नोभेम्बर १५ मा अमेरिकामा भाइटीका मनाइंदै

डालस, टेक्सास। यसपाली नेपालीहरुको दोश्रो महान चाड तिहार अर्थात् भाइटीका नोभेम्बर १५, बुधबारका दिन परेको छ। संसारभर छरिएर रहेका नेपालीहरुले यसलाई आफ्नो मौलिक संस्कृति र परम्परागत आधारमा मनाउदैछन्। यमपन्चक भनेर समेत भनिने यो पर्वमा काग, कुकुर, गाइ वा लक्ष्मी पुजा, गोबर्दन पुजा र म्ह पुजा गरिन्छ भने अन्तिम दिन दिदीबहिनीहरुबाट दाजुभाइलाई टिका लगाइदिने प्रचलन रहेको छ।
तिहारलाई जनमानसमा बिभिन्न नामले सम्बोधन गरिन्छ। यसलाई भाइटीका र दिपावली पनि भन्ने गरिन्छ। तिहारलाई “उज्यालोको पर्व” भन्ने पनि गरिन्छ किनभने तिहारमा घर, बजार जताततै बत्तीहरु बालेर उज्यालो पारिन्छ। माटोको दियोमा तेल राखी बाती बालिन्छ र घरको ढोका, पिंढी देखि कुनाकुनामा राखिन्छ। समयसंगै मैनबत्ती देखि अहिले निस्केका विद्युतीय बत्तीहरु समेत जडान गरेर घर झिलिमिली पारिन्छ।
तिहारमा जनावर भएर पनि मानवको सेवा गर्ने कुकुर र गाइको पुजा गरिन्छ। यी जनावरहरुलाई सयपत्री र मखमली माला लगाइदिनुको साथै टिका लगाएर उनीहरुले मानव माथि लगाएको निशुल्क गुन तिर्ने प्रयत्न गरिन्छ। गोबर्दन पुजाको दिन म्ह पुजा गरिन्छ जुन नेवारी समुदायमा प्रचलित रहेको छ। सो दिन आफैले आफैलाई पुजा गरेर आफ्नो पनि महत्व छ भनेर सचेत हुने गरिन्छ।
तिहारका यी पांच दिनहरुमा तेश्रो दिन लक्ष्मी पुजा बिशेष महत्वका साथ मनाउने गरिन्छ। धनधान्यकि देवी लक्ष्मीको पुजा बिभिन्न तरिकाले धुमधामसाथ गरिन्छ। सेलरोटी बनाउने, देउसी भैलो खेल्ने काम पनि यस दिन गरिन्छ भने लक्ष्मीलाई आफ्नो घरमा भित्राउन बाटो देखि घरको ढोकासम्म चामलको पिठो, बालुवा र फुलको सहायताले बाटो तयार गरिन्छ। विभिन्न रंगको प्रयोग गरेर बनाइने भएकोले यसलाई रंगोली पनि भन्ने गरिन्छ।


तिहारको अन्तिम दिन भाइटिका पर्छ र यसदिन दिदीबहिनीहरुका हातबाट दाजुभाइले टिका लगाउने गर्छन। चामलको पिठोमा पानी हालेर बाक्लो बनाइन्छ र निधारको बिचमा ठाडो पारेर त्यसमा सातवटा रंग भरिन्छ। पहिले पहिले तीनवटा सम्म टिका लगाउने चलन भए पनि आजकल एउटा मात्र टिका लगाइन्छ। टिका लगाउनु अघि सबै दाजुभाइलाई पानी र तेलको घेरो भित्र राखेर पुजा गरिन्छ। यो घेरोभित्र रहेको कुनै दाजुभाइलाई यमराजले पनि नलैजाने शर्त रहेको किम्बदन्ती पाइन्छ। टिका पछि सयपत्री र मखमली फुलको माला लगाइदिनुको साथै सेलरोटी र अन्य मिठा मिठा खानेकुरा दिने चलन छ भने दाजुभाइले पनि आफ्नो गच्छे अनुसार उपहार दिने प्रचलन आदिकालदेखि चल्दै आएको छ।
तिहारको परम्परागत महत्व
तिहारको बारेमा धेरै खालका किम्बदन्तीहरु पाइन्छ। यसलाई खास गरी बलि राजासंग जोडेर नै प्रमुख रुपमा ब्याख्या गरिएको पाइन्छ। यसमा देवी लक्ष्मी र राजा महाबली बिचको दाजु बहिनीको सम्बन्धको कडी पनि निकै रोचक रहेको पाइन्छ।
