डालसका दुइ भलिबल टीम बीच मैत्रीपुर्ण भलिबल खेल हुँदै
डालस, टेक्सास। डालसमा रहेका दुइ शक्तिशाली भलिबल टीम बीच यहि आउँदो सप्ताहान्तमा सनसनीपूर्ण भिडन्त हुने भएको छ। रुकुम जिल्लामा जन्मे हुर्केका खेलाडीहरुको टीम सजानी र विभिन्न जिल्लाहरु मिश्रित टीम कैलाश बीच यो खेल हुन लागेको हो। यो खेल शनिबार र आइतबार बेलुकी ७ देखि ९ बजेसम्म लुइस्भिलको अट्याक भलिबल क्लबमा हुनेछ भने जित्नेले हरेक दिन एक हजार डलर प्राप्त गर्नेछ। यसलाई मैत्रीपूर्ण खेल भनिएको छ।
खेल सजानी तर्फ जनक सामन्तको कप्तानीमा खेम शाही, गणेश मल्ल, खुम ढकाल, दिपक खड्का, लोकेन्द्र कुसारी(एलके), लेखनाथ गौतम, सुभास चन्द, आयुष मल्ल र मानव कृष्ण ढकालले आफ्नो खेल कौशल प्रस्तुत गर्नेछन। त्यस्तै टीम कैलाश तर्फ कैलाश भट्टको कप्तानीमा दिपक थापा, राजन शाह, भुपेन पौडेल, संयोग दुलाल, भरत क्षेत्री, मोहन खड्का, सुजन परियार र भारत बिस्टले प्रतिष्पर्धा गर्नेछन।
अमेरिकामा नेपालीहरुको संख्या बढ्दै जाँदा समस्या र बिबाद संगसंगै विभिन्न गतिविधिहरु पनि बढ्दै गएका छन्। नेपाल बाट कलाकार देखि खेलाडीहरुको विदेश पलायनले अमेरिकामा खेलाडीहरुको ठुलो जमघट हुँदै गएको छ। यसले नेपाली समुदायलाई निकै गतिशील बनाउने अपेक्षा गरिएको छ।
खेलकुदले शारीरिक र मानसिक स्वास्थ्यमा ठुलो सकारात्मक असर गर्ने गर्छ। त्यस्तै खेलकुदको मुलमन्त्र भनेको विजयसंगै अनुशासन पनि भएकोले खेलाडीहरुले अनुशाशित भै समाजलाई अनुशासनको पाठ समेत सिक्न मद्धत गर्न सक्छन। व्यक्तिगत रिसइबी र द्वन्दमा फसेका धेरै नेपाली संघ संस्थारुले खेलाडीहरुबाट प्रतिष्पर्धा संगै पराजयको स्वीकार गर्दै अझ राम्रो गर्ने संस्कार समेत यी खेलाडीहरुबाट सिक्न सक्ने देखिन्छ।