नेपस्टार अफ डिएफ़डब्लुको दशैं कप २०८० तथा पिकनिक अक्टोबर ७ र ८ मा हुँदै

डिएफ़डब्लु, टेक्सास। बिजया दशमी २०८० को अवसर पारेर नेपस्टार डिएफ़डब्लुको आयोजनामा भलिबल राज्यस्तरीय पाँचौं भलिबल प्रतियोगिता तथा बृहद बनभोज कार्यक्रम आयोजना हुने भएको छ। आउँदो अक्टोबर ७ गते शनिबार बिहान ७ बजे देखि शुरु भएर सोहि दिन नै भलिबलका सम्पूर्ण खेलहरु समाप्त हुनेछन भने पुरस्कार वितरण, बनभोज तथा अन्य कार्यक्रमहरु भने अक्टोबर ८ बिहान ११ बजे शुरु भएर ५ बजे समापन हुनेछन।
नेपस्टार डिएफ़डब्लुले बिगत देखि नै दशैंको अबसरमा भलिबल टुर्नामेन्ट आयोजना गर्दै आएको छ। प्रबासमा रहंदा आफ्नो देश र चाडबाडको झझल्को झन् बढी आउने हुँदा त्यसलाई ताजा बनाउन यो कार्यक्रमको आयोजना गरिएको संस्थाले जनाएको छ। खेलकुदको माध्यमबाट शारीरिक तन्दुरुस्ती, मानसिक स्वस्थता र सामाजिक एकता समेत हुने जसले गर्दा समग्र समाजको हित हुने भएकोले दशैंको अवसर पारेर टुर्नामेन्ट आयोजना गरिएको हो। साथै खेलकुद र खेलाडीको माध्यमबाट समाजलाइ अनुशासनको उदाहरण समेत प्रस्तुत गर्ने गरिन्छ। खेलकुदको मुख्य खम्बा अनुशासनलाइ मानिन्छ।


नेपस्टार डिएफ़डब्लुका अध्यक्ष भुवन सिंह आलेका अनुसार यो टुर्नामेन्टमा ९ वटा टीमहरुले भाग लिंदै छन्। रुकुम अस्टिन, भिक्टोरिया अर्भिंग, गुर्खा (ए) अस्टिन र गुर्खा (बी) अस्टिन, माउण्ट एभरेस्ट भलिबल क्लब फोर्टवर्थ, टीम कैलास, नेपस्टार (रेड, व्हाइट, ब्लु) युलेस यो खेलमा भाग लिने टीमहरु हुन्।
टुर्नामेन्टमा बिजयी हुने टीमले १५ सय डलर प्राप्त गर्नेछ भने दोश्रो हुनेले ८ सय प्राप्त गर्नेछ। साथै सहभागी खेलाडीहरुलाइ अन्य पदक र प्रमाणपत्र समेत प्रदान गरिनेछ। कार्यक्रमलाई सफल पार्न नेपस्टारका खेलाडीहरु र स्थानिय थुप्रै महानुभावहरुले आर्थिक सहयोग गर्नु भएको छ।
यो भलिबल टुर्नामेन्ट युलेसमा हुनेछ। कार्यक्रममा भाग लिने खेलाडी टेक्सास राज्यको परिचय पत्र बाहक हुनुपर्ने छ भने एउटा टीममा एउटा मात्र नेपालको राष्ट्रिय टोलीका खेलाडी रहन पाउनेछन। त्यस्तै पिकनिक पनि निशुल्क भएको आयोजकहरुले जानकारी गराएका छन्।

खेलकुद आयोजना गरिएको स्थलमा पार्किंगको समस्या रहेकोले सबै सहभागी खेलाडीहरु तथा दर्शकहरुले पार्क नजिकै रहेको रस स्टोर वा पकेट रेस्टुरेन्टको पछाडी रहेको पार्किंग लटमा आफ्ना गाडीहरु पार्क गरि आउनु हुन पनि आयोजकहरुले बिशेस अनुरोध गरेका छन् ।
स्मरण रहोस यो बर्ष दशैं भने अक्टोबर २४ मंगलबार रहेको छ। हामी सबै खेलाडी र सम्पूर्ण नेपालीहरुलाई दशैंको शुभकामना व्यक्त गर्दछौं।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907