अमेरिकामा दशैं उल्लासपुर्बक मनाइयो

डालस, टेक्सास। बिजया दशमी २०२३ अमेरिकाभर भब्य रुपमा मनाउंदै सम्पन्न भएको छ। नेपालीहरुको प्रमुख चाडको रुपमा रहेको दशैंलाइ यसपाली पनि खुसियालिपुर्बक मनाएका तस्विरहरु सामाजिक संजालमा हालेका छन्। पूर्व देखि पश्चिम र उत्तर देखि दक्षिणसम्मका नेपालीहरुले यसलाई आफ्नो पहिचानकै रुपमा मनाएर आफ्नो परम्परा र संस्कृतिप्रति सम्मान व्यक्त गरेका छन्।
न्यु योर्क बस्ने अभिनेत्री नन्दिता केसीले आफ्नो फेसबुकमा “टीका २०८०” भनेर मान्यजनबाट टिका ग्रहण गरेका सुन्दर तस्विर अपलोड गरेकी छन्। नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले पनि टिकाको अबसरमा खिचिएका तस्विर राखेका छन्। भर्जिनिया निवासी पत्रकार विजय थापाले पनि फेसबुकमा आज ११ बजेर दुइ मिनेटमा दशैं मनाएको उल्लेख गरेका छन्। डालास टेक्सासका समाजसेवी भिम कार्कीले पनि दशैं मनाएका तस्विर सामाजिक संजालमा पोस्ट गरेका छन्।


यसै गरी टेक्सासका अमृत कट्टेल, दिपक घिमिरे, व्यंग्य कवि अर्जुन पन्त, गजलकार बासुपुस्पा अधिकारी, दिवाकर ज्ञवाली, राजन शाह, डोलेन्द्र पौडेल, बलराम सुबेदी, मनोज पौडेल, जीवन शर्मा, ईन्द्रप्रसाद कोईराला देखि डालसको नेपाली मन्दिरका मूल पुरोहित शेखर पण्डितले पनि आज दशैंको अबसरमा देवीको प्रशाद स्वरुप टीका र जमरा लगाएर दशैं माने।
यसै गरी मेरिल्याण्ड राज्यका प्रतिनिधिसभा सदस्य ह्यारी भण्डारीले पनि टिका ग्रहण गरेको भिडिओ टिकटकमा राखे। सिकागो निबासी बाल घिमिरेले पनि दशैं उल्लाससाथ मनाए। टेक्सासका सामाजिक अभियन्ता सुशील क्षेत्रिले पनि मन्दिर पुगेर दशैंको टिका लगाए। त्यस्तै भर्जिनियामा बसोबास गर्ने वकिल बन्दिता दाहालले पनि टिका ग्रहण गरेको फोटो सामाजिक संजालमा राखेकी छन्।
यसरी टिका लगाउन नमिल्ने बाहेक प्राय सबैले टिका लगाएको सामाजिक संजालमा स्टाटस राखेका छन्। अमेरिकामा व्यस्त जीवन बिताईरहे पनि चाडबाड उल्लासपुर्बक मनाएका छन्। यसले नेपालीहरुमा आफ्नोपन र परम्परा प्रतिको लगाव दर्शाउँछ।
हुन पनि हाम्रो पहिचान नै चाडबाड, रितिथिति र संस्कृति हुन्। यी कुराहरु बिना हामी प्राणबिहिन बन्न जान्छौं। अमेरिकी समाज र राज्यले पनि बिबिधतालाइ निकै महत्वका साथ सम्मान गर्ने गर्छ। हाम्रा फरक शैली र परम्पराका कारण उनीहरु हामीसंग इर्श्या गर्छन। हाम्रो भाषा र संस्कृतिका कथाले उनीहरु निकै प्रभावित हुन्छन। खासै लामो इतिहास र बिशेस संस्कृति नभएका अमेरिकीहरु हाम्रा सांस्कृतिक परम्परालाइ श्रद्धापुर्बक हेर्ने गर्छन।
दशैं तिहार जस्ता चाडहरुनै हाम्रा पहिचानका श्रोत हुन्। यिनलाई जति मौलिक रुपमा मनाउन सक्यो त्यति नै हामी आफ्नो माटोको अनुभूति गर्न सक्छौं। सयौं बर्ष अघि बर्मा गएका नेपालीहरु अहिले पनि त्यसरी नै नेपाली चाडबाड मनाउछन। अमेरिकामा बस्ने नेपालीहरुको यो पहिलो पुस्ता पनि नेपाली चाडबाडहरुलाई त्यसरी नै मनाउन चाहन्छ। यो भावनालाई कम्जोर होइन मजबुत बनाएर नै हामी नेपाली जातिको रुपमा अमेरिकामा सगर्व बाँच्न सक्छौं। यो वा त्यो नाममा यसलाई कम्जोर बनाउनु आफ्नै खुट्टामा बन्चरो हान्नु हो।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907