मोमो महोत्सव सम्पन्न हुँदै गर्दाका अविस्मरणीय क्षणहरु

डालस, टेक्सास। अघिल्लो बर्ष शुरु भएर यसपाली दोश्रो पटक पनि मोमो फेस्टिभल सम्पन्न भयो। अक्टोबर २८ का दिन शनिवार सम्पन्न उक्त मोमो महोत्सबमा धेरै नेपालीहरु उपस्थित भए। निशुल्क र शसुल्क गरी करिव १३ हजार टिकट काटिए जसमा दश बर्ष मुनिका बालबालिकाहरु गणना भएनन। शुरुका दिनहरुमा निशुल्क रहेको यो महोत्सव निशुल्कको कोटा सकिए पछि करिव तेह्र सयले पैसा तिरेर टिकट लिएका थिए।
बर्खायाम नभए पनि यस्ता खुल्ला आकाश मुनि गरिने कार्यक्रमहरुमा मौसमको चुनौती संधै रहन्छ। पानी पर्ने, हावाहुरी चल्ने वा अति गर्मि वा जाडोले कार्यक्रमलाई खल्लो मात्र बनाउदैन, बन्द गर्नु पर्ने अवस्था समेत सिर्जना गर्छ। अघिल्लो बर्ष मौसमले निकै साथ दिएको यो मोमो महोत्सबमा यसपाली के होला भने डर कायमै थियो।
हुन पनि बिहान उठ्दा पानी पर्न थाल्यो। दिनभरको मौसमको जानकारी हेर्दा दिनभर थोरै धेरै प्रतिशत भए पनि पानी देखिन्थ्यो। आयोजक प्रदिप गिरी यसबाट निकै चिन्तित बने। हज्जारौं उपस्थित हुने अपेक्षा गरिएको, लाखौं डलर खर्च भएको, स्टल राख्ने देखि प्रायोजकहरुको समेत यसमा लगानी भएकोले खराब मौसमले ल्याउने परिस्थिति आफ्नो काबुमा नभए पनि टाउको दुखाइको बिषय थियो। आर्लिंगटन सिटीको निर्देशन बिना केहि गर्न असम्भव भएकोले पेलेर अघि बढ्न पनि असम्भव थियो।


करिव दश महिनासम्मको प्रयासले यो महोत्सव सम्पन्न हुन गैरहेको थियो। यसमा आफ्नो प्रस्तुति दिन लोकगायक प्रकाश सपुत, पप गायक राजु लामा र द भोइसमा टप आठमा पर्न सफल पारिजिता बाँस्तोला आइसकेका थिए। मास्टर सेफ सन्तोष शाह आफ्नो हातले पकाएको खुवाउन निकै आतुर थिए। ब्यबस्थापन तर्फ मान्छेले गर्न सकिने सबै काम गरेर तयारी गरिसकिएको थियो।
एकातिर बिहानै पानी परिरहेको थियो भने अर्को तिर यसको भित्री काममा सक्रिय आयोजक मोमो टुगो को टीम र स्वयंसेवकहरु भगवानसँग प्रार्थना गरिरहेका थिए। यति ठुलो कार्यक्रम सार्न वा बन्द गर्दा खर्च मात्र होइन आफ्नो इज्जत नै धरापमा पर्ने चिन्ता आयोजक प्रदीपलाई लागिरहेको थियो। एकातिर ब्यबथापनको जिम्माको काम गरिरहनु परेको थियो भने अर्कोतिर मौसमको चिन्ताले सताइरहेको थियो। “म त्यति अप्ठेरो अबस्थामा कहिल्यै परेको महशुस गरेको थिइन” मोमो गिरीको उपनामले चिनिन चाहने प्रदिप त्यो दिनलाई सम्झिदै भन्छन।
