबैले आफु सुध्रिने तर्फ लाग्ने हो भने देश सुध्रिन बेर नलाग्ने विचार व्यक्त गर्नुभयो।
त्यस्तै नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोबिन्द भट्टराईले नेपालमा अहिले हरेक तथ्यांकले निकै राम्रो परिवर्तन भैरहेकोले केहि भएको छैन भनेर भन्नु सहि नभएको तर्क पेश गर्नु भएको थियो। विदेश पलायन हुने चलन संधै रहिरहेकोले त्यसलाई रोक्न पासपोर्ट नदिने काम भने कांग्रेसले नगरेको उहाँले व्यक्त गर्नु भएको थियो। दैनिक हजारौं युबाहरु बिदेसिने क्रम रोकिने कुनै लक्षण नदेखिएको सन्दर्भमा भट्टराइले भारत र चीन पनि धेरै रेमिटेन्स भित्राउने मुलुकमा पर्ने हुनाले देशमा रोजगार नहुँदा बैदेशिक रोजगारीलाई सहज रुपमा लिनु पर्ने धारणा व्यक्त गर्नु भएको थियो।
अर्का बक्ता लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले बिदेशका नेपालीहरुले नेपाललाई आर्थिक र प्राबिधिक सहायता मार्फत सहयोग पुराउन सक्ने कुरा व्यक्त गर्नु भएको थियो।
सुभकामना तथा चियापान समारोहका सभापति जनसम्पर्क समिति टेक्सास च्याप्टरका अध्यक्ष ज्ञानेन्द्र कार्कीले जनसम्पर्क समितिको अधिबेशन छिट्टै सम्पन्न हुने आशा व्यक्त गर्नु भएको थियो।
उक्त कार्यक्रममा डालस वरपर रहेका संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रममा विकास उप्रेती, भानु खरेल, भारत अर्याल, बिष्णु सुबेदी, भिम बहादुर बलायर, सुन्दर कर्माचार्य, हरिबोल भण्डारी, सुरज भण्डारी, बिबेक कंडेल, प्रेम अधिकारी, बादल भुजेलका साथै युलेस सिटिका काउन्सिल टिका पौडेलले पनि आफ्नो तर्फबाट बिजया दशमी, दिपावली तथा छठ पर्वको सुभकामना व्यक्त गर्नु भएको थियो।
निर्धारित भन्दा केहि ढिला शुरु भएको कार्यक्रम युलेस स्थित गोर्खा रेस्टुरेन्टमा संचालन भएको थियो कार्यक्रममा नेपाली समाज टेक्सासका पूर्व अध्यक्ष तथा जनसम्पर्क समिति टेक्सास च्याप्टरका महासचिव दिनेश शर्माले सुन्दर ढंगले गर्नु भएको थियो।
नेपाली कांग्रेसका नेताहरु अमेरिकामा आफ्ना आफन्त भेटघाट गर्न आएको अवसर पारेर उहाँहरुको उपस्थितिमा जनसम्पर्क समिति टेक्सास च्याप्टरले यो कार्यक्रम आयोजना गरेको जनाएको छ।