९१ वटा आपराधिक मुद्धाका अभियुक्त डोनाल्ड ट्रंपले बहसमा भाग नलिने

डालस, टेक्सास। आगामी बुधबार अगस्त २३ गते विस्कान्सिन राज्यको मिलावाकीमा हुन गैरहेको पहिलो रिपब्लिकन पार्टीको प्राइमरी बहसमा पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंप सहभागी नहुने भएका छन्। आफ्नै सामाजिक संजाल ट्रुथ सोसलमा यसबारे पक्का गर्दै आफुलाई सबैले चिनेकोले बहसमा सहभागिता आबस्यक नभएको कुरा व्यक्त गरेका छन्। अहिले सम्मका हरेक अभिमतहरुमा सबै भन्दा अघि रहेका ट्रंपको अनुपस्थितिले यो बहसलाई खल्लो बनाउने पक्का भएको छ।


बहसको स्टेजमा ट्रंपको धज्जी उडाउने योजना बनाएका न्यु जर्सीका पुर्ब गभर्नर क्रिस क्रिस्टीले अब कसरी उनीमाथि हमला गर्ने हुने हेर्नै पर्ने भएको छ। आम जनतासामु ट्रंप जनतासामु अलोकप्रिय भए पनि रिपब्लिकन पार्टीका प्राइमरी मतदाता सामु भने ट्रंप निकै लोकप्रिय छन्। रिपब्लिकन पार्टीको करिव ३५ प्रतिशत जनमत ट्रंपको अन्धभक्त रहेको छ। यो बहसमा भाग नालिदैमा उनलाई खासै हानी हुने देखिदैन। ट्रंप बाहेक ८ जना अन्य उम्मेदवारहरु ट्रंप बिरोधि क्याम्पमा बाँडिएको अहिलेको अबस्थामा २०१६ मा जस्तै ट्रंपले नै बाजी मार्ने पक्का जस्तै छ।
रन डिस्याण्टिसको नयाँ ट्याक्टिस
फ्लोरिडाका गभर्नर रन डिस्याण्टिस ट्रंपलाइ नाजिस्काउने रणनीति अन्तर्गत काम गर्दै आएका छन्। ट्रंपका समर्थकहरुलाई आफ्नो पक्षमा लिन उनले ट्रंपलाइ नै उछिन्ने खालका अतिबादी दक्षिणपन्थी योजनाहरुलाई फ्लोरिडामा लागु गर्न खोज्नुको साथै बहसको बिषय बनाइरहेका थिए। उनले जुनसुकै हदसम्म गएर ट्रंपलाइ बचाउँदा पनि र ट्रंपलाइ नै माथ गर्ने दक्षिणपन्थी धारणाहरु व्यक्त गर्दा पनि दक्षिणपन्थी ट्रंप मतदाताहरु आकर्षित नभई उल्टै उनको चुवावी अभियान अप्ठेरोमा परे पछि ट्रंपलाइ मतदान गर्ने माथि हमला गरेका छन्।

फ्लोरिडा स्टाण्डर्डसंग गरेको कुराकानीको क्रममा उनले ट्रंपका ९१ वटा आपराथिक अभियोगको बारेमा भन्दा पनि उनलाई मतदान गर्नेहरुलाई “लिस्ट्लेस भेसेल्स” अर्थात् तागतबिहिन खोक्रा भाँडा भनेर अपमानित भाषा प्रयोग गरेका छन्। उनले रिपब्लिकनको शिद्धान्तमा रहेर काम गर्नेलाई भन्दा पनि ट्रंपको समर्थन गरेकै भरमा ती मतदाताहरुले मतदान गर्ने गरेको आरोप लगाए। तपाईं जति असल शैद्धान्तिक रिपब्लिकन भए पनि ट्रंपको अन्ध समर्थन नगर्ने हो भने उनीहरुले राइनो अर्थात् नाम मात्रको रिपब्लिकन भनेर हमला गर्ने गरेको तिक्तता पोखेका छन्।
तर लामो समय ट्रंपलाइ माथ खुवाउने गरी दक्षिणपन्थी विचार र योजना एबम सांस्कृतिक लड़ाइमा सक्रिय डिस्याण्टिसको यो ट्याक्टिस पनि फेल हुने पक्का नै छ। ट्रंप मैदानमा रहुन्जेल जस्तो सुकै अबस्थामा पनि ट्रंपलाइ नै समर्थन गर्ने यो अन्धभक्त समुहलाई नीति, योजना, कार्यक्रम, शिद्धान्त र राष्ट्र भन्दा पनि “कुण्ठा” नै प्यारो छ। ट्रंपलाइ आलोचना गरेर ती मतदातालाई आफु बढी रिप्बलिकन भएको प्रमाणित गर्नु भन्दा पनि ट्रंपलाइ बचाएर उनका मतदातालाई आक्रमण गर्ने उनको रणनीति पानीको फोका झैं फुट्ने अबस्यम्भावी छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907