रसियन निजी सेनाका प्रमुख दुर्घटनमा मारिएको आशंका

डालस, टेक्सास। केहि समय अधि रसियामा ससस्त्र विद्रोहको झिल्को देखाएका वाग्नर समुहका प्रमुख एभ्गेनी प्राइगोझिन मारिएका छन्। रसियन उड्डयन विभागको समाचार अनुसार रसियाको उत्तर पश्चिमी राज्य टीभरमा एक जहाज दुर्घटना भएको थियो जसमा प्राइगोझिन पनि सवार थिए। यसको पूर्ण पुस्टि नभैसके पनि वाग्नर ग्रुपका सामाजिक संजालमा उनी मारिएको बताएका छन्। यसलाई अमेरिकाले आस्चर्य नमानेको प्रतिक्रिया दिएको छ। “मैले त्यति बेलै भनेको थिएँ, होसियार रहनुपर्छ, के नै भयो भन्ने तथ्य नभए पनि यस्तो भएकोमा आश्चर्य भने छैन” पहिलो प्रतिक्रिया दिंदै अमेरिकी रास्ट्रपति जो बाइडेनले भनेका छन्।


अधिकारीहरुका अनुसार उक्त जहाजमा ३ जना चालक दलका सदस्य सहित १० जना रहेका थिए। जलिरहेको जहाजमा देखिएको नम्बर र प्राइगोझिनको नाममा दर्ता भएको जहाजको नम्बर मिलेकोले उनी नै यो घटनामा मारिएको पुस्टि हुने आधार मिलेको छ।
को हुन् एभ्गेनी प्राइगोझिन ?


रसियाले निर्माण गरेको प्राइभेट सेनाका प्रमुख थिए उनी। विस्वका बिभिन्न ठाउँमा भएका आन्दोलन र बिद्रोह दबाउन रसिया सरकारले असजिलो लागेको बेला प्रयोग हुने निजी सेना वाग्नर ग्रुपका प्रमुखको रुपमा उनले युक्रेन र अन्य ठाउँहरुमा निकै आततायी कामहरु गर्दै आएका थिए। उनी रसियन रास्ट्रपति भ्लादिमिर पुटिनको व्यक्तिगत सेफ भएर काम गरेका थिए। जुन २३, २०२३ मा उनले केहि समयको लागि रसियाका माथिल्ला सैनिक अधिकारीहरु बिरुद्ध भनेर असफल बिद्रोह गरेका थिए।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907