नेपस्टार डिएफ़डब्लुको दशैं कप भलिबल पिकनिक सहित समापन

डालस, टेक्सास। टेक्सासको डालस फोर्ट वर्थबासी भलिबल खेलाडीहरुको क्लब नेपस्टार डिएफ़डब्लु भलिबल क्लबले बिजया दशमी २०२३ को अवसर पारेर योजना गरेको पाँचौं भलिबल प्रतियोगिता बिधिबत आज समापन भएको छ। युलेस स्थित बियर क्रिक पार्कमा आयोजना भएको पिकनिक कार्यक्रम सम्पन्न भए संगै उक्त टुर्नामेन्ट समेत औपचारिक रुपमा समापन भएको छ।


टुर्नामेन्टका सम्पूर्ण खेलहरु हिजै अर्थात् अक्टोबर ७ शनिबार सम्पन्न भैसकेका थिए भने कप, पदक तथा सम्मानपत्र आज मात्र प्रदान गरिएको थियो। निर्धारित तालिका अनुसार नै पिकनिकको अबसरमा बिशेष कार्यक्रम संचालन गरी बिजयी खेलाडीहरुलाई पदक प्रदान गरिएको थियो। सजानी भलिबल टीमका खेलाडीहरुले च्याम्पियनको ट्रफी उचालेर खुसि व्यक्त गरेका थिए।
पदक तथा प्रमाण पत्र युलेस सिटीका काउन्सिल टिका पौडेलले प्रदान गर्नु भएको थियो। उक्त अबसरमा बोल्दै काउन्सिल टिका पौडेलले खेलले अनुशासन र अनुशासनले समाजको स्वास्थ्य राम्रो हुने हुँदा नेपस्टारको यो काममा आफु संधै अग्रपंक्तिमा रहेर सहयोग गर्ने गरेको बताउनु भएको थियो।


पिकनिक स्थलमै आयोजित एक औपचारिक समारोहमा खेलाडीहरुलाई पदक, प्रायोजकहरुलाई सम्मानपत्र तथा स्वयम्सेविहरुलाई प्रमाणपत्र प्रदान गर्दै भबिस्यमा अझै राम्रो गर्न प्रेरित हुन हौसला प्रदान गरिएको थियो। उक्त अबसरमा बिङ्गो खेल खेलाइनुको साथै साना नानीहरुले दशैं र नेपाली राष्ट्रियता झल्काउने गीतहरुमा नृत्य समेत प्रस्तुत गरेका थिए।
त्यस्तै समाजसेवी हरि थापाको बाजा समुहले पन्चे बाजा प्रस्तुत गरेका थिए भने उक्त पन्चे बाजामा सहभागी खेलाडी तथा स्थानीय नेपाली समुदायका सदस्यहरु उत्साहपुर्बक नृत्य गरेका थिए।
उक्त अबसरमा प्रायोजक, स्वयंसेवक, स्थानीय समाजसेवी, मेडिया पार्टनर तथा खेलाडीहरुलाई सम्मान गरिएको थियो। आफ्नो बलबुताले भ्यायसम्म काम गरेको र केहि त्रुटि भएमा आगामी बर्ष संच्याउने प्रतिबद्धता आयोजकको तर्फबाट अध्यक्ष भुवन सिंह आलेले जनाएका थिए।
कार्यक्रममा बोल्दै नेपस्टार डिएफ़डब्लु भलिबल क्लबका सक्रिय सदस्य सहकुल खत्रीले टुर्नामेन्ट सफल भएकोमा प्रशन्नता व्यक्त गर्दै सहयोगी र सहभागीहरुलाई धन्यवाद प्रदान गरेका थिए। त्यस्तै संस्थाका संस्थापक अध्यक्ष नारायण क्षत्रीले खेलाडीले सभ्य समाज निर्माणमा योगदान दिने भएकोले यस्ता कार्यक्रमको आयोजनाले खेलाडीको मनोबल उच्च हुने धारणा व्यक्त गरेका थिए।
पिकनिकको अबसरमा आयोजना भएको समापन कार्यक्रममा भिम थापा, दुर्गेश कार्की, दिपक थापा, कैलाश भट्ट, रमेश बोहोरा लगायतका भलिबल खेल तथा टुर्नामेन्टमा बिशेष योगदान गर्नेहरुलाई सम्मान पनि प्रदान गरिएको थियो।

सोहि अबसरमा भलिबल खेल मार्फत समाजमा योगदान पुराए बापत दिपक थापा, कैलास भट्ट, रमेस बोहोरा र सिपोरा गुरुंगलाई बिशेष सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रमको संचालन संचार संयोजक दुर्गेश बोगटीले कुशलतापुर्बक गरेका थिए।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907