तर भगवान इन्द्रले उनको पुकार सुन्न बाध्य भए। बिहान दश बज्न नपाउंदै पानी पर्न बन्द भयो। दिनभर पनि पानी परेन। आकाशमा बादल भए पनि पानी कार्यक्रमको अन्तिम बेलासम्म परेन। हज्जारौं मान्छे आए, खाए, रमाए। मोमो लगायत अन्य नेपाली खानाका परिकारहरु बेच्न राखेका ब्यापारीहरुले पनि राम्रै व्यापार गरे। अलिकति महँगो भएको गुनासो आए पनि समग्रमा खानको गुणस्तर राम्रो हुनाले सहभागीहरुले मिठो मानेर खाए।सांस्कृतिक कार्यक्रमको सन्चालन युवा सुमन कार्कीले सुन्दर तरिकाले गरे ।
कार्यक्रम ३ बजेबाट अविच्छिन्न चलिरह्यो। नाचगान भैरह्यो। कसैका भाषणको बोझ कसैले उठाउन परेन। सबै आफ्नो समय तालिका अनुसार प्रस्तुतिहरु दिएर दर्शकहरुलाई मनोरंजन दिए। प्रकाश सपुत, राजु लामा र पारिजिता बाँस्तोलाले दर्शकहरुलाइ भरपुर मनोरंजन दिए। साँझ पर्दै जाँदा बढेको चिसोलाई कलाकारहरुको गीतमा नाच्दा सबैले भुलेका थिए। हज्जारौं मानिसको उपस्थितिमा गीत गाउन पाउँदा कलाकारहरु पनि निकै प्रफुल्ल थिए।
“कार्यक्रम सफल भएको छ, त्यसको लागि मलाई नेपाली समुदायले दिएको मायाको लागि मा सदाका लागि ऋणी छु” आयोजक मोमो टुगोका प्रमुख गिरी भन्छन। यो सफल पार्न सक्रियतापुर्बक लाग्ने आफ्नी श्रीमती, स्वयंसेवकहरु, प्रायोजकहरु, स्टल संचालकहरु र आर्लिंगटन सिटिका सरोकारवालाहरु प्रति उनले कृतज्ञता प्रकट गरेका छन्।
‘वास्तवमा म अझै त्यो झड्काबाट ब्युझिसकेको छैन”, प्रदिप सुस्केरा हाल्दै भन्छन। एकै दिनमा भएको त्यो भयङ्कर दुखको क्षण र सुखको क्षणले हप्ता दिन बितिसक्न लाग्दा पनि उनी पूर्ण रुपमा होसमा आइसकेका छैनन्। फेरी अर्को मोमो महोत्सवको बारेमा सोधेको प्रश्नमा आफु पुरै ब्युझे पछि कुरा गर्ने उनले जानकारी गराए।
जिन्दगी नै सिक्नको लागि भएकोले आगामी दिनमा अहिले भएका केहि कमि कमजोरीहरुलाई सच्च्याएर अघि बढ्ने कुरामा हामी सबै आशाबादी बनौं। नेपाल र नेपालीको पहिचान दिने यस्ता कार्यक्रम गर्ने जोश अरुमा पनि पलाओस, हामी कामना गर्छौं। प्रबासमा यस्ता महोत्सवले हाम्रो परिचय स्थापित गर्ने भएकोले सहभागीहरु, स्टल राख्ने ब्यापारीहरु र आयोजक सबैले निकै संबेदनशील हुन भने जरुरी छ। बिसेष गरी फोहोरको ब्यबस्थापन र हिड्दा डुल्दा देखाइने ब्यबहारले हाम्रो परिचय अन्य सामु देखिने गर्छ।
जे भए पनि कार्यक्रम सफल गर्न भूमिका खेल्ने सबैलाई धन्यवाद भन्ने पर्छ। आगामी दिनमा यस्ता कार्यक्रमहरु संचालन हुन् भन्ने हामी सबै कामना समेत गर्दछौं। लेखनाथ गौतम ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907