एनआरएन अमेरिकाको आइसीसीमा जाने डेलिगेट बिबाद किन ?

गाइजात्राको दिन, एनआरएन अमेरिकाले आइसीसीको निर्बाचनमा जानेहरुको लिस्ट निकाल्यो। डेलिगेट भनिने ती व्यक्तिहरु छानिने आधारहरु के थिए भन्ने भगवानले नै जान्लान। डेलिगेट छान्ने टोलीमा रहेका बरिस्ठ उपाध्यक्ष विकास उप्रेतीले अर्को लिस्ट पठाएको कुरा पनि जानकारीमा आयो। आइसिसिका मान्छेहरुले पनि आफ्नो अनुकुलका मान्छेहरुको लिस्ट पठाएका हुँदा हुन् फलानो फलानो मान्छेलाई पठाउनु भनेर।


एनसीसी अमेरिकाका अध्यक्ष अर्जुन बन्जाडे र महासचिव रामहरी अधिकारीले पठाएको सुची प्रति सामाजिक संजालमा चर्को आलोचना भैरहेको छ। प्राय सबैले छनौटको आधार, छनोट भएकाहरुको योग्यता भन्दा पनि छनोट भएका व्यक्तिहरुको बारेमा प्रश्न उठाएका छन्। अर्थात् मेरो मान्छे भएन, अर्काको मान्छे भयो। फलानो हुनै हुँदैनथ्यो वा फलानो हुनै पर्थ्यो। यसले गर्दा वर्तमान अध्यक्ष र महासचिवले पठाएका डेलिगेटहरुको सुची बिबादको भुमरीमा परेको छ।
तर जति सुकै कुरा गरे पनि यसको समस्या के हो, बन्जाडेले यस्तो सुची किन पठाए होलान भनेर सोंच्ने समय भने कसैमा पाइएन। सबैले आफु परेको वा नपरेको आधारमा, आफ्नो मान्छे परेको वा नपरेको आधारमा यसलाई मुल्यांकन गरिरहेका छन्। यसको कारण के हो भने उनीहरु पनि उही ड्याङ्गका मुला हुन्। उनीहरुको हातमा डाडु पन्यौ भएको भए अर्कै लिस्ट आउंथ्यो जसमा अहिले हालिएका मान्छेहरु पर्ने थिएनन जसले गर्दा अहिलेका मान्छेहरु सामाजिक संजालमा उफ्रिन आउंथे।
अहिले पठाइएको भनिएको सुची गतिलो छैन। यसको कारण भने बिधान गतिलो नहुनु र नियत अगतिलो हुनु हो। संधै उनै पुराना, बिबादित, झगडिया, गुट प्रति बफादार, रबर स्टाम्प व्यक्तिहरु मात्र पर्ने गरी ९०% लैजाने बिधान नै गलत छ। तर नियत ठिक हुने हो भने त्यो ९०% बाट पनि राम्रा मान्छे लैजान सकिन्थ्यो। तर त्यस्तो हुने कुरै भएन किन भने यिनीहरुको नियत नै ठिक छैन। नियत ठिक भए पनि राम्रो काम गरेर आफ्नो गुटलाई रिसाउने बनाउने खतरा मोल्न यिनीहरु तयार छैनन्।


वर्तमान अध्यक्षले निर्बाचनमा कस्ता कस्ता गुट र उपगुटसंग भोटको लागि सम्झ्यौता गर्नु भएको थियो, त्यसले पनि यो सूचीमा विवाद आउने नै भयो। कतिले सोंचे होलान, अध्यक्ष हामीले बनाएको हो, हाम्रा मात्रै मान्छे आउछन। तर थोत्रा मान्छेहरुको यति ठुलो लस्कर छ कि सबै त कसैले पनि हाल्न सक्दैन । त्यसैले यसको जड भनेको राम्रो खालको बिधि र पद्धतिको निर्माण नहुनु हो। उपलब्ध बिधि र पद्धतिको पनि दुरुपयोग गर्नु नै हो। यस्तो हालतमा इन्द्रे को बाउ चन्द्रे आए पनि बिबादरहित निर्णय गर्न सक्दैन।
त्यसैले जान नपाउनेले पनि आफु परिन भन्नेमा जोड दिनु भन्दा पनि कुन प्रक्रिया र पद्दति अनि बिधिबाट प्रतिनिधि चयन गर्दा उपयुक्त हुन्छ भनेर पद्धति निर्माणको लागि जोड दिन जरुरी छ। राम्रो बिधि र पद्धतिको निर्माणमा जोड नदिएर व्यक्तिमा जोड दिएर गरिने रुवाबासीले संस्थामा कुनै सकारात्मक योगदान दिन सक्दैन। यो सुची गतिलो छैन तर नयाँ सुची पनि बिना सहि पद्दति र नीतिमा आधारित भएन भने उस्तै बन्ने हो, विवाद उस्तै रहने हो।विश्लेषण: लेखनाथ गौतम

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907