पाँचौं दशैं कप भलिबलको उपाधि सजानी भलिबल क्लबले जित्यो

डालस, टेक्सास। नेपस्टार डिएफ़डब्लुको आयोजनामा भएको पाँचौं भलिबल टुर्नामेन्ट सम्पन्न भएको छ। टुर्नामेन्टमा सजानी भलिबल क्लब बिजयी भएको छ। फाइनलमा पुगेका गुर्खा “ए” टीम र सजनी भलिबल क्लब बिचमा भएको खेलमा ३-० को सोझो सेटमा सजानी टीम बिजयी भएको थियो। गुर्खा “ए” भलिबल क्लब उपविजेता बनेको छ।


यस अघिका सेमिफाइनल खेल सजानी भलिबल क्लब र रुकुम एबम गुर्खा “ए” र गुर्खा “बी” को बिचमा भएका थिए। सेमिफाइनल खेलमा गुर्खा “ए” र सजनी टीम फाइनलमा प्रवेश गरेका थिए।
यो टुर्नामेन्टमा ९ वटा टीमहरुले भाग लिएका थिए। दुइ ग्रुप बनाइ खेलाइएको खेलहरुका लीग खेलहरुमा नेपस्टार भलिबल क्लबका तीन वटै टीमहरु पहिलो चरण मै बाहिरिएका थिए भने माउण्ट एभरेस्ट भलिबल क्लब फोर्ट वोर्थ, भिक्टोरिया भलिबल क्लब पनि सेमी फाइनलमा पुग्न असफल भएका थिए। खेल साढे सात बजे बिहान शुरु गर्ने भनिए पनि ढिला गरी साढे आठ बजे मात्र शुरु भएको थियो।


भलिबल टुर्नामेन्टको उद्घाटन युलेस सिटि काउन्सिल टिका पौडेल एबम नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले संयुक्त रुपमा गर्नु भएको थियो। कार्यक्रममा सबैलाई स्वागत गर्दै क्लबका अध्यक्ष भुवन सिंह आलेले खेलले व्यक्तिको शारीरिक एबम मानसिक बिकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै दशैंको अवसर पारेर गरिएको यो खेले हाम्रो परम्परा र संस्कृतिको प्रबर्धनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो।
दिनभरको खेल निकै सौहार्दपूर्ण रुपमा सम्पन्न भएको थियो। खेल संचालक “रेफ्री” को रुपमा घनश्याम पोख्रेल र इन्द्र शाहीले निकै कुशलातापुर्बक भूमिका निर्वाह गर्नु भएको थियो। प्राय खेलमा खेलाडीबीच लफडा हुने नेपालीहरुको परम्परामा कुशल रेफ्रीहरु कै कारण अविच्छिन्न र बिना विवाद सम्पन्न भएको थियो। यी रेफ्रीहरुको सबैले मुक्त कण्ठले प्रशंशा गरेका थिए।
टुर्नामेन्टको समाप्ति हुँदै गर्दा टुर्नामेन्ट सभ्य र भब्य रुपमा सफल बनाउन योग्दान दिने सामाजिक व्यक्तित्वहरुलाई धन्यवाद सहित परिचित गराइएको थियो। खेलकुदको समाप्तिको औपचारिक कार्यक्रममा बोल्दै युलेस सिटि काउन्सिल टिका पौडेलले खेल सौहार्दपूर्ण रुपमा सफल भएकोमा खेलाडी, आयोजक, प्रायोजक एबम स्वयंसेवकहरुलाई धन्यवाद दिनु भएको थियो।
त्यस्तै स्थानीय समाजसेवी सुशील क्षेत्रीले बिजेता र उपबिजेतालाई क्रमश सय र पचास डलरको गिफ्ट भौचर उपलब्ध गराउने जानकारी दिनु भएको थियो।क्लबका संचार संयोजक दुर्गेश बोगटीले कार्यक्रम अबधिभर निकै रोचक तरिकाले उद्घोषण गर्नुको साथै खेलका पलहरुको बिबेचना गरेका थिए।
खेलमा उत्कृस्ट खेल्नेहरुका बिभिन्न टाइटलमा खेलाडीहरुलाई पदक दिने कार्यक्रम अक्टोबर ८ आइतबार रहेको छ। १२ देखि ५ बजेसम्म बियर क्रिक पार्कमा आयोजना गरिएको निशुल्क पिकनिकको अबसरमा सबै खेलाडीहरुलाई पदक वितरण गरिने आयोजकले पहिल्यै जानकारी गराई सकेका थिए। बिजयी र उपविजेता टोलीले पनि भोलि नै पदक प्राप्त गर्नेछन्।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907