बलि एक असुर राजा थिए। उनका हजुरबुवा प्रल्हाद थिए भने बुवा बिरोचन। महाबली भगवान विष्णुका भक्त थिए भने गुरु शुक्राचार्यबाट शिक्षा लिएका थिए। उनको शासनमा कुनै खालको विभेद वा समस्याहरु थिएनन। राज्य अत्यन्त राम्रोसंग संचालन भएको थियो। तर बिस्तारै बलिरजामा महत्वाकान्क्षा बढ्दै गयो। उनले स्वोर्ग, मर्त्य र पातालको राजा बन्ने योजना बनाए र सबै लोकका राजा बने।
उनलाई यी तिनै लोकमा सँधै राजा बनिरहने लोभ जाग्यो। यसको लागि एकसय वटा अस्वमेघ यज्ञ गर्ने योजना गरे। आफ्नो शासन गर्ने पालो आउन लागेका इन्द्र यसबाट डराए। उनीहरुले भगवान बिष्णुलाइ यो कुरा भने। बिष्णु भगवानले आफ्ना भक्तको यस्तो भित्रि योजना थाहा पाए पछि उनलाई रोक्न उपाय निकाले। एकदम दानी राजाको परिचय बनाएका बलिराजा सामु एक ब्राह्मण भिक्षुको रुपमा उपस्थित भए। उनले भिक्षाको रुपमा तीन पाइला जमिन मागे। तीन पाइला जमिन दिन बलिराजा तयार भए।
गुरु शुक्राचार्यले बलिराजालाइ सचेत बनाए पनि उनी तीन पाइला जमिन माग्न भने। भिक्षुको रुपमा आएका भगवान विष्णुले आफ्नो बिराट स्वरुप देखाएर दुइ पाइलामा सबै लोक कब्जा गरे। तेश्रो पाइलाको जमिन बाँकी नभए पछि भगवान बिष्णुले कहाँ टेकौं भनेर सोधे र बलिराजाले आफ्नो टाउकोमा टेक्न अनुमति दिए। भगवान विष्णुले बलिराजाको टाउकोमा टेके र उनलाई पातालमा पुराए।
तर भगवान विष्णुलाई बलिराजाको भक्ति प्रति निकै श्रद्धा थियो। बलिराजलाई पातालको राजा बनाइदिए। पछि एक बलियो व्यक्तिको रुप धारण गरेर पाताल पुगेर पालेको रुपमा बलिराजाको सेवा गरे। बिष्णु संगै लक्ष्मी पनि सामान्य युवतीको भेष धारण गरेर पाताल पुगिन र शरण मागेर दाजु बहिनीको रुपमा लामो कालसम्म बसिरहे। केहि समय पछि बिष्णु र लक्ष्मी आफ्नो असली रुपमा देखा पर्दै बलिराजालाइ आशिर्बाद दिएर बैकुण्ठ प्रस्थान गरे ।
यहि बेला देखि तिहारमा दाजुभाइ र दिदिबहिनि बीचको अलौकिक सम्बन्धलाई मनाउने गरिएको किम्बदन्ती पाइन्छ।
यी र यस्तै सयौं कथा, किम्बदन्ती र उदाहरणहरु छन् जसले हामीलाई संसारका अन्य समुदाय भन्दा धनि र सम्बृद्ध बनाएका छन्। हामीले हाम्रा चाडबाडलाइ मौलिक रुपमा मनाउन सक्यौं भने मात्र यी चाडको बास्तविक अनुभूत गर्न सकिन्छ। यो वा त्यो नाममा हाम्रो बास्तविक जरा र भावनासंग जोडिएका रसायनहरुलाई हटाउने हो भने यी पर्वहरुको उपादेयता समाप्त हुनेछ। यी पर्वहरु खालि रमाउने, मस्ती गर्ने देखावटी अबसरको रुपमा प्रयोग हुनेछन। त्यसै पनि चाडबाडमा आधुनिकताको नाममा बिकृति र विसंगति बढेकै छ। जसरी जरो बिनाको रुख धेरै दिन रहन सक्दैन, त्यसै गरी जरो र मौलिकता नभएको पर्व धेरै दिन टिक्न सक्दैन। यसलाई जति सकिन्छ मौलिक रुपमा मनाउदै हाम्रा संस्कृतिका धरोहरको रुपमा रहेका चाडबाडहरुलाई मनाउन प्रयत्न गरौँ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907