नेपाली समाज टेक्सासको सदस्य बन्ने म्याद नोभेम्बर १५ मा सकिंदै

डालस, टेक्सास। नेपाली समाज टेक्सासको आगामी कार्यकाल २०२४/२५ को लागि नयाँ कार्यसमितिको चयन हुने बेलासंगै यसको सदस्यता समेत खुल्ला भएको छ भने नोभेम्बर १५ बन्द पनि हुँदैछ। निर्बाचन भने डिसेम्बर १६ तारिक शनिवार बिहान ८ बजे देखि बेलुकी ७ बजेसम्म हुनेछ भने यसमा आफै मतदान स्थलमा गएर मतदान गर्नु पर्नेछ। अध्यक्ष लगायत १६ वटा पदमा निर्बाचन हुने गर्दछ।
नेपाली समाज टेक्सासको सदस्य बन्न पच्चीस डलर तोकिएको छ भने आजिबन सदस्यको लागि एकसय पचास डलर, बिद्यार्थीको लागि $१५ शुल्क तोकिएको छ। यो सदस्यता आजिबन बाहेकको हकमा दुइबर्षको लागि हुन्छ। सदस्य हुनेले सिधा कुनै फाइदा नभए पनि बिदेसमा रहेको आफ्नो समुदायको संस्थामा अपनत्व हुने, सेवा गर्ने अवसर मिल्ने र चाहना भएमा नेतृत्व समेत गर्ने अवसर मिल्छ।


नेपाली समाज टेक्सासको स्थापना १९९८ मा भएको हो। प्रारम्भिक दिनहरुमा दशैं तिहार जस्ता चाडहरु सामुहिक रुपमा मनाउन सजिलो होस् भनेर स्थापना गरिएको यो संस्था अहिले धेरै ठुलो भैसकेको छ। बिशेस गरी मर्दा र पर्दाको साथीको रुपमा नेपाली समाज टेक्सासलाइ चिनिन्छ। बढ्दै गएको डालसको नेपाली समुदायमा एउटा दह्रो संस्थाको आबस्यकता झन् बढेको छ।
यसले कुनै कानुनी हैसियतमा काम गर्ने अधिकार नपाए पनि समाजमा हुने सामान्य असहमतिहरुलाई मध्यस्थता समेत गर्ने गरेको छ। पिडितहरु विभिन्न खालका पिडा बोकेर यहाँ जाने गर्छन भने नेपाली समाज टेक्सासले उनीहरुलाई थप समस्या समाधानको लागि कहाँ जाने भनेर सल्लाह समेत दिने काम गरिआएको छ। समाज ठुलो बन्दै गएकोले समस्या पनि बढ्नु स्वाभाविक हुनुका साथै सहायताको लागि नेपाली समाज टेक्सासलाइ धेरैले सम्झिने गरेका छन्।
यी र यस्तै कामहरुका कारण नेपाली समाज टेक्सास अमेरिकामा रहेका नेपालीहरुको बिचमा नौलो नाम होइन। अमेरिकामा मात्र होइन, यसको सक्रियताले बिस्वभर नै यसले चर्चा पाएको छ। यो प्रबासमा रहेका स्थानीय संघ संस्थाहरुमा सबभन्दा सक्रिय र लोकप्रिय संस्था हो भन्दा फरक नपर्ला। यस्तो संस्थाको सदस्य बन्ने काम आफैमा राम्रो काम हो।
त्यसैले समाज र समुदायसंग जोडिन र परेको बेला केहि सहयोग लिन र दिन पनि नेपाली समाज टेक्सासको सदस्यता आजै लिउं।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907