अमेरिकामा दशैं (२०८० )को टीका कहिले ?

अमेरिकामा नेपालीहरुको संख्या करिव ३ लाख मानिन्छ । ४/५ वर्ष अघि सम्म चाड पर्व मनाउने समयमा कुनै खैला बैला हुँदैनथ्यो ।सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुले आपसमा मिलेर चाड-पर्वहरु एकै दिन मनाउने गर्दथे । जब कसैको बहकाबमा ज्योतिष संघले अमेरिकाको लागि भनी छुट्टै पात्रो निकाल्यो अनि दशैंको टीका अघिल्लो दिन लाउने कि पछिल्लो दिन लाउने भनी हो हल्ला हुन थाले पछि नेपाली समाज २ भागमा विभाजन हुनथाल्यो । व्यर्थमा मन्दिर समेत समाज विभाजनको दोषभागी बन्न पुग्यो ।


केही आधुनिकवादीहरुले पात्रोको घडि -पला हेर्न थाले र केही परम्परावादीहरुले नेपाली – परम्पराको निरन्तरता हेर्न थाले । यद्यपि घडी पला पछिल्लो दिन पनि हुने भएकोले घडी पलाको तर्क पनि सम्पूर्ण रुपमा सहि छैन। केहि घण्टा अघिल्लो दिन र केहि घण्टा पछिल्लो दिनमा ती चाडहरु पर्न जान्छन। यसमा सवाल इमान्दार व्याख्याको मात्र हो। समाजको भावना बुझेर काम गरेको भए पछिल्लो दिन चाडबाड मान्दा पनि कुनै अप्ठेरो थिएन।
यसरी नेपाली चाड पर्वमा अघिल्लो दिन र पछिल्लो दिनको नाटक मन्चन हुन थाल्यो । हामीलाई पात्रो भन्दा पनि परम्परा चाहिन्छ । गहिरिएर विचार गर्दा आस्था र विश्वासको कारणले गर्दा दशैं तिहार जस्ता सामाजिक चाड पर्वमा परम्परा कै विशेषता देखिन्छ । परम्पराका विशेषताहरू :–
१ . एकादशीव्रतमा — स्मार्तहरुको परम्परा अघिल्लो दिन र वैष्णवहरुको पछिल्लो दिन।
२ . वटसावित्री व्रत कुनै शास्त्रमा औंसीमा र कुनै शास्त्रमा पूर्णिमामा गर्ने उल्लेख भएकोले परम्परा भिन्दै छ ।
३ . गैडू पूजा कसैको जेठमा र कसैको मङ्सिरको पूर्णिमामा र कसैको दुबैमा गर्ने परम्परा छ ।
४ . यद्यपि स्यात् स्वयं ब्रह्मा त्रैलोक्याकर्षणक्षम: ।
तथापि लौकिका चारान् मनसाऽपि न लङ्घयेत् ।।
अर्थात् यद्यपि तीनै लोकको आकर्षण गर्न सक्ने क्षमता भएका ब्रह्मा नै भए पनि लोक (समाज )ले गरेको आचरण ( परम्परा )लाई मनले पनि उल्लङ्घन नगरोस् ।
५ . तस्मिन् देशे य आचार: पारम्पर्यक्रमागत: । …. स सदाचार उच्यते ।।मनु ।।
ती कुल-परम्पराबाट जुन आचार (आचरण)हरू आएका छन् । ति कर्म हरू गर्नुलाई नै सदाचार भनिन्छ । नो लङ्घनीया: कुलदेशधर्मा: । अर्थात् आफ्नो कुल र देशको धर्म उल्लङ्घन नगरियोस् ।
६ .”आज्ञा गुरूणां ह्यविचारणीया” । अर्थात् गुरुबाट आज्ञा पाएपछि केही विचार गर्नुपर्दैन । हाम्रो शास्त्रले माता , पिता र गुरुलाई भगवान् सरह मान्नुपर्छ भनेको छ । उहाँहरुको वचन नै शास्त्र हो । उहाँहरुले जुनदिन टीका लगाउनू भन्नुहुन्छ त्यही दिन हाम्रो लागि दशमी हो । किनकि , “धारणाद् धर्ममित्याहु: “। मा भा शान्ति । अर्थात् धारणा नै धर्म हो ।विश्वास नै धर्म हो । हामीले ढुंगामा पनि देवता विश्वास गरेका छौं । यो हाम्रो धारणा हो । माता , पिता र गुरुको वचनलाई शास्त्र मानेर विश्वास गर्छौं । यही हाम्रो सनातन परम्परामा पनि हो। हामी यसैमा विश्वास गर्छौं ।
७ . नेपालमा र अमेरिकामा एकै समयमा बच्चा जन्मिए भने नेपाल कै जेठो ( दाजु ) मानिन्छ । त्यसैले सबै नेपाली चाड पर्वहरुमा नेपाल कै अग्राधिकार मानिन्छ ।
८ . समुद्रपारी देशमा जानलाई निषेध गरिएका ” समुद्रयातु: स्वीकार:”
” समुद्रयात्रास्वीकार: ” जस्ता निर्णयसिन्धु र धर्मसिन्धुका शास्त्रीय वचनहरूको मूल मर्म विपरीत विदेशमा आइसके पछि पनि दशैं तिहार जस्ता सामाजिक पर्व मनाउने विषयमा परम्परावादी र पात्रोवादीको विवादले (होहल्लाले ) अघिल्लो दिन मान्ने कि पछिल्लो दिन मान्ने भनी भ्रम फैलिएर खैला बैला हुनु अवश्य पनि राम्रो कुरा होइन ।
९. अव आफैं विचार गर्नुहोस् कुन दिन टीका लगाउँदा ठीक होला।
१० . मलाई व्यक्तिगतरूपमा सोध्नुहुन्छ भने म पछिल्लो दिन अर्थात् अक्टोबर २४ मै टीका लगाउँछु , सबैलाई आफ्नो धर्म परम्परा मान्न स्वतन्त्रता छ । मेरा पिता, माता , गुरु र मन्यजनाले टीका न लगाई म आफूले टीका लगाउन मेरो मनले मान्दैन , किनभने हाम्रो परम्परा पनि यही हो । गोर्खा बाट ल्याएको फूलपाती काठमाडौँ आए पछि हाम्रो दशैँ शुरु हुन्छ। अब त्यो फूलपाती गजुरी नआइपुग्दै मैले कसरी टिका लगाउने ? सुर्य ग्रहण नेपाल भन्दा पछिल्लो दिन हुनुले पनि यो कुरालाई थप प्रमाणित गर्छ।

विचार विश्लेषण : अमेरिकाका प्रख्यात ज्योतिष

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907