समुद्री आंधी हिलारीले विध्वंश मच्चाउँदै: पुर्बी लस एञ्जलसबासीलाइ घर छोड्न आग्रह

डालस, टेक्सास। अमेरिकाको दक्षिणी पश्चिमी भाग र मेक्सिकोमा हिलारी नाम राखिएको समुद्री आँधीले विध्वंस मच्चाउने आंकलन गरिएको छ। यो तेस्रो बर्गको हुरी हुने आंकलनसंगै यसको प्रभाव र यसबाट हुनसक्ने जनधनको क्षतीलाइ कम गर्न बिभिन्न उपाय अपनाइएको छ भने अगस्त २० आइतबार बिहानै देखि यसले अमेरिकाका बिभिन्न राज्यमा प्रवेश गर्ने आंकलन गरिएको छ। यसले क्यालिफोर्निया, नेभादा र एरिजोनालाइ छुनेछ भने यसको मार्गमा आइपुगेका स्थलहरुमा करिव एक बर्ष सम्म हुने वर्षा बराबरको वर्षा हुने अनुमान गरिएको छ।


यसको प्रभावलाइ हेरिरहेको वातावरण बिभाग र सरकारी अधिकारीहरुले “हिलारी” को मार्ग वरिपरि बसोबास गर्ने मानिसहरुलाई सुरक्षित स्थलमा जान अनुरोध गरेका छन्। ठुलो वर्षाले बाढी आउने भएकोले जनधनको हुने क्षतिलाइ कम गर्न सूचनाहरूलाई नियमित रुपमा नियाल्न समेत अनुरोध गर्दै यसलाई कम आँकेर खतरा नमोल्न चेतवानी सहित सुरक्षित हुन सजग गराइएको छ। लस एन्जेलस पूर्वको सान बर्नार्डिनो काउन्टीका सिटिहरु यसको मार्गमा पर्ने भएकोले त्यहाँका नागरिकहरुलाई “अनिबार्य उद्धार” को लागि समेत तयारी अबस्थामा रहन आग्रह गरिएको छ।
समुद्री आंधीको बर्ग (क्याटेगोरी) कसरी निर्धारण हुन्छ
समुद्री आंधीलाई ५ बर्गमा निर्धारण गरिएको छ। ७४ माइल प्रति घण्टा देखि ९५ माइल प्रति घण्टाको रफ्तारमा हावा बगेको छ भने त्यो पहिलो बर्गमा पर्छ भने ९६ देखि ११० प्रति घण्टा सम्मलाई दोश्रो बर्ग, १११ देखि १२९ सम्म तेश्रो बर्ग, १३० देखि १५६ माइल प्रति घण्टालाइ चौथो बर्ग र १५७ देखि माथिको रफ्तारमा बग्ने आंधीलाई पाँचौं बर्ग वा क्याटागोरी ४ मा राख्ने गरिन्छ। यस हिसाबले अहिलेको आंधी “हिलारी” १११ माइल प्रति घण्टा देखि १२९ प्रति घन्टाको रफ्तारमा बहने छ र यसले संगसंगै ठुलो मात्रामा पानी पनि बोकेर ल्याउने हुनाले ठुलो वर्षा हुनेछ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907