अमेरिकामा आज भब्य रुपमा दशैं पर्व मनाइंदै

डालस, टेक्सास। अमेरिकामा आज बिजया दशमी उल्लासपुर्बक मनाइंदैछ। नेपालीहरुको सबभन्दा ठुलो यो चाड हिन्दुहरुको भनिए पनि सम्पूर्ण नेपालीहरुकै साझा पर्वको रुपमा दशैंलाइ लिइन्छ। यसको लागि अमेरिकाको न्युम्याम्सायर, न्युयोर्क, पेन्सिल्भानिया, भर्जिनिया, मेरिल्याण्ड, नर्थ क्यारोलिना देखि दक्षिणी राज्य टेक्सास हुँदै क्यालिफोर्नियासम्मका नेपालीहरु प्रतिक्षारत छन्।
दशैंको टीका लगाएर समापन भए पनि यो दुइ हप्तासम्म मनाइन्छ। यसमा शक्तिकी देवी दुर्गाको पुजा गरेर भक्तहरुको जीवनमा पनि कमजोरीबाट मुक्ति हुँदै शक्ति मिल्ने कामना गरिन्छ। यो घटस्थापनाको दिनबाट शुरु भएर पुर्णिमाको दिन टिका र जमरा बिसर्जन गरेपछि समाप्त हुन्छ। विजया दशमी ९ दिनसम्मको लडाई पछि असुर माथि विजय भएको खुसियालीमा दशौँ दिन मनाउने गरिन्छ। यहि ९ दिन दुर्गा भवानीको पुजा गर्नुको साथै बिभिन्न शक्तिपीठहरुमा पुजा अर्चना र अन्य बिभिन्न कार्यक्रमहरु गरिन्छ।


यो १० दिनमा पनि घटस्थापना, फूलपाती, महाअस्टमी, नवमी, दशमी र कोजाग्रत पुर्णिमा प्रमुख रुपमा मनाउने गरिन्छ। यो अबधिमा सरकारी कार्यालयहरु समेत बन्द हुन्छन। टाढा टाढा रहेका व्यक्तिहरु पनि आफ्ना मान्यजनहरुबाट टिका र आशिर्बाद ग्रहण गर्न आफ्नो मूल घरमा आउने गर्छन। अहिलेको व्यस्त युगमा दशैंको यहि नै सबभन्दा महत्वपूर्ण पक्ष हो। लामो समय व्यक्तिगत व्यस्तता कारण भेटघाट हुन नसकेका इस्टमित्रहरु दशैंलाइ नै कुरेर बस्छन र सुख दुख, व्यक्तिगत तिक्तता भुलेर दशैंमा मेलमिलाप गर्छन। त्यसैले यसलाई मेलमिलापको चाड पनि मानिन्छ।
दशैंमा टिका ग्रहण गर्नु र आफु भन्दा ठुलाबडाबाट आशिर्बाद लिनु मुख्य भए पनि यसबीचमा समाज, क्षेत्र, भेग, जातजाति, भूगोल वा अन्य धेरै कारणले ठाउँ ठाउँमा फरक फरक तरिकाले मनाइन्छ। दशैंलाइ चंगा उडाउने, पिङ्ग खेल्ने, नयाँ लुगा लगाउने र मिठो खाने पर्वको रुपमा पनि लिइन्छ। त्यस्तै शक्तिपीठहरुको दर्शन गर्नेहरुको यतिबेला घुइंचो नै हुन्छ। पछिल्ला दिनहरुमा भने जुवातास खेल्ने बिकृति पनि समाजमा बढेको पाइन्छ।
त्यस्तै कतिपय शक्तिपीठहरुमा जनावरहरुको बली दिने प्रथा समेत छ। खसी, राँगो र कुखुराको बली दिएर माता दुर्गालाई अर्पण गरिन्छ भने त्यहि मासु प्रसादको रुपमा खाने चलन पनि छ।काठमाडौँको हनुमान ढोकामा नवमीको दिनमा धेरै जनावरहरुको बलि दिइन्छ। पशुहरुलाई अज्ञानताको प्रतिक मान्दै बलि दिएर ज्ञान तर्फ उन्मुख हुनको लागि बलि प्रथा शुरु भएको मानिए पनि पछिल्ला बर्षहरुमा भने बलिप्रथाको बिरोध हुन समेत थालेको छ।
काठमाडौँ स्थित तलेजु भवानीको मन्दिर नवमीको दिनमा मात्र भक्तजनको लागि खुला गरिन्छ। त्यस्तै घर सफासुग्घर गर्ने, गाउँघरतिरका घरहरुमा रातोमाटो र कमेरोले पोतेर राम्रो बनाउने चलन छ।
दशैं ऐतिहासिक र सांस्कृतिक रुपमा समाज अनुसार केहि फरक भए पनि समग्रमा भने भेटघाट गर्ने, मिठो खाने, राम्रो लाउने, भाइचारा बढाउने, टुटेका मनहरु जोड्ने संगै रमाइलो गर्ने चाड हो। देवी दुर्गाको पुजा आराधाना यसको धार्मिक पाटो एकातिर छ भने समाजले समय अनुसार निर्माण गरेका प्रचलनहरु समेत मिश्रण हुँदै परिवर्तन भएको पाइन्छ।
अमेरिकामा रहेका नेपालीहरु पनि आफ्नो व्यस्तता र अवस्था हेरेर दशैं मनाउने गर्छन। यहाँ पनि सकेसम्म साथीभाई भेटघाट गरेर दशैंलाई नेपालको जस्तै रमाइलो बनाउने प्रयत्न गरिन्छ। आफ्नो कामको दुख बिर्सेर उनीहरुले आफ्नो यो चाडलाइ जति सकिन्छ मौलिक रुपमा मनाउने प्रयत्न गरिरहेको पाइञ्छ। आफ्नो नजिकका हिन्दु मन्दिरहरुमा जाने, दर्शन गर्ने देखि खसी खाने र टिका लाउने यहाँका नेपालीहरुले गर्ने मुख्य गतिविधिहरु हुन्।
दशैंले नेपाल जोड्ने पुलको रुपमा पनि यहाँ काम गरेको छ। नेपालमा रहेका आफन्तसंग बिभिन्न प्रबिधि मार्फत जोडिएर उनीहरुले दशैं मनाउने गरेका छन्। अन्य साना तिना चाडहरु बिदाको दिन पारेर मनाउन बाध्य भए पनि दशैं तिहार जस्ता चाडहरु भने नेपाल संगै मनाउने गरेका छन्। यसले नेपालसंगको नाता निरन्तर जोडिने उनीहरुको विश्वास छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907