नेपस्टार डिएफ़डब्लुको भलिबल टुर्नामेन्टको तयारी पुरा

युलेस, टेक्सास। नेपस्टार डिएफ़डब्लुको आयोजनामा हुन लागेको दशैं कप भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ। आयोजकका अनुसार खेलतालिका, खेल्ने टीमहरुको टेबल र समय निर्धारित भैसकेको छ। सबै कुरा गोलाप्रथाद्वारा गरिएको हो।

सम्पूर्ण खेलाडीहरुलाई आफ्नो खेल शुरु हुनु भन्दा कमसेकम १५ मिनेट अगाडी आउन अनुरोध गरिएको छ भने १० मिनेट भन्दा ढिला भएमा उक्त टीम खेलबाट स्वतः अयोग्य हुने र प्रतिद्वन्दी टीम बिजयी हुनेछ। ढिला उपस्थित हुने कुरालाई निरुत्साहित गर्न यसो गरिएको हो।
खेल बिहान ७:३० बाट शुरु हुनेछ भने पहिलो खेल नेपस्टार रातो र माउण्ट एभरेस्ट भलिबल क्लब फोर्ट वर्थ बिचमा हुनेछ। त्यस्तै ८:१५ मा सजनी र भिक्टोरिया भलिबल क्लब, ९:०० बजे नेपस्टार निलो र गोर्खा “बी”, ९:४५ मा रुकुम र गोर्खा “ए, १०:३० मा नेपस्टार सेतो र रजनी, ११:१५ मा गोर्खा “ए” र माउण्ट एभरेस्ट, १२ बजे गोर्खा “बी” र भिक्टोरिया, १२:४५ रुकुम र नेपस्टार रातो बीच खेल हुनेछ भने लीग चरणको अन्तिम खेल दिउसो साढे एक बजे नेपस्टार सेतो र नेपस्टार निलो बीच हुनेछ।


त्यस्तै सेमी फाइनलका खेलहरु दुवै ग्रुपका बिजेता र उपविजेताहरु बिचमा दिउसो साढे दुइ र साढे तीन बजे सम्पन्न हुनेछन भने फाइनल खेल अपरान्ह ४:४५ मा हुनेछ। खेल ९ वटा टीम बीच दुइ वटा समूह बनाएर खेलाइएको आयोजकहरुले जनाएका छन्।
खेलको लागि आबस्यक रेफ्री र अन्य कुराहरुको तयारी सकिएको र खेलाडीहरुले समयमा उपस्थित भै खेललाई समयमै निर्भिघ्नतापुर्बक सम्पन्न गर्न सहयोगको अपेक्षा गरिएको नेपस्टार डिएफ़डब्लुका अध्यक्ष भुवन सिंह आलेले अनुरोध गरेका छन्। प्रबासमा दशैं उत्साहपुर्बक मनाउन खेलकुदले पनि निकै महत्वपूर्ण भूमिका खेल्ने जनाउदै हाम्रो संस्कृति र परम्पराको निरन्तरताको लागि यस्ता टुर्नामेन्ट आयोजना हुनुलाई समाजले पनि सकारात्मक रुपमा ग्रहण गर्नेमा आयोजकहरु ढुक्क रहेको क्लबका मेडिया संयोजक दुर्गेश बोगटीले जनाएका छन्।


नेपस्टारका बरिस्ठ खेलाडी दिपक थापाले खेललाई रोचक र प्रतिष्पर्धात्मक बनाउनको साथै नियमको अनुसरण र अनुशासनको पालना टुर्नामेन्टलाइ भव्य र सभ्य रुपमा सम्पन्न गर्ने कडी भएको र त्यसमा सबै खरो उत्रिने विश्वास व्यक्त गरेका छन्। युलेस सिटीका काउन्सलर टिका पौडेलले पार्कको ब्यबस्थित प्रयोग र खेल अबधिमा पार्क वरिपरिका वासिन्दाहरुलाई हुनसक्ने असुविधाप्रति सबैले सचेत रहन सजग गराउनु भएको छ।
दशैं कप भलिबल टुर्नामेन्टको मुख्य प्रायोजक रियल्टर तथा संचारकर्मी सुर्य थापा र कर्मा मोर्गेजका अनिल पुडासैनी रहनु भएको छ। खेल आयोजना हुने पार्क वरपर पार्किंगको व्यवस्था नभएकोले नजिकै रहेको पकेट रेस्टुरेन्ट तथा सपोर्ट बारको पार्किङ्ग वा रस नामक पसल वा अल्दीको पार्किङ्गमा पार्क गर्न सकिने आयोजकहरुले जानकारी गराएका छन्। सकेसम्म कारपुल सुबिधा प्रयोग गर्न पनि सुझाइएको छ। स्मरण रहोस यो बर्षको दशैं अक्टोबर २४ तारिक मंगलबार रहेको छ।

युएसएंडनेपाल डट कम सम्बाददाता।
पार्किंग स्थलका ठेगानाहरु:

210 S Industrial Blvd, Euless, TX 76040

1201 Airport Fwy, Euless, TX 76040

